पिपिएलमा उत्कृस्ट प्रदर्शन पछि युवा स्पिनर खरेलको आगामी लक्ष्य

पोखरा। नेपालले २०१४ मा पहिलो पटक एसिसि यु–१६ प्रिमिएर क्रिकेटको उपाधि जित्यो । नेपालले उक्त उपाधि जित्दा नेपालका सबैभन्दा फुच्चे खेलाडी अनिल खरेलको सबैतिर हाइहाइ थियो। १३ वर्षकै उमेरमा देब्रे हाते स्पिनर अनिल खरेलले उमेर समुहको क्रिकेटमा निकै लोभलाग्दो उचाइ हासिल गर्न सफल रहे ।

अनिल त्यस प्रतियोगितामा नेपालका सबैभन्दा कान्छा खेलाडी भएपनि उनको खेल भने निकै परिपक्क देखिन्थ्यो । उनले प्रतियोगिता भर १३ विकेट लिन सफल भए । उनले ओमान विरुद्धको एकै खेलमा ६ विकेट लिएर सनशनी मचाइदिएका थिए । अनिल प्रतियोगिको मस्ट प्रोमिसिङ खेलाडी घोषित भए । १३ वर्षे अनिल एक्कासी चर्चाको शिखर चुम्न सफल रहे । उनी त्यसपछि नेपाली क्रिकेटको भविष्यका रुपमा पनि हेरिए।

प्रशिक्षक वसन्त

तर उनको चर्चा धेरै समय भने टिक्न पाएन । उमेर समुहको क्रिकेटमा आफुलाई प्रमाणित गरेका अनिल एकाएक हराए । उनी ठुला प्रतियोगितामा देखिन छाडे । उनी आफुले प्रदर्शनले अरुको मन जित्न नसक्दा घरेलु क्रिकेट प्रतियोगितामा छनौट नभएको ठान्छन्- ‘मैले राम्रो प्रदर्शन गर्न सकिन होला, त्यसैले छनौट भइनँ।’ अनिलले भने, ‘मैले त्यसमा दुख मान्नु भन्दा पनि त्यसलाई सिक्ने मौकाका रुपमा लिएँ ।’

सुरुमा कक्षा ४ मा हुँदा क्रिकेट खेल्न थालेका अनिलले घर र विद्यालयमा निकै साथ पाउँथे । उनी भन्छन्,‘मलाई क्रिकेट खेल्न घरबाट हौसला दिनुहुन्छ र स्कुलमा निकै राम्रो वातावरण थियो ।’

उनी पढ्ने बुटवलको एपेक्स स्कुलमा उनले सुरुमा बल समाए । उनी विद्यालयकै ट्रेनिङ सेन्टरमा पनि आवद्ध भए । उनलाई उनका शिक्षक बसन्त शाहीले क्रिकेट खेल्न सिकाए । सानै देखि अद्भुत क्षमता बोकेका अनिललाई सिनियरहरुको पनि उत्तिकै साथ र सहयोग मिल्थ्यो ।

‘मलाई क्रिकेट खेल्न बसन्त शाही सरले सिकाउनुभएको थियो ।’ अनिल भन्छन्,‘ठुला दाईहरुले निकै साथ र हौसला प्रदान गर्नुहुन्थ्यो ।’

उनले पहिलो पटक अन्तर विद्यालय क्रिकेट प्रतियोगिता खेले । उनले पहिलो खेलमै म्यान अफ द म्याच अवार्ड पनि हात पारे । विद्यालयस्तरको क्रिकेट खेल्दै जाँदा उनी पछि क्षेत्र नं ४ को टोलीमा पनि समावेश भए।

उनको क्रिकेटमा दुई जना रोल मोडेल रहेका छन् । श्रीलंन स्पिनर रङ्गना हेराथ र नेपालका स्पीनर बसन्त रेग्मी उनलाई साह्रै मन पर्छन् । अनिल भन्छन्,‘क्रिकेट खेल्ने सबै मन पर्नुहुन्छ, बसन्त रेग्मी र रङ्गना हेराथ चाहिँ मेरा आइडल हुनुहुन्छ ।’

करिब ६ वर्ष ओझेलमा रहेका अनिल पुन चर्चामा आउन थालेका छन् । पहिलो संस्करणको पोखरा प्रिमिएर लिग(पीपीएल) मा उनी बुटवलका स्थानिय खेलाडीको रुपमा टीममा परेपनि खेल्ने मौका भने पाएनन्। त्यसयता खरेलले २०१९ मा भएका घरेलु क्रिकेटका ३ ठुला प्रतियोगिता खेलेका छन् । उनले तेस्रो संस्करणको धनगढी प्रिमिएर लिग(डिपिएल)बाट क्रिकेटमा कमब्याक गरेका थिए । उक्त प्रतियोगितामा उनले ३ खेलमा २ विकेट लिन सफल रहे।

धनगढी प्रिमिएर लिग पछि उनले प्रधानमन्त्री कप एकदिवसिय प्रतियोगिता खेल्न पाए । प्रदेश ५ को टोलीमा आफ्नो स्थान बनाएका अनिलले ४ खेलमा ९ विकेट हात पारे।

हाल सञ्चालन भइरहेको पोखरा प्रिमिएर लिग(पीपीएल)मा उनले फेरी आफ्नो प्रदर्शनले सबैको मन जित्न सफल भएका छन् । उनले आफ्नो टोली धनगढीका लागि सर्वाधिक विकेट हात पारे। पहिलो पटक पीपीएल खेल्न पाएका अनिलले आफ्नो टोली एक्सपर्ट धनगढी ब्लुजका लागि सर्वाधिक विकेट लिन सफल भए। ५ खेल खेलेका उनले १७ ओभर बलिङ गर्दै ८ विकेट हात पारे। लिग चरणको खेल समाप्तिमा धेरै विकेट लिने सुचीमा पाँचौ स्थानमा रहने क्रममा उनले मात्र ४.९४ प्रतिओभर रन खर्चिए। यस क्रममा पोखरा पल्टन बिरुद्ध मात्र १५ रन खर्चेर ३ विकेट लिए। यस्तै बुटवल ब्लास्टर्स र चितवन राइनोज बिरुद्ध उनले २/२ विकेट लिए। चितवन बिरुद्ध उनले कप्तान पारस खड्काको समेत विकेट लिए।

जारि पिपिएलमा अनिल आफ्नो टिमको लागि सर्वाधिक विकेटकर्ता भए

अनिलले अहिले नेपालमा हुने घरेलु क्रिकेट फ्रेन्चाइजमा एभरेष्ट प्रिमिएर लिग बाहेक अरु खेलिसकेका छन् । यसर्थ उनी अब इपिएल खेल्नु आफ्नो लक्ष्य रहेको बताउँछन्।

‘पाएको मौकाको सदुपयोग गर्दै राम्रो खेल खेलेर टोलीलाई सहयोग गरिरहेको छु ।’ अनिल भन्छन्,‘सबै प्रतियोगिता खेलेँ अब इपिएल खेल्ने लक्ष्य छ, पाएँ भने मौकाको सदुपयोग गर्नेछु ।’

उनलाई अहिलेनै आफु राष्ट्रिय टोलीमा अटाउँछु भन्ने लाग्दैन । उनी आफुले अझ बढी मिहिनेत र परिश्रम गरेर आफ्नो प्रदर्शन सुधार्ने बताउँछन्। अहिले यु–१९ का धेरै खेलाडी टोलीमा परिरहँदा उनी पनि आफुले आफ्नो प्रदर्शन सुधार्नतर्फ लागेको बताउँछन्।

‘अहिले यु–१९ का धेरै खेलाडी राष्ट्रिय टोलीमा परिरहेका छन्, पछि म पनि परुँला ।’ अनिल भन्छन्,‘त्यसका लागि अझै बढी मिहिनेत र राम्रो खेल प्रदर्शन गर्नुपर्नेछ।’





थप समाचार

पञ्जाबमाथि मुम्बईको जित

काठमाडौं । भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ३३ औं खेलमा मुम्बई इन्डियन्सले पञ्जाब किंग्सलाई पराजित गरेको छ […]

मुम्बईले पञ्जाबलाई दियो १९३ रनको लक्ष्य

काठमाडौं । भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ३३ औं खेलमा मुम्बई इन्डियन्सले पञ्जाब किंग्सलाई १ सय ९३ […]

युएईविरुद्ध सेमिफाइनलमा नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनल खेलमा नेपालले शुक्रबार युएईको सामना गर्दै छ । ओमानको मस्कटमा हुने खेल […]

आइपीएल : मुम्बई र पञ्जाब खेल्दै

काठमाडौं । १७ औं संस्करणको ईण्डियन प्रिमियर लिग (आइपिएल) को ३३ औं खेलमा मुम्बई इन्डियन्स र पञ्जाब किंग्सबीच खेल हुँदै […]

युएईविरुद्ध नेपाल : हेड टु हेड

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा शुक्रबार नेपाल र युएईबीच खेल हुदैछ । एसोसिएट क्रिकेटको ईएल क्लासिको भिडन्त […]

गुजरातमाथि दिल्लीको सहज जित

काठमाडौं । दिल्ली क्यापिटल्सले १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ३२ औं खेलमा गुजरात टाइटन्समाथि सहज जित निकालेको छ । […]