अनिल खरेल र सुनिल धमलाको प्रदर्शनमा ग्रेट हिमालय र पुलिस क्लब बिजयी : आरपीएल टि-२०

  • विकेटनेपाल, असोज-१७  

अनिल खरेलले उत्कृस्ट बलिङ्ग गरेपछि रौतहट प्रिमियर लिग ( आरपीएल ) टि-२० अन्तर्गत समुह ‘बि’ अन्तर्गत पहिलो खेलमा वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमीले पहिलो जित दर्ता गरेको छ। बुधबारनै सम्पन्न समुह ‘बि’ अन्तर्गतको खेलमा नेपाल पुलिस क्लबले जित हात पार्यो।

ग्रेट हिमालयले गढीमाई क्रिकेट क्लबलाई १० विकेटले पराजित गर्दा नेपाल पुलिसले लायन्स युवा क्लबलाई ४ विकेटले पराजित गर्दै दुवै टिमले प्रतियोगितामा बिजयी सुरुवात गरेको हो।

पुलिसको जितमा धमलाको अल-राउण्ड प्रदर्शन 

प्रतियोगिताको पहिलो खेल खेल्ने क्रममा नेपाल पलिस क्लबले लायन्स युवा क्लबलाई ४ विकेटले हरायो।

टस जितेर पहिले ब्याटिंग गरेको लायन्सले २० ओभरमा ९ विकेट गुमाएर ८७ रन मात्रै बनाउन सक्यो। राजेश यादबले सर्वाधिक २३ तथा अस्चल चौधरीले १४ रन बनाए। पुलिसको लागि रामनरेश गिरि र योगेन्द्र कार्कीले समान २/२ विकेट तथा सुनिल धमला र प्रेम तामांगले १/१ विकेट लिए।

Sunil Dhamala
Sunil Dhamala

८८ रनको लक्ष्य पुलिसले १४.१ ओभरमै पुरा गरे पनि ६ विकेट गुमाउन पुग्यो। अभिराज यादबले ३ विकेट लिएपछि पुलिसका ब्याट्सम्यानहरु संघर्ष गरेका थिए। पुलिसको लागि प्लेयर अफ द म्याच सुनिएका सुनिल धमलाले सर्वाधिक २४ रन बनाए।

अनिल खरेल चम्किदा हिमालयको सहज जित

ग्रेट हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिताको पहिलो जित हात पार्दा गढीमाई क्रिकेट क्लबलाई १० विकेटले पराजित गर्यो।

टस जितेर ब्याटिंग गरेको गढीमाईले दिएको ७४ रनको लक्ष्य ग्रेट हिमालयले ६.२ ओभरमा विकेट नगुमाई पुरा गर्यो। ओपनरद्वय नरेश बुढायर र रबिन जोशीले क्रमश: ३६ ( १७ बल, ५ चौका र २ छक्का ) , ३९ ( २१ बल, १ छक्का , ६ चौका ) अविजित रहँदै टिमलाई जितसम्म पुर्याए।

यस अघि बलिङ्गमा यु-१६ राष्ट्रिय क्रिकेटर रहीसकेका अनिल खरेल एक्लैले ४ विकेट हात पारे। प्लेयर अफ द म्याच समेत चुनिएका देब्रे हाते स्पिनर खरेलले ४ ओभरमा मात्र १४ रन खर्चेका थिए। यस्तै बिक्रम सोब, सोनु तामांग र इशान पाण्डेले पनि समान १/१ विकेट हात पारे।

प्रतियोगिताको यस अघि सम्पन्न समुह चरणको खेलहरु जित्दै समुह ‘ए’ बाट धनगढी क्रिकेट एकेडेमी र रौतहट ११ तथा समुह ‘सी’ बाट ओएसीस क्रिकेट एकेडेमी र मलपोखरी क्रिकेट क्लब क्वार्टरफाइनल प्रवेश गरिसकेका छन्।

प्रतियोगिता अन्तर्गत बिहिबार हुने खेलहरुमा ग्रेट हिमालय क्रिकेट एकेडेमीले गढीमाई तथा नेपाल पुलिस क्लबले लायन्स युवा क्लबको सामना गर्नेछ। क्वार्टरफाइनल खेलहरु असोज २० गतेबाट सुरु हुनेछ।

रौतहट प्रिमियर लिगको बिजेताले नगद ३ लाख ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पार्ने छन्। यस्तै उपविजेताले नगद १ लाख ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पार्नेछन्।





थप समाचार

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]

सोमपाललाई चन्द्रकोटले सम्मान गर्ने

गुल्मी, चैत ७ गते । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई सम्मान गर्ने भएको छ […]

लुम्बिनी सरकारले रोहित सहित ६ खेलाडीलाई सम्मान गर्ने

लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वर्ष […]

किङ्सटन रनिङ सिल्ड : क्याम बेस्ट–११ विजयी

काठमाडौं, चैत ६ – क्याम बेस्ट–११ ले दोस्रो संस्करणको किङ्सटन रनिङ सिल्डमा सोमबार जेनएक्स–११ लाई ३ ले हराउँदै विजयी सुरुआत […]

आसिफले पाए सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड

सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड–२०२२ नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले जितेका छन् । मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले […]