नेपालको जीतमा अनिलको बिशाल शतक

  • विकेटनेपाल, श्रावण ९, बुधबार

[(नेपाल ३८८/८ (५० ओभर), अनिल शाह १३१, शरद भेसावकर ९८, अर्श्लन खान ३/४८) द्वारा (इस्ट लन्डन एघार ११५/१० (३८.५ ओभर), ड्यारेन अईरनसाइड ३८, शक्ति गौचन ४/२३) २२३ रनले पराजित] स्कोरकार्ड 

अनिल शाह र शरद भेसावकरले दोहोरो शतकीय साझेदारी गरेपछि युरोप भ्रमणमा रहेको नेपालले आफ्नो तेस्रो अभ्यास खेलमा २२३ रनको बिशाल जित हात पारेको छ। यसअघि भएको पहिलो अभ्यास खेलमा विजयी नेपाल दोश्रोमा भने पराजित भएको थियो।

इस्ट लन्डन एघारसँग टस हारेर पहिले ब्याटिंग गरेको नेपालका लागि अनिल कुमार शाहले आफ्नो अघिल्लो खेलको अर्धशतकलाई निरन्तरता दिँदै १३१ रनको पारि खेल्नेक्रममा चौथो विकेटको लागि शरद भेसावकरसँग २१२ रनको साझेदारी गरे। अनिलले ११८ बलको सामना गर्दा १९ चौका र ३ छक्का तथा मात्र २ रनले शतकबाट चुकेका शरदले ८६ बलमा ६ चौका र समान छक्का प्रहार गरे।

Sharad Vesawkar
Sharad Vesawkar

यस्तै सोमपाल कामिले २९ रन, करण केसीले पारीको अन्तिम बलमा छक्का सहित १३ रन, रोहित पौडेलले ११ रन बनाउँदा नेपालले अतिरिक्त २६ रन प्राप्त गर्दै निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३३८ रनको योगफल तयार पार्यो।

बलिंगतर्फ इस्ट लन्डन एघारका तर्फबाट क्यानडाका यु-१९ खेलाडी समेत रहेका अर्श्लन खानले ३ विकेट लिन ४८ रन तथा नबील एजाजले समान ४८ रनमा २ विकेट लिए।

जवाफमा लक्ष्य पछ्याउन उत्रेको इस्ट लन्डन एघारले ३८.५ ओभरमा मात्र ११५ रन बनाउँदा सबै विकेट गुमायो र २२३ रनले पराजित भयो। उसका लागि ड्यारेन अईरनसाइडले ३८ रन बनाउन ७३ बलमा ४ चौका तथा दशौँ नम्बरका भाजले २२ रन बनाएपनि नेपालको कसिलो बलिंगसामु झुक्न पुग्यो।

नेपालको तर्फबाट शक्ति गौचनले ४ विकेट लिन ९.५ ओभरमा २३ रन खर्चे भने करण केसी र ललित राजबंशीले समान २/२ विकेट हात पारे।

नेपालले लर्ड्स क्रिकेट मैदानमा जुलाई २९ तारिखमा त्रिकोणात्मक सिरिज खेल्नुअघि भोलि आफ्नो चौथो तथा अन्तिम अभ्यास इस्ट लन्डन सार्क टिम बिरुद्द टि-२० खेल्नेछ।

Anil Sah after scoring century
Anil Sah after scoring century

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy