‘गुट-उपगुट पनि पुनरागमन गर्न नसक्नुको कारण’ – अनिल मण्डल

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व ओपनिंग ब्याट्सम्यान अनिल मण्डलले राष्ट्रिय क्रिकेट टिम भित्रको तत्कालिन ‘गुट-उपगुट’ पनि पुनरागमन गर्न नसक्नुको कारण रहेको बताएका छन्।

१२खरीसंग कुराकानीमा मण्डलले २०१६ पछि राम्रो प्रदर्शन गर्दा समेत बन्द प्रशिक्षणमा समेत नबोलइएको गुनासो गरेका छन् – “एकपटक टिमबाट ड्रप भएपछि मैले मौका नै पाइनँ । टिममा मात्र होइन, मलाई बन्द प्रशिक्षणमै बोलाइएन। टिमभित्र गुट–उपगुट पनि थियो । टिममा फर्किन नसक्नुको कारणमध्येको एक गुटमा पर्न नसक्नु पनि हो भन्ने लाग्छ।”

“टिममा फर्किने प्रयास नगरेको होइन। धेरै मिहिनेत गरेको थिएँ । एक/दुईपटक त राम्रै प्रदर्शन पनि गरेको हुँ । त्यति बेला प्रशिक्षक र कप्तानले राम्रै भइरहेको बताएका थिएँ । तर, पछि टिममा पर्न सकिनँ।” अनिलले बताएका छन्।

अनिलले सन् २०१६ अगस्टमा राष्ट्रिय टिमको लागि अन्तिम पटक विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्याण्ड बिरुद्ध खेलेका थिए। अन्तिम खेलमा उनले ५ रन बनाएका थिए। विश्व क्रिकेट लिग च्याम्पियनसिपमा मण्डल नेपालको लागि शतक बनाउने शरद भेसावकर पछि मात्र दोश्रो नेपाली ब्याट्सम्यान हुन्।

मण्डलले स्कटल्याण्ड बिरुद्ध २०१५ मा शतक ( १०० रन ) बनाएका थिए। च्याम्पियनसिपमा दायाँ हाते ओपनरले ६ खेलमा १३४ रन बनाएका थिए। त्यस अघि मण्डलले २०१२ को विश्व क्रिकेट लिग डिभिजन-४ मा डेनमार्क बिरुद्ध पनि शतक ( ११३ रन ) बनाएका थिए। नेपाली राष्ट्रिय टिमको लागि एकदिवसीयमा दुईवटा शतक बनाउने उनि पारस खड्का ( ४ ) पछि मात्र दोश्रो नेपाली क्रिकेटर हुन्। राजु खड्का, शक्ति गौचन, शरद भेसावकर, सुबास खकुरेल र ज्ञानेन्द्र मल्लको नाममा एकदिवसीयमा एउटा शतक रहेको छ।

अनिल मण्डललाई बाहिर राख्दै २०१७ मा नेपालमा आयोजित विश्व क्रिकेट लिग च्याम्पियनसिपको केन्या बिरुद्ध खेलमा नेपालले ज्ञानेन्द्र मल्ल र सुनिल धमलालाई ओपनिंग ब्याटिंग गराएको थियो। त्यसपछि ओपनरको रुपमा नेपालले सोहि वर्ष सागर पुनलाई हंगकंग टुरमा तथा सोहि वर्ष अन्तिममा युएई टुरमा दिलिप नाथलाई मौका दियो। त्यसबेला सुबास खकुरेल पनि राष्ट्रिय टिमबाट बाहिर भइसकेका थिए।

२०१७ को प्रधानमन्त्री कपमा अनिलले त्रिभुवन आर्मी क्लबको प्रतिनिधित्व गर्दै ४ खेलमा ११५ रन बनाएका थिए जो प्रतियोगिताकै चौंथो सर्वाधिक रनकर्ता समेत थिए। २०१८ को प्रधानमन्त्री कपमा मण्डलले ६ खेलमा २०९ रन बनाए। त्यसबेला पनि मण्डल प्रतियोगिताको चौंथो सर्वाधिक रनकर्ता थिए। तर नेपाल क्रिकेट संघ ( क्यान ) लाई आईसीसीले निलम्बन गरेको परिस्थितिमा उनि प्रशिक्षक र कप्तानको नजरमा भने पर्नसकेनन्। ओपनिंगमा अन्य धेरै बिकल्प रोजे पनि मण्डलले मौका पाउन सकेनन्।

त्रिभुवन आर्मी क्लबको लागि नियमित प्रतियोगिता खेल्ने गरेता पनि यो पटक प्रधानमन्त्री कप टि-ट्वान्टी फर्म्याटमा आयोजना भएको हुँदा उनि आर्मी टिममा थिएनन्। एकदिवसीय शैलीमा ब्याटिंग गर्ने मण्डलले अब राष्ट्रिय टिममा पुनरागमन गर्ने आशा त्यागीसकेको बताएका छन्- “टिमबाट बाहिरिएपछि मेरो दुनियाँ नै लुटिएको जस्तो अनुभव भएको थियो। अब मैले राष्ट्रिय टोलीको आशा मारिसकेको छु।”

अनिलले २०१० मा नेपालमा आयोजित विश्व क्रिकेट लिग डिभिजन-५ मा अमेरिका बिरुद्ध राष्ट्रिय टिमको लागि डेब्यु गरेका थिए।





थप समाचार

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]

केसीएलाई मनकामना बेभरेजको प्रायोजन

पाकिस्तान-नेपाल फ्रेन्डशिप टि-२० क्रिकेट प्रतियोगितामा सहभागी हुने काठमाडौँ क्रिकेट एकेडेमी ( केसीए) लाई मनकामना बेभरेजले मुख्य प्रायोजन गरेको छ। काठमाडौं […]

अत्तरियाले जित्यो अर्जुन ट्रफीको उपाधि

काठमाडौं। फ्रेन्ड्स युथ क्लब डडेलधुरालाई पराजित गर्दै सिवाइसी अत्तरियाले अर्जुन ट्रफीको उपाधि जितेकाे छ। सोमबार सम्पन्न फाइनलमा अत्तरियाले ३४ रनको […]

झलारीका ललीत ऐरले जिते नगद एक लाख

काठमाडाैँ । क्रिकेटको शहर धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कञ्चनपुरको झलारीका ललीत ऐरले नगद एक लाख पुरस्कार जितेका […]

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]