सुनसरी/ इटहरीमा जारी एरिना प्रिमियर रात्रीकालिन क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार राती भएको खेलमा नेपाली सेनाको बिभागिय टिम त्रिभुवन आर्मी क्लब विजयी भएको छ। गयराती भएको खेलका आर्मीले बिराटनगरलाइ ३२ रनले पराजित गरेको हो ।
इटहरी क्रिकेट मैदानको पिचमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउदै १ सय ६८ रनको योगफल खडा गरेको थियो । आर्मीको लागी अनिल मण्डलले सर्वाधिक ६३ रनको उत्कृष्ट इनिङ खेले। राजु रिजाले ३८ रन बनाउदा हरिकृष्ण झाले २८ रन बनाए । बलिङतर्फ बिराटनगरका अमृत मण्डल र सौगात भटराइले समान २–२ विकेट लिए ।
जवाफमा १ सय ६९ रनको विजयी लक्ष्य लिएर ब्याटिङ गरेको बिराटनगर निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ३६ रनमा सिमित भयो ।
बिराटनगरका लागी दिपक पासवानले ४६ रन बनाउदा पुष्प थापाले ३० रन जोडे । बलिङतर्फ आर्मीका हरिकृण झाले र चन्द्र साउदले २–२ विकेट लिए । खेलको म्यान अफ द म्याच आर्मीका अनिल मण्डल घोषित हुदै नगद १ हजार पाए ।
प्बिरतियोगिताको विजेताले नगद १ लाख र उपबिजेताले ५० हजार नगद पुरस्कार पाउने प्रतियोगितामा दुइ बिभागिय टिम सहित ८ टोलीको सहभागिता रहेको छ ।