अनिल साह अप्टिमस ग्लोबलको ब्राण्ड एम्बासडर नियुक्त

शैक्षिक परामर्शदता अप्टिमस ग्लोबलले नेपाली क्रिकेटका ब्याट्सम्यान तथा जनकपुर बोल्ट्सका कप्तान अनिल कुमार साहलाई ब्राण्ड एम्बास्डर नियुक्त गरेको छ ।

काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै अप्टिमस ग्लोबलले राष्ट्रि«य क्रिकेट खेलाडी साहलाई तीन वर्षका लागि ब्राण्ड एम्बास्डर नियुक्त गरेको हो । अप्टिमस ग्लोबलका तर्फबाट अध्यक्ष असीम शर्मा मैनाली र क्रिकेटर साहबीच हस्ताक्षर भएसँगै यो सहकार्य सुरु भएको हो ।

क्रिकेटर साह हालै सम्पन्न नेपाल प्रिमियर लिगको विजेता जनकपुर बोल्ट्सका कप्तान हुन् । उनी सन् २०१८ देखि राष्ट्रि«य क्रिकेट टिममा रही अन्तर्राष्ट्रि«य प्रतियोगिता खेलिरहेका छन् ।

कार्यक्रममा सम्बोधन गर्दै शैक्षिक परामर्श संघ नेपाल इक्यानका अध्यक्ष शेषराज भट्टराईले नेपाली क्रिकेटको विकास तथा उत्थानमा इक्यानका सदस्य संस्थाहरुको अग्रसरताको प्रशंशा गर्नुभयो ।

क्रिकेटर साहले अप्टिमस ग्लोबलसँग जोडिन पाउँदा खुसी व्यक्त गर्नुभयो । यस्तो सहकार्यलाई जारी राखेमा नेपाली क्रिकेटले थप उचाई प्राप्त गर्ने साहको विश्वास छ ।

अप्टिमस ग्लोबलले अमेरिका, अष्ट्र«ेलिया, न्यूजिल्याण्ड, बेलायत लगायतका देशका विश्वविद्यालयको डिग्री हासिल गर्ने नेपाली विद्यार्थीको चाहनामा सहयोग गर्दै आएको छ ।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]