केन्या बिरुद्द अनिल साहको लिस्ट ए डेब्यु, पढ्नुहोस् उनको बारेमा

  • विकेटनेपाल – २९ माघ, सोमबार

आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपालले आज आफ्नो चौथो खेल केन्या बिरुद्ध खेल्दै छ। केन्या बिरुद्दको महत्वपूर्ण खेलमा नेपालले टस जितेर पहिले बलिंग गर्ने निर्णय लिएको छ।

युएई बिरुद्दको अघिल्लो खेलमा अन्तिम एघारमा परेका दिलिप नाथको स्थानमा नेपालले आज अनिल कुमार साहलाई मौका दिएको छ। “लिस्ट ए” क्रिकेटमा अनिलको यो डेब्यु समेत हो।

अन्डर-१९ समुहबाट उदाएका क्रिकेटरको सुचिमा अनिल साहपनि पर्दछन। दायाँ हाते ब्याट्सम्यान अनिलले आफुलाई एक परिपक्व खेलाडीको रुपमा स्थापित गरिसकेका छन्। एक कुशल फिल्डर अनिल पार्ट टाईम विकेटकिपर समेत हुन्।

केहि समय अघि सम्पन्न एसीसी अन्डर १९ एसिया कपमा अफगानिस्तान बिरुद्दको खेलमा अन्य ब्याट्सम्यानहरु चल्न नसक्दा अनिलले भने अर्ध शतक जोडेका थिए।

आक्रामक सट खेल्न मनपराउने अनिल अफ स्पिन बलिंग गर्न समेत काबिल छन्। एभरेस्ट प्रिमियर लिगको फाईनल खेलमा अन्तिम ओभर गर्दै अनिल साहले बिराटनगर वारियर्सलाई उपाधि समेत जिताएका थिए।

पछिल्लो केहि समय घरेलु र उमेर समूहको अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृस्ट लयमा रहेका उनले आज केन्या बिरुद्द कस्तो प्रदर्शन गर्लान त ?

Anil Sah

खेलको लाईभ स्कोर अपडेट पाउन यहाँ किल्क गर्नुहोस :

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy