- विकेटनेपाल – १६ बैशाख, आइतबार
नेपाली राष्ट्रिय क्रिकेट टोलिका ओपनर ब्याट्सम्यान अनिल कुमार साह सिंगापुर प्रस्थान गर्ने भएका छन्। सिंगापुरमा आयोजना हुने एलिट प्लेयर सिरिजको दोस्रो संस्करणमा सहभागी हुन अनिल आइतबार राती त्यसतर्फ प्रस्थान गर्नेछन्।
क्रिकेट प्लेयर एसोसियसन नेपालले प्रेस बिज्ञप्ति जारि गर्दै अनिल सिंगापुर प्रस्थान गर्न लागेको जानकारी दिएको हो। सिंगापुर क्रिकेट बोर्डको निमन्त्रणा र क्रिकेट प्लेयर एसोसियसन नेपालको संयोजनमा अनिललाई एलिट प्लेयर सिरिजमा सहभागी हुने मौका मिलेको हो। उनले प्रतियोगितामा एस.जी क्रिम्सन टिमबाट सहभागिता जनाउने छन्।
अनिलसंगै क्रिम्सनको टोलिमा जिम्बाबेका खेलाडी रिचर्ड नगर्भा समेत रहेका छन्। क्रिम्सनको टोलिको प्रशिक्षकका रुपमा पाकिस्तानका बिलाल असद रहेका छन्। यो प्रतियोगिताको दोस्रो संसकरण हो।

मे १ तारिखबाट सुरुहुने प्रतियोगितामा ३ टोलिको सहभागिता रहेको छ। अनिल सहभागी टोलि क्रिम्सनले पहिलो दिन दुई खेल खेल्ने छ। यस्तै क्रिम्सनले मे २ तारिखमा र मे ४ तारिखमा थप दुई खेल्ने तालिका रहेको छ। प्रतियोगिताको फाईनल मे ५ तारिखमा हुनेछ। अनिललाई सिंगापुर क्रिकेट बोर्डले खान बस्न र फिर्ता आउने हवाई टिकट उपलब्ध गराउने जानकारी समेत प्रेस बिज्ञप्तिमा जनाइएको छ।

सिंगापुरका स्थानीय खेलाडीहरुसंगै प्रतियोगितामा थाइल्याण्ड, जिम्बाबे, इन्डोनेसिया र नेपालबाट खेलाडीहरु सम्मिलित रहेका छन्। जिम्बाबेका ४ खेलाडीले प्रतियोगितामा सहभागिता जनाउने छन्। अनिलसंगै रिचर्ड नगर्भा क्रिम्सनको टोलिमा रहेका छन् भने जिम्बाबेका पुर्व कप्तान एल्टन चिगुम्बुरा र नेथन वालर क्रिसेंट्सको टोलिमा रहेका छन्। यस्तै माल्कम वालर र नेबिल माडजिभाभने स्टार्सको टोलिमा रहेका छन्।

कलैयामा जन्मेका दायाँ हाते ब्याट्सम्यान अनिल कुमार साहले नामिबियामा केहि महिना अघि सम्पन्न आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ मा केन्या बिरुद्दको खेलबाट डेब्यु गरेका थिए। त्यसअघि अन्डर-१९ समुहमा उत्कृस्ट प्रदर्शन गरेका अनिलले एभरेष्ट प्रिमियर लिगको दोस्रो सिजनमा बिराटनगर वारियर्सलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।