विश्वरेकर्ड कायम गरेकी अन्जली प्रतियोगिताकै उत्कृस्ट घोषित

नेपाली महिला राष्ट्रिय क्रिकेटर अन्जली चन्द १३ औं दक्षिण एसियाली खेलकुद महिला क्रिकेट प्रतियोगिताको उत्कृस्ट खेलाडी तथा उत्कृस्ट बलर चुनिएकी छिन्।

साग महिला क्रिकेटको उपाधि बंगलादेशले श्रीलंकालाई २ रनले पराजित गर्दै जितेपनि उत्कृस्ट खेलाडीको अवार्ड भने नेपाली खेलाडीले जितेकी हुन्।

देब्रे हाते स्पिनर अन्जलीले प्रतियोगितामा कुल ४ खेल खेल्दा ११ विकेट हात पारिन्। यस क्रममा उनि २ खेलमा प्लेयर अफ द म्याच समेत चुनिएकी थिईन्। पहिलो खेलमा माल्दिभ्स बिरुद्ध कुनै पनि रन नखर्ची ६ विकेट लिएकी अन्जलीले विश्वकिर्तिमान कायम गरेकी थिईन्। त्यसपछि दोश्रो खेलमा बंगलादेश बिरुद्ध विकेट विहिन रहेकी अन्जलीले तेश्रो खेलमा श्रीलंका बिरुद्ध १ विकेट तथा चौथो खेलमा माल्दिभ्स बिरुद्ध ४ विकेट हात पारेकी थिईन्।

Anjali Chand

माल्दिभ्स बिरुद्ध दुवै खेलमा नेपाल विजयी हुँदा अन्जली प्लेयर अफ द म्याच चुनिएकी थिईन्। २ वटा प्लेयर अफ द म्याच पाएको कारण अन्जली उत्कृस्ट खेलाडी चुनिएकी हुन् भने उनको नाममा प्रतियोगिताको सबैभन्दा धेरै विकेट पनि रह्यो।

प्रतियोगिताको उत्कृस्ट ब्याट्सउमन श्रीलंकन टिमकी कप्तान हर्शिता माधभी घोषित भईन्। हर्शिताले ४ खेलमा १ शतक मदतले कुल १८७ रन बनाईन। यस क्रममा उनले माल्दिभ्स बिरुद्ध अविजित १०६ रन प्रहार गरेकी थिईन्।

प्रतियोगितामा नेपालले कास्य पदक जित्ने क्रममा शनिवार माल्दिभ्सलाई १० विकेटले पराजित गरेको थियो। नेपालले माल्दिभ्सलाई २ वटा खेलमा सहजै पराजित गरेता पनि बंगलादेश र श्रीलंकासंग भने हार बेहोर्दा कास्य पदकमै चित्त बुझाउन पुग्यो। प्रतियोगितामा बंगलादेश अपराजित रहँदै स्वर्ण पदक चुम्यो।

फोटोहरुमा हेर्नुस महिला क्रिकेट स्वर्ण जितेपछिको बंगलादेश महिला टिमको खुसि 





थप समाचार

बागमतीविरुद्ध मधेश ४ विकेटले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियाेगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा मधेश प्रदेशसँग बागमती प्रदेश ४ विकेटले पराजित […]

आर्मीले पुलिसलाई हरायो

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई […]

कोलकाताको पहिलो जित

काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइटराइडर्सले पहिलो जित दर्ता गरेको छ। बुधवार सम्पन्न खेलमा पहिलो जित हासिल […]

पञ्जाबकाे सुखद् सुरुआत

काठमाडौं। पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सुखद् सुरुआत गरेको छ। मंगलबार सम्पन्न खेलमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले […]

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]