दिल्ली पेसर नोर्कियाको विश्वास – “बैंगलोरलाई परास्त गर्नेछौँ”

उत्कृस्ट लयमा रहेको प्रतिद्वन्द्वी रोयल च्यालेन्जर्स बैंगलोर बिरुद्ध खेल्नु अघि दिल्ली क्यापिटल्सका फास्ट बलर एनरिक नोर्कियाले आफ्नो टिम सोमबारको प्रतिद्वन्द्वीलाई पराजित गर्न सक्षम रहेको बताएका छन्।  शनिवार कोलकातालाई पराजित गरेको दिल्लीका आत्मविश्वासी पेसरले योजना अनुसार खेल्दै बेसिकमा टिक्न सक्नुपर्नेमा जोड दिए।

दिल्लीको बैंगलोर बिरुद्ध रेकर्ड खराब रहेको छ। इतिहासमा खेलिएको २३ खेलमा दिल्लीले मात्र ८ खेल जित्न सकेको छ। दिल्ली बिरुद्ध रेकर्डले लयमा रहेको कोहलीको टिमलाई थप बल पुगेको छ।

“हाम्रो लागि राम्रो चुनौती हुनेछ। उनीहरुसंग राम्रो टिम छ भने ठूला नामहरु पनि छन्। तर मलाई लाग्छ हामिसंग पनि राम्रो टिम छ र हाम्रो अभ्यास राम्रो भैरहेको छ।” नोर्कियाले दिल्लीद्वारा जारि गरिएको रिलिजमा बताए।

“हामीले हाम्रो कला देखाउने हो र हामीले खेल्दै आएको जस्तो खेल्ने हो भने खेल पक्कै राम्रो हुनेछ। म विश्वस्त छु कि हामि उनीहरुलाई परास्त गर्ने छौँ।”

दक्षिण अफ्रिकी फास्ट बलरले अघिल्लो खेलमा २२८ रनको योगफल रक्षा गर्ने क्रममा कोलकाता बिरुद्ध उत्कृस्ट बलिंग गरेका थिए। त्यस क्रममा उनले आक्रामक ब्याटिंग गरिरहेका ओएन मोर्गनको महत्वपूर्ण विकेट लिंदै टिमलाई खेलमा फर्काएका थिए। खेलमा २६ वर्षीय बलरले शारजाहको बलरको लागि चुनौतीपूर्ण मैदानमा ३३ रन खर्चेर ३ विकेट लिएका थिए।

“टिमलाई माथि ल्याउन योगदान दिन पाउदा म खुसि छु। मलाई लाग्छ केटाहरुले राम्रो बलिंग गरे। सबै बलरहरुले योजना अनुसार काम गरे।”

“मलाई लाग्छ म आफ्नो मूलमा रहने कोशिस गर्छु र धेरै सोच्दिन। तपाईले जब मैदान ठूलो-सानो, छक्का हान्न सजिलो छ जस्तो कुरा सोच्नु हुन्छ तपाईलाई त्यसले असर गर्छ , त्यसैले आफ्नो क्षमतामा विश्वास गर्नुपर्छ। तपाईले अभ्यासमा जे गर्नुहुन्छ त्यसलेनै तपाईआई अघि बढाउछ।”

आईपीएलमा डेब्यु गरिरहेका नोर्किया यस अघि कोलकाता नाइट राइडरर्स टिममा रहेता पनि ढाडको चोटका कारण खेल्ने भने मौका पाएका थिएनन्। दक्षिण अफ्रीकाको लागि गत वर्ष टेस्ट, टि-२० र वानडे तिन वटै फर्म्याटमा डेब्यु गरेका नोर्कियाले  यो वर्ष मार्चमा अस्ट्रेलिया बिरुद्ध वानडे सिरिजमा ३ खेलमा ६ विकेट लिंदै उत्कृस्ट प्रदर्शन गरेका थिए। उनले ६ टेस्टमा १९ विकेट, ७ वानडेमा १४ विकेट तथा ३ टि-२० मा २ विकेट लिएका छन्।

लिगमा दिल्लीले ४ खेल खेल्दा ३ जित र १ हार बेहोरेको छ। यस क्रममा श्रेयस ऐयर कप्तानीको टिमले हैदरावादसंग १५ रनको हार बेहोरेको थियो भने कोलकातालाई १८ रनले, चेन्नाईलाई ४४ रनले तथा पन्जाबलाई सुपर ओभरमा पराजित गरेको थियो।

पन्जाब बिरुद्ध उत्कृस्ट पुनरागमन जितपछि धोनी, वाटसन र डुप्लेसीले के भने

वाटसन र डु प्लेसीले कीर्तिमानी साझेदारी गर्दा चेन्नाईको शानदार जित

“अन्तिममा सम्भवतः ७-८ वटा फुल टस मैले गने”- वार्नर

हैदरावादलाई पराजित गर्दै मुम्बई अंकतालिकाको शिर्षमा

कोरोनाका कारण डिपीएलको चौथो संस्करण सर्यो





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]