आइपीएल र भारतको लागि खेल्ने उद्देश्य लिंदै अंशुमन रथले छाडे हंगकंग टिम

हंगकंग राष्ट्रिय क्रिकेट टिमका कप्तान अंशुमन रथले हंगकंग राष्ट्रिय टिमको लागि नखेल्ने भएका छन्। अक्टोबरमा युएईमा आयोजना हुने टि-२० विश्वकप छनौट प्रतियोगिताबाट २१ वर्षीय रथले नाम फिर्ता लिएका हुन्।

हंगकंग क्रिकेटले बुधबार घोषित गरेको टिममा नरहेका रथ बारे बोर्डले विदेशमा अवसरको खोजिको लागि यो कदम चालेको लेखेको छ।

इमर्जिंग क्रिकेट वेबसाइटले  खुलासा गरे अनुसार रथले भारतमा क्रिकेटको भविष्य खोज्न लागेका हुन्। देब्रे हाते ब्याट्सम्यानले अब भारतमा घरेलु क्रिकेट खेल्ने र यो वर्ष रणजी ट्रफीमा डेब्यु गर्ने सम्भावना रहेको बताईएको छ।

यस्तै उनि २०२० आईपीएल सिजनको ड्राफ्टमा समेत भारतीय लोकल ‘अनक्यापड’ खेलाडीको रुपमा समावेस हुनेछन्। हंगकंगको उमेर समुह हुँदै राष्ट्रिय टिममा राम्रो प्रदर्शन गर्दै आएका खेलाडी बाहिरिनुले हंगकंग क्रिकेटलाई ठुलो नोक्सानको रुपमा रथको कदमलाई हेरिएको छ।

एकदिवसीय अन्तर्राष्ट्रिय करियरमा १८ खेलमा ५१.७५ को सानदार औशतले ८२८ रन बनाएका रथले १ शतक र ७ अर्धशतक प्रहार गरेका छन्। यस्तै उनेल २० टि-२० अन्तर्राष्ट्रियमा १८.८८ को औशतले ३२१ रन बनाएका छन्। एकदिवसीयमा उनल १४ विकेट तथा टि-२० मा ५ विकेट लिएका छन्।

सन् २०१४ मा हंगकंगको लागि एकदिवसीय अन्तर्राष्ट्रियमा तथा नेपाल बिरुद्ध २०१५ मा टि-२० अन्तर्राष्ट्रियमा रथले नेपाली घरेलु टि-२० क्रिकेट प्रतियोगिता एभरेस्ट प्रिमियर लिगमा समेत खेलेका थिए।

Anshuman Rath in Everest Premier League 2017 . Photo – Biratnagar Warriors Facebook

“म हंगकंग क्रिकेटलाई यो अवधिमा गरेको सबै योगदानको लागि धन्यवाद दिन चाहन्छु। १२ वर्षको उमेर देखिको यात्रा निकै रोचक रहेको थियो। म सबै खेलाडी र सपोर्ट स्टाफलाई भविष्यको लागि सुभकामना दिन चाहन्छु” रथले इमर्जिंग क्रिकेटसंगको कुराकानीमा बताएका छन्।

भारतीय राष्ट्रिय क्रिकेट टिमको लागि खेल्ने चाहना बारे सोधिएको प्रश्नमा रथले बताए ‘एकदमै , यो नै मेरो अन्तिम उद्देश्य हो”

रथको परिवार सन् १९९४ मा भारत ओडीसाबाट हंगकंग बसाइँ सरेका थिए। उनिसंग भारतीय नागरिकता रहेको छ र भारतीय पासपोर्टबाटै यात्रा समेत गर्दै आएका छन्।

२०१८ एसिया कपमा भारत बिरुद्धको खेलमा निजाकत खानसंग १७४ रनको साझेदारी गर्दा विशेष चर्चामा आएका रथले आफुलाई उत्कृस्ट क्रिकेटर सावित गर्दै आएका छन्। भारत उक्त खेलमा विजयी भए पनि रथको भने प्रशंशा भएको थियो। प्रतियोगितामा रथले नै कप्तानी पनि सम्हालेका थिए।

अन्तिम पटक रथले ग्लोबल टि-२० लिगमा एडमोन्टन रोयल्सको लागि खेलेका थिए र विन्नीपेग हक्स बिरुद्ध सो खेलमा ८७ रनको विस्फोटक इनिंग खेलेका थिए। उनले त्यस क्रममा ५० बलमा ९ चौका र ४ छक्का प्रहार गरेका थिए।

२०१७ को एभरेस्ट प्रिमियर लिगमा पारस खड्का कप्तानीको टिम बिराटनगर वारियर्सको लागि खेल्ने क्रममा उत्कृस्ट प्रदर्शन गरेका रथले ७ खेलमा २ अर्धशतक मदतले ४५.१६ को औशतले २७१ रन बनाएका थिए। हंगकंगकै बाबर हायातले ७ खेलमा ३१३ रन बनाएर सर्वाधिक रनकर्ता रहेका थिए भने रथ दोश्रो स्थानमा रहेका थिए।

२०१७ इपिएलको फाइनलमा भैरहवा ग्ल्याडीएटर्स बिरुद्ध खेल्ने क्रममा अंशुमनले एकै ओभरमा ३५ रन खर्चिएका थिए। त्यस क्रममा उनले एकै ओभरमा ११ बल गर्नु परेको थियो जसमा २ वटा वाइड र २ वटा नो बल रहेको थियो। निकै आतिएका उनले बल हाफ पिचमा खसाउने पुगेका थिए।





थप समाचार

रोहितआबद्ध नेसनल्सको दोस्रो खेल आईतबार

काठमाडौं । क्यानडामा जारी ग्लोबल टी-२० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलआबद्ध टोरोन्टो नेसनल्सको दोस्रो खेल आईतबार रहेको […]

सन्दीप र दीपेन्द्रआबद्ध टोलीको दोस्रो खेल आज

काठमाडौं । क्यानडामा ग्लोबल टी-२० लिगमा नेपाली खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीआबद्ध भेनकुवर नाईट्सको दोस्रो खेल आज (शनिबार) हुदैछ […]

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]