महोत्तरीमा अन्तर नगरपालिका क्रिकेट आयोजना हुने

चैत्र २२ गते देखि महोत्तरीमा स्व. विशाल गप्ता एवं स्व. कुन्दन सिंह मेमोरियल जिल्ला अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । शनिवार पत्रकार सम्मेलन गर्दै जिल्ला क्रिकेट संघ महोत्तरीका अध्यक्ष रोशन कुमार सिंहले प्रतियोगिताबारे जानकारी गराएका हुन्।

५० ओभरको प्रतियोगिताको अनुमानित बजेट ३२ लाख रुपैयाँ रहेको छ। प्रतियोगिता विजेताले एक लाख एक हजार तथा दोश्रो हुने टिमए ५१ हजारका रुपैयाँ प्राप्त गर्नेछ । यस्तै म्यान अफ द सिरिजलाई रु २० हजार, बेस्ट ब्याट्सम्यान र बलरलाई समान १० हजार, इमर्जिंग प्लेयरलाई १५ तथा तथा प्रत्येक खेलको  म्यान अफ द म्याचलाई रु २ हजार ५ सय रुपैयाँ प्रदान गरिनेछ ।

प्रतियोगिताको लागी नगरपालिकाहरुले आवेदन बुझाउने मिति फागुन २० देखि चैत्र १० गतसम्म रहेको आयोजकले जानकारी दिएको छ।प्रतियोगितामा महोत्तरी जिल्ला भरीका १५ वटै नगरपालिका तथा गाउँपालिकालाई समावेश गराउने लक्ष्य रहेको छ।

https://www.youtube.com/watch?v=VFTv3ELwjvQ

https://www.youtube.com/watch?v=eyrLKSZ8u78

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy