अन्ततः डीककले मागे माफी- “कसैको अपमान गर्ने उद्देश्य थिएन”

टि-२० विश्वकप अन्तर्गत वेस्टइन्डिज बिरुद्धको खेलमा ‘ब्ल्याक लाइभ म्याटर’ अभियान अन्तर्गत घुंडा टेक्न अस्विकार गर्दै वेस्टइन्डिज बिरुद्धको खेल नखेलेका दक्षिण अफ्रिकी विकेटकिपर ब्याट्सम्यान क्विन्टन डीककले बिहिबार बिज्ञप्ति जारि गर्दै समर्थक र टिमसंग माफी मागेका छन्। डीककले यो पनि स्वीकार गरेका छन् कि प्रतियोगिताको बाँकी खेलमा घुंडा टेकेर अभियानमा साथ दिनेछन्।

“यदी मैले घुँडा टेक्दा अरुलाई शिक्षा दिन सहयोग हुन्छ र मानिसहरुको जीवन सुधार हुन्छ भने म खुसिका साथ यो काम गर्न तयार छु” डीककले बताए।

दक्षिण अफ्रिकी क्रिकेट बोर्डसंग छलफल पछि डीककले यो अभियान पछाडीको उद्देश्य महसुस गरेको बताउदै आफ्नो लागि देशको लागि खेल्नु भन्दा अर्को ठूलो कुरा नरहेको बताए – “मैले उनीहरुको उद्देश्य बुझे र मलाई मेरो देशको लागि पुनः खेल्नु भन्दा अन्य कुरा महत्वपूर्ण छैन।”

“म मेरो टिममेटहरुसंग माफी माग्दै यसको सुरुवात गर्न चाहन्छु र फ्यानहरुसंग पनि। म कहिले पनि क्विन्टन विवाद कायम गर्न चाहन्थिन। मलाई नश्लवाद बिरुद्ध उभिनुको महत्व थाहा छ र एउटा खेलाडीको रुपमा वहन गर्नुपर्ने जिम्मेवारी पनि। यदी मैले घुंडा टेक्दा रुलाई शिक्षा दिन सहयोग हुन्छ र मानिसहरुको जीवन सुधार हुन्छ भने म खुसिका साथ यो काम गर्न तयार छु” डीककले बताए।

“मैले कुनै पनि किसिमले वेस्टइन्डिज र विशेष रुपमा वेस्टइन्डिज बिरुद्ध नखेलेर कसैको अपमान गर्ने उद्देश्य थिएन। मद्वारा गरिएको सबै चोट, भ्रम र क्रोधको लागि मलाई आफूप्रति खेद छ। म अहिलेसम्म महत्वपूर्ण मुद्दामा चुप थिएँ तर मलाई लाग्छ मैले आफैलाई बढी बुझ्नु पर्नेछ।”

“धेरैलाई थाहा न हुनसक्छ कि म मिश्रित जातिको परिवारबाट आएको हुँ। मेरो सौतेनी बहिनी रंगिन छिन् भने मेरो सौतेनी आमा काली हुनुहुन्छ। मेरो लागि मेरो जन्म पछि अश्वेत जीवनले महत्व राख्छ। अन्तर्राष्ट्रिय आन्दोलन भएर मात्रै हैन। सबै मानिसको अधिकार र समानता कुनै पनि व्यक्तिको तुलनामा अधिक महत्वपूर्ण हुन्छ। मलाई निर्देशन दिंदा मलाई लागेको थियो कि मेरो अधिकारमा कसैले हस्तक्षेप गरेको छ।”

“मलाई लाग्छ यो कुरा प्रतियोगिता सुरु हुनु अघिनै समाधान भएको भए राम्रो हुन्थ्यो जसले गर्दा हामि हाम्रो काम जुन देशको लागि खेल जिताउने हो त्यसमा बढी केन्द्रित हुन सक्थ्यौं। यसले गर्दा विश्वकपमा नाटक जस्तो भयो जुन राम्रो हैन। म मेरो टिममेट, विशेषगरि मेरो कप्तान तेम्बालाई धन्यवाद दिन चाहन्छु। मानिसहरुलाई थाहा नहोला तर उनि गजबको नेतृत्वकर्ता हुन्। यदी उनि र टिम तथा दक्षिण अफ्रीका मसंग छ भने मलाई मेरो देशको लागि पुनः खेल्नु भन्दा बढी केहि कुरा हैन।” डीककले बताएका छन्।

दक्षिण अफ्रीकाले प्रतियोगितामा आगामी खेल अक्टोबर ३० तारिखमा श्रीलंकासंग खेल्ने तालिका रहेको छ। पहिलो खेलमा उसले वेस्टइन्डिजलाई ८ विकेटले पराजित गरेको थियो। खेलमा डीककको स्थानमा रेजा हेन्ड्रिक्सले मौका पाएका थिए भने हेनरिच क्लासेनले किपिंग सम्हालेका थिए।





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]