भारतको टि-२० कप्तानको रुपमा अन्तिम खेलपछि कोहलीले के भने

टि-२० विश्वकप २०२१ मा भारतको यात्रा समाप्त भएसंगै भारतीय टि-२० अन्तर्राष्ट्रिय टिमको कप्तानको रुपमा बिराट कोहलीको कार्यकाल पनि समाप्त भएको छ। कोहलीले विश्वकप सुरुवात अघिनै यो प्रतियोगितानै भारतको टि-२० कप्तानको रुपमा अन्तिम हुने घोषणा गरेका थिए। विश्वकप उपाधि दिलाउदै कप्तानीबाट विदा लिने कोहलीको चाहना भने पुरा हुन पाएन। भारत ९ वर्षपछि पहिलो पटक आईसीसीको प्रतियोगिताको सेमीफाइनल पुग्न असफल रह्यो। पाकिस्तान र न्युजिल्यान्डसंग पराजित भएको भारतले अफगानिस्तान, स्कटल्याण्ड र नामिबियालाई सहजै पराजित गरेपनि अर्को चरण पुग्न पर्याप्त रहेन।

नामिबियासंग अन्तिम खेलपछि स्टारस्पोर्ट्ससंग अन्तर्वार्तामा कोहलीले टि-२० फर्म्याटको कप्तानी छाड्दा भार कम हुँदा राहत पाएको बताए – “पहिलो कुरा त राहत पाएको छु। मलाई लाग्छ कि, कार्यभार व्यवस्थापन गर्ने सहि समय आएको छ। ६-७ वर्ष भारि जिम्मेवारीले गर्दा धेरै दवाव थियो। यो अवधिमा धेरै प्रतिभाहरुसंग हामीले एउटा टिमको रुपमा राम्रो प्रदर्शन गर्यौं।”

कोहलीले विश्वकपमा अपेक्षित नतिजा नदिएको स्वीकारे – “हामीले नतिजा दिन सकेनौ तर हामीले केहि राम्रो क्रिकेट खेल्न सकेका छौँ। जसरि पछिल्लो तिन वटा खेल हामीले खेल्यौं, खेलाडीहरुले मेरो काम धेरै सजिलो बनाए। टि-२० क्रिकेट अन्तरको खेल हो। पहिलो दुई खेलमा माथिल्लो क्रमले दुई ओभर मात्र आक्रामक क्रिकेट खेल्न सकेको भए कुरा अर्कै हुन्थ्यो। हामीले बहादुर भएर उक्त दुई खेलमा एउटा समुहको रुपमा खेल्न सकेनौं। हामीले टसलाई बहाना बनाउनु हुँदैन।”

भारतको प्रशिक्षकको रुपमा कार्यकाल समाप्त गरेका रभी शास्त्री र प्रशिक्षण टिमलाई कोहलीले धन्यवाद दिए – “सबैलाई धेरै धन्यवाद दिन्छु ( रभी शास्त्री र सहयोगी स्टाफ ) जसले बिगत केहि वर्षमा खेलाडीहरुलाई वातावरण बनाउन गजबको काम गरेका छन्। उनीहरुले यो अवधिमा अथक मेहनत गरेका छन्।”

उनले आफ्नो आक्रामक स्वभाव क्रिकेट खेल्न्जेल परिवर्तन नहुने बताए – “मेरो आक्रमकता कहिल्यै परिवर्तन हुने छैन। जुन दिन त्यो सकिन्छ, म क्रिकेट खेल्न छोड्नेछु। म कप्तान हुनु भन्दा अघि पनि म कुनै पनि किसिमले योगदान दिन चाहन्थे। म उभिएर एकै स्थानमा शान्त भएर बस्न सक्दिन।”

नामिबियासंग तेश्रो नम्बरमा कोहलीले आफू ब्याटिंगमा नगई सुर्यकुमार यादवलाई पठाउनुको कारण सोध्दा कोहलीले बताए – “यो टि-२० विश्वकप हो र सुर्यले धेरै समय पाएनन्। त्यसैले यो उनको लागि फिर्ता लैजान सुन्दर यादहरु हुनेछ। एउटा युवा खेलाडीको रुपमा तपाई विश्वकपबाट सुन्दर यादहरु लिएर जान चाहनुहुन्छ। त्यसैले उनलाई मौका दिनु पछाडीको कारण त्यही हो।”

सन् २०१७ देखि भारतको टि-२० अन्तर्राष्ट्रिय कप्तानी सम्हालेका कोहलीले ५० खेलमा कप्तानी गर्दा भारतले ३० खेलमा जित, १६ खेलमा हार बेहोर्द २ खेल बराबर र २ खेल नतिजाविहिन रह्यो। कोहलीको जित प्रतिशत यो अवधिमा ६४.५८ प्रतिशत रह्यो। कोहली पछि भारतको टि-२० अन्तर्राष्ट्रिय कप्तानीको जिम्मेवारी रोहित शर्माले पाउनसक्ने बताईएको छ जसको निर्णय केहि दिनमै भारतीय क्रिकेट बोर्डले गर्नेछ।





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]