अनवर अलिको शनशनिपूर्ण ब्याटिंगका बावजुद १ रनले हार्यो क्वेटा

  • विकेटनेपाल, ७ चैत 

पाकिस्तान सुपर लिगको पहिलो इलिमीनेटर अन्तर्गत शनशनिपूर्ण खेलमा पेशावर जाल्मीले क्वेटा ग्ल्याडीएटर्सलाई १ रनले पराजित गरेको छ। पराजित भएपछि क्वेटा उपाधि रेसबाट बाहिरिएको छ भने पेशावर जाल्मीले दोश्रो इलिमीनेटरमा कराची किंग्सको आज सामना गर्नेछ। यस अघिनै क्वालिफायरमा इश्लामाबाद युनाइटेडले कराँची किंग्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाईसकेको छ।

पहिले ब्याटिंग गर्दै पेशावरले दिएको १५८ रनको लक्ष्य पछ्याउदा जितको नजिक पुगेको क्वेटा ग्ल्याडीएटर्स खेल जित्न मात्र १ रनले चुक्न पुग्यो।

१ रनको जित , अन्तिम ओभरको रोमान्च 

अन्तिम ओभरमा जितको लागि २५ रन आवस्यक क्वेटा ग्ल्याडीएटर्सलाई २५ रन आवस्यक थियो र बाँकी थियो २ विकेट। बलिंग गर्न आए पेशावर जाल्मीका देब्रे हाते स्पिनर लियम डसन् र क्रिजमा थिए अनवर अलि र मिर हम्जा।

पहिलो बल : अनवर अलिले थर्डम्यानमा चौका प्रहार गरे 
दोश्रो बल :
अलिले दोश्रो बल लंगअनमा छक्का हिर्काए , २ बलमा १० रन बनेपछि अब बाँकी थियो ४ बलमा १५ रन।

तेश्रो बल : डसनको बलमा रन बन्न सकेन , अब ३ बलमा १५ रन आवश्यक
चौथो बल : छक्का ! लंग अन माथि अलिले अर्को छक्का हिर्काए, अब २ बल ९ रन बाँकी
पाँचौ बल : लंग अफ माथि अर्को छक्का ! अघि बढेर हिर्काएको छक्काले बल र रनको अन्तर नजिक ल्यायो अर्थात अब बाँकी १ बल जित्न ३ रन
छैठौं बल :  अघि बढेर, फुल टस बनाएर अलिले लंग-अनमा हिर्काए, बल सिधा बाउन्ड्री नजिक फिल्डरको हातमा पुग्यो तर क्याच छुट्यो, तर दोश्रो रन लिने क्रममा मिर हम्जा रन आउट ! हुनपुग्दा १ रनको जित पेशावरले हात पार्यो।

अन्तिम ओभरमा २३ रन हिर्काए पनि अनवर अलिले जित भने दिलाउन सकेनन्।

भिडियो


पेशावरको इनिंग  

टस हारेर ब्याटिंग गर्दै पेशावरले २० ओभरमा १५७ रन बनाउदा सबै विकेट गुमाउन पुग्यो। लियम डसन्ले सर्वाधिक ६२ रन प्रहार गरे जुन क्रममा ३५ बलमा ६ चौका र ४ छक्का हिर्काए। ओपनर तामिम इकबालले २७ रन तथा मोहम्मद हजिफले २५ रन योगदान दिए। कप्तान डेरेन सामी २ तथा कमरान अकमल खाता नखोल्दै आउट भएका थिए। क्वेटा बलर राहत अलिले सर्वाधिक ४ विकेट लिए भने थिसारा परेराले २ विकेट लिए।

क्वेटाको ब्याटिंग 

१५८ रन लक्ष्य पछ्याउदा जितबाट १ रनले चुकेको क्वेटाले २० ओभरमा ९ विकेट गुमाएर १५६ रन बनायो। मोहम्मद नवाज र कप्तान सर्फराज अहमदले समान ३५ रन बनाए भने अनवर अलिले १४ बलमा ३ छक्का र १ चौका मदतले अविजित २८ रन योगदान दिए। पेशावर बलर हसन अलि, समिन गुल, वाहब रियाज र उमाद असिफले समान २/२ विकेट लिए।

खेलको हाइलाइट हेर्न यो लिंकमा क्लिक गर्नुस 

 





थप समाचार

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]

क्यान अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने

नेपाल क्रिकेट सङ्घ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने भएको छ । नेपाल […]

एसियन गेम्सको लागि अभ्यास सुरु

१९ औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण थालेको छ । नेपाली राष्ट्रिय टोलीका सदस्यले आज बुधवारदेखि त्रिवि […]