एपेक्स आईसीसी कप आयोजना हुने

एपेक्स कलेजको आयोजनामा आगामी भदौ महिनाको अन्तिम साताबाट काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा एपेक्स आईसीसी कप ( इन्टर कलेज कप ) क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।

प्रतियोगिता भदौ २४ गते देखि असोज ३ गते सम्म मुलपानी क्रिकेट मैदानमा आयोजना हुने आयोजकले बिज्ञप्ति जारि गर्दै जानकारी गराएको छ।

कलेज स्तरको क्रिकेट प्रतिभाहरुलाई मंच प्रदान गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा बिभिन्न १२ कलेजहरुको सहभागिता रहनेछ।

“हाम्रो उद्देश्य उदयमान खेलाडीहरुलाई मंच प्रदान गर्दै समुदायलाई खेलको माध्यमबाट उत्प्रेरणा दिनु हो।” बिज्ञप्तिमा एपेक्स कलेजकी प्रवक्ता अस्मिता पौडेलले बताएकी छिन्।

टि-२० फर्म्याटको प्रतियोगिता लिग-कम नक आउटको आधारमा आयोजना हुनेछ। विजेताले १ लाख ५० हजार रुपैयाँ तथा उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्रत्येक खेलको प्लेयर अफ द म्याचले २ हजार ५ सय रुपैयाँ पाउनेछन्। प्रतियोगिताकै उत्कृस्ट खेलाडीले १५ हजार रुपैयाँ तथा उत्कृस्ट बलर र ब्याट्सम्यानले समान १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले बिज्ञप्ति मार्फत जानकारी गरीएको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy