एपीएफको लज्जास्पद ब्याटिंग, ४१ रनमै अलआउट

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट अन्तर्गत दोश्रो सेमीफाइनल खेलमा शशस्त्र प्रहरी बल एपीएफ र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गरिरहेका छन्।

टियु मैदानमा जारि खेलमा टस हारेर ब्याटिंग गरेको एपीएफले लज्जास्पद ब्याटिंग गर्दै ४१ रनमै सम्पूर्ण विकेट गुमाउन पुगेको छ।

२२.१ ओभरमा सबै विकेट गुमाएको डिफेन्डिङ च्याम्पियन टिम एपीएफका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

शरद भेसवकर र पृथु बास्कोटाले समान ७ रन, आसिफ शेख, प्रदिप ऐरी, सुमित महर्जन र दिपेन्द्र रावत समान २ रन, सन्दिप जोराले ५ रन, अमर सिंह रौटेलाले अविजित ६ रन बनाए।

एपीएफले हालसम्म खेलेको मध्ये यो सबैभन्दा कम योगफल हो। प्रधानमन्त्री कपको समेत यो सबैभन्दा कम योगफल हो।

Lalit Rajbanshi
Lalit Rajbanshi

पुलिसको लागि बलिंगमा ललित राजबंशीले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ६ ओभरमा मात्र ८ रन खर्चिए। यस्तै कुशल भुर्तेल ( ५-१-७-३ ) र सागर ढकाल ( ८.१-३-१५-३ ) ले ३/३ विकेट लिए। स्कोरकार्ड 

प्रतियोगिताको पहिलो सेमीफाइनलमा प्रदेश-३ लाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब फाइनल प्रवेश गरिसकेको छ।





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]