एपीएफको लज्जास्पद ब्याटिंग, ४१ रनमै अलआउट

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट अन्तर्गत दोश्रो सेमीफाइनल खेलमा शशस्त्र प्रहरी बल एपीएफ र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गरिरहेका छन्।

टियु मैदानमा जारि खेलमा टस हारेर ब्याटिंग गरेको एपीएफले लज्जास्पद ब्याटिंग गर्दै ४१ रनमै सम्पूर्ण विकेट गुमाउन पुगेको छ।

२२.१ ओभरमा सबै विकेट गुमाएको डिफेन्डिङ च्याम्पियन टिम एपीएफका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

शरद भेसवकर र पृथु बास्कोटाले समान ७ रन, आसिफ शेख, प्रदिप ऐरी, सुमित महर्जन र दिपेन्द्र रावत समान २ रन, सन्दिप जोराले ५ रन, अमर सिंह रौटेलाले अविजित ६ रन बनाए।

एपीएफले हालसम्म खेलेको मध्ये यो सबैभन्दा कम योगफल हो। प्रधानमन्त्री कपको समेत यो सबैभन्दा कम योगफल हो।

Lalit Rajbanshi
Lalit Rajbanshi

पुलिसको लागि बलिंगमा ललित राजबंशीले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ६ ओभरमा मात्र ८ रन खर्चिए। यस्तै कुशल भुर्तेल ( ५-१-७-३ ) र सागर ढकाल ( ८.१-३-१५-३ ) ले ३/३ विकेट लिए। स्कोरकार्ड 

प्रतियोगिताको पहिलो सेमीफाइनलमा प्रदेश-३ लाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब फाइनल प्रवेश गरिसकेको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy