आठौँ राष्ट्रिय दोश्रो दिन : एपीएफ र आर्मीको दोश्रो जितमा बसन्त र सुशन उत्कृस्ट

Basant Regmi
  • विकेटनेपाल, बैशाख-५ 

कोहलपुर र भैरहवामा जारि आठौँ राष्ट्रिय खेलकुद पुरुष टि-२० क्रिकेट अन्तर्गतको खेलहरुमा त्रिभुवन आर्मी क्लब, शशस्त्र प्रहरी बल ( एपीएफ ), प्रदेश-१ र प्रदेश-७ ले जित दर्ता गरेका छन्।

समुह ‘बि’ तर्फको कोहलपुरमा सम्पन्न २ खेलमा त्रिभुवन आर्मी क्लबले प्रदेश-६ लाई ६ विकेटले तथा प्रदेश-१ ले प्रदेश-२ लाई ४ रनले पराजित गर्यो।

यस्तै समुह ‘ए’ तर्फको भैरहवामा सम्पन्न २ खेलमा  शशस्त्र प्रहरी बल ( एपीएफ ) ले प्रदेश-५ लाई ५ विकेटले तथा प्रदेश-७ ले प्रदेश-४ लाई ३१ रनले पराजित गर्यो।

 

एपीएफको जितमा बसन्त रेग्मी उत्कृस्ट 

भैरहवामा सम्पन्न पहिलो खेलमा दोश्रो जित हात पार्ने क्रममा एपीएफले प्रदेश-५ लाई ५ विकेटले पराजित गर्यो। पहिले ब्याटिंग गर्दै प्रदेश-५ ले २० ओभरमा ८ विकेट गुमाएर ९० रन बनाएपछि ९१ रनको लक्ष्य एपीएफले १८.१ ओभरमा पुरा गर्यो।

प्रदेश-५ को लागि ब्याटिंगमा सन्दिप सुनारले २६, सिद्धान्त शाहीले १४,  अनुपम सिंहले १५  तथा सुरज दराईले ११ रन बनाए।

एपीएफ बलर बसन्त रेग्मीले ३ विकेट ( ४-०-१८-३ ) लिए भने यज्ञमान कुमाल ( ४-०-१५-१ ) , अभिनाश बोहरा ( ४-०-७-१ ) , भुवन कार्की ( ४-०-२३-१ ) र शरद भेसावकर ( २-०-१२-१ ) ले १/१ विकेट लिए।

Armed Police Force Team ( Photo – Tara Pathak )

९१ रनको लक्ष्य एपीएफले १८.१ ओभरमा भेट्यो। शंकर रानाले अविजित ३२ रन ( ४४ बलमा ४ चौका ) तथा प्रदिप ऐरिले २३ रन तथा अमर सिंह  रौटेलाले अविजित ११ रन बनाए।

प्रदेश-५ का बलर सन्दिप सुनार ( ४-०-१५-२ ) र बिक्रम भुसाल ( ४-०-१७-२ ) ले २/२ विकेट लिए। स्कोरकार्ड

महेश अधिकारीको ४ विकेटमा प्रदेश-७ को जित 

भैरहवामा सम्पन्न दिनको दोश्रो खेलमा प्रदेश-७ ले प्रदेश -४ लाई ३१ रनले पराजित गर्यो।

प्रदेश-७ ले टस जितेर ब्याटिंग गर्दै २० ओभरमा ४ विकेट गुमाएर १२२ रनको योगफल तयार गरेको थियो। लक्ष्य पछ्याउने क्रममा प्रदेश-४ ले १९.१ ओभरमा सबै विकेट गुमाएर ९१ रन मात्रै बनाउन सक्यो।

Mahesh Adhikari ( Photo – Tara Pathak )

प्रदेश-७ को लागि बलिङ्गमा तिब्र गति बलर महेश अधिकारीले ४ विकेट ( ४-२-११-४ ) लिए भने अरुन ऐरिले ( ४-०-२६-२ ) २ विकेट लिए। यस अघि ब्याटिंगतर्फ प्रदेश-७ को लागि ओपनर खडक बोहराले सर्वाधिक ३६ तथा लोकेश बमले २१ रन बनाएका थिए।

प्रदेश-४ को लागि एपीएफ छोडेर आएका राष्ट्रिय क्रिकेटर करन केसीले ३५ रन ( ३१ बलमा २ चौका ) बनाए पनि जित दिलाउन सकेनन्। करन बलिङ्गमा ४ ओभरमा २७ र खर्चेर विकेट विहिन रहे। ( स्कोरकार्ड )

आर्मीको जितमा सुशन भारि फेरी उत्कृस्ट

कोहलपुर मैदानमा सम्पन्न दिनको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले दोश्रो जित दर्ता गर्न प्रदेश-६ लाई ६ विकेटले पराजित गर्यो।

पहिले ब्याटिंग गरेको प्रदेश-६ ले १५.४ ओभरमा ७८ रनमा सबै विकेट गुमायो। ७९ रनको लक्ष्य आर्मीले १७ ओभरमा ४ विकेट गुमाएर भेट्यो।

आर्मीको जितमा लगातार दोश्रो पटक प्लेयर अफ द म्याच चुनिएका देब्रे हाते स्पिनर सुशन भारिले  ३ विकेट ( ४-०-१३-३ ) लिए भने जितेन्द्र मुखिया ( ३-०-११-२ ) र सोमपाल कामि ( २.४-०-१२-२ ) ले २/२ विकेट लिए। ब्याटिंगमा आर्मी ओपनर हरे कृष्ण झाले २९ र राजेश पुलामीले अविजित १८ रन बनाए।  ( स्कोरकार्ड )

Sushan Bhari

प्रदेश-१ द्वारा प्रदेश-२ पराजित 

कोहलपुर मैदानमा सम्पन्न दिनको दोश्रो खेलमा प्रदेश-१ ले पहिले ब्याटिंग गर्दै दिएको ९४ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश-२ ले ८९ रनमा सबै विकेट गुमाउन पुग्दा ४ रनको हार बेहोर्यो।

Mukund Yadav

प्रदेश-१ को लागि ब्याटिंगमा मिनास थापाले ३२ रन र राजन मगरले १७ रन बनाए भने बलिङ्गमा प्लेयर अफ द म्याच समेत चुनिएका मुकुन्द यादबले ३ विकेट ( ४-२-८-३ ) लिन कसिलो बलिङ्ग गरे। प्रदेश-२ को लागि ब्याटिंगमा हसिम अन्सारीले सर्वाधिक १७ तथा मेहबुब आलमले १४ रन योगदान दिए भने बलिङ्गमा हरि शंकर शाह ( ४-१-१३-२ ) र संसाद शेख ( ४-०-१३-२ ) ले २/२ विकेट लिए। ( स्कोरकार्ड )

 





थप समाचार

रोहितआबद्ध नेसनल्सको दोस्रो खेल आईतबार

काठमाडौं । क्यानडामा जारी ग्लोबल टी-२० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलआबद्ध टोरोन्टो नेसनल्सको दोस्रो खेल आईतबार रहेको […]

सन्दीप र दीपेन्द्रआबद्ध टोलीको दोस्रो खेल आज

काठमाडौं । क्यानडामा ग्लोबल टी-२० लिगमा नेपाली खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीआबद्ध भेनकुवर नाईट्सको दोस्रो खेल आज (शनिबार) हुदैछ […]

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]