प्रम कप : रोमान्चक खेलमा एपीएफद्वारा आर्मी ६ रनले पराजित, एपीएफ समुह विजेता

त्रिभुवन आर्मी क्लबलाई ६ रनले पराजित गर्दै नेपाल एपीएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको समुह ‘ए’ को विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको छ। एपीएफले समुह चरणको ४ वटै खेलमा जित दर्ता गर्यो। आर्मी ३ जित र १ हार पछि समुहको उपविजेताको रुपमा सेमीफाइनल प्रवेश गर्यो।

प्रतियोगिताको पहिलो सेमीफाइनलमा बुधबार एपीएफ र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् भने दोश्रो सेमीफाइनलमा बिहिबार बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन्। आजै मुलपानी मैदानमा सम्पन्न अर्को खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई पराजित गर्दै सेमीफाइनलमा स्थान सुरक्षित गर्यो।

टियु अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा सम्पन्न खेलमा एपीएफले दिएको २४१ रनको लक्ष्य पछ्याउने क्रममा आर्मीले पुरै ५० ओभर ब्याटिंग गर्दै ८ विकेट गुमाएर २३४ रन बनाउन सक्यो। स्कोरकार्डअंकतालिका 

आर्मीको लागि ओपनर अनिल मण्डलले सर्वाधिक ४५ रन बनाए। राजेश पुलामीले ३३ रन, रोहित पौडेलले ३० रन, बिक्रम सोबले २८ रन, भिम शार्कीले २७ रन, लोकेश बमले २१ रन, शाहब आलमले अविजित २० रन तथा आकाश चन्दले अविजित १६ रन बनाए।

कमल सिंह ऐरीले ३ विकेट लिए

खराब सुरुवात गरेको आर्मीले पहिलो ३ विकेट ३६ रनको योगफलमा गुमाएको थियो। कमल सिंह ऐरीले लोकेश बम, हरि चौहान र बिनोद भण्डारीको विकेट लिंदै आर्मीमा दबाब बनाएका थिए।

चौथो विकेटको लागि अनिल मण्डल र रोहित पौडेलले ७० रनको साझेदारी गरे। मण्डल २७ औं ओभरमा रन आउट भए पछि ३० औं ओभरमा रोहितलाई भुवन कार्कीले क्याच आउट गराए। छैठौं विकेटको लागि भिम शार्की र राजेश पुलामीले ५० रनको साझेदारी गरे। ४० औं ओभरमा भिम आउट भए पछि पुलामीले बिक्रम सोबसंग ३९ रन जोडे। ४५ औं ओभरमा पुलामीलाई अविनाश बोहराले बोल्ड गरे भने लगत्तै ओभरमा सोब रन आउट भए। नवौं विकेटको लागि आकाश चन्द र शाहब आलमले आक्रामक सटहरु खेल्दा खेल रोमान्चक मोडमा पुगेको थियो।

४८ औं ओभरमा अमर सिंह रौटेलाले १३ रन खर्चेपछि २ ओभरमा जित्न आर्मीलाई २२ रन आवस्यक रहेको थियो। तर ४९ औं ओभरमा अविनाशले मात्र ३ रन खर्चिए। अन्तिम ओभरमा अमर सिंह रौटेलाले १२ रन मात्र खर्चिएपछि आर्मी जितबाट मात्र ७ रनले चुक्न पुग्यो।

एपीएफको बलिंगमा कमल सिंह ऐरीए ३ विकेट, भुवन कार्कीले २ विकेट तथा अविनाश बोहराले १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको एपीएफले ४९.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर २४० रन बनाएको थियो।

एपीएफको लागि सुमित महर्जनले सर्वाधिक ४६ रन बनाए। यस्तै सुबास खकुरेलले ३८, सन्दिप जोराले २८, अमर सिंह रौटेलाले २६, शरद भेसावकरले २४ रन तथा बसन्त रेग्मीले २० रन योगदान दिए।

आर्मीको बलिंगमा हरि बहादुर चौहानले सर्वाधिक ५ विकेट लिए जुन क्रममा ९.४ ओभरमा १ मेडन ओभर गर्दै ६० रन खर्चिए। शाहब आलमले २ तथा आकाश चन्द, बिक्रम सोब र सुशन भारिले समान १ विकेट लिए।

स्कोरकार्डअंकतालिका 





थप समाचार

अर्जुन ट्रफीको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा धनगढी र डडेल्धुरा भिड्ने

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरमाथि आर्मीको जित

काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मीले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सुपर फोरको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई […]

केसीए यु–१४ क्रिकेट शुक्रबारदेखि, बिजेतालाई ५० हजार

काठमाडौँ । काठमाडौँ क्रिकेट एकेडेमीको आयोजनामा हुने केसिए यु–१४ क्रिकेट प्रतियोगिता शुक्रबार ११ गतेदेखि २२ गतेसम्म हुने भएको छ। प्रतियोगितामा […]

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]