महिला प्रम कप : एकतर्फी खेलमा लुम्बिनीलाई पराजित गर्दै प्रदेश-१ फाइनलमा

दाङमा जारि प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० प्रतियोगिताको दोश्रो सेमीफाइनलमा प्रदेश-१ ले लुम्बिनी प्रदेशलाई १० विकेटले पराजित गरेको छ।

प्रतियोगिताको फाइनलमा प्रदेश-१ ले आइतबार शशस्त्र प्रहरी बल ( एपीएफ ) संग प्रतिस्पर्धा गर्नेछ। डिफेन्डिङ च्याम्पियन एपीएफले शनिवारनै सम्पन्न पहिलो सेमीफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गरेको थियो।

लमही क्रिकेट मैदानमा सम्पन्न दोश्रो सेमीफाइनलमा लुम्बिनीले दिएको ५३ रनको लक्ष्य प्रदेश-१ ले विकेट नगुमाई ८.५ ओभरमा भेटायो। स्कोरकार्ड 

प्रदेश-१ कप्तान रुबिना क्षेत्रीले ३० बलमा २ चौका र १ छक्का मद्दतले अविजित २६ तथा काजल श्रेष्ठले २३ बलमा २ चौका मद्दतले २२ रन बनाउदै टिमलाई जितसम्म पुर्याए।

यस अघि टस जितेर ब्याटिंग रोजेको लुम्बिनी प्रदेश १४.१ ओभरमा ५२ रनमै सम्पूर्ण विकेट गुमाएको थियो।

लुम्बिनीको लागि नितु भण्डारीले २१ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। उसका ५ जना ब्याट्सउमन रन आउट भए भने १ जना स्टम्प आउट भए। प्रदेश-१ को बलिंगमा निगिमा तामांग र संगीता राईले समान २ विकेट तथा रुबिना क्षेत्रीले १ विकेट लिए।

प्रतियोगिताको विजेता टिमले ५ लाख रुपैयाँ तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै सेमीफाइनलमा पराजित हुने दुई टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको उत्कृस्ट खेलाडीले २१ हजार तथा उत्कृस्ट ब्याटिंग र बलिंग गर्ने खेलाडीले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy