आठौँ राष्ट्रिय : रोमान्चक खेलमा एपीएफसंग पुलिस पराजित, सेमीफाइनल समीकरण पुरा

  • विकेटनेपाल, बैशाख-७  , शनिवार 

आठौँ राष्ट्रिय क्रिकेट अन्तर्गत पुरुष क्रिकेटको सेमीफाइनल समीकरण पुरा भएको छ। समुह ‘ए’ बाट विजेताको रुपमा शशस्त्र प्रहरी बल ( एपीएफ ) र उपविजेताको रुपमा नेपाल पुलिस क्लब सेमीफाइनलमा प्रस्थान गरेका छन् भने समूह ‘बि’ बाट विजेताको रुपमा त्रिभुवन आर्मी क्लब र उप-विजेताको रुपमा प्रदेश-१ सेमीफाइनल प्रवेश गरेका हुन्।

प्रतियोगिताको सेमीफाइनल खेलहरु कोहलपुरमा सोमबार खेलिनेछ। सोमबार बिहान ८:३० बजे पहिलो सेमीफाइनलमा शसस्त्र प्रहरी बल ( एपीएफ ) र प्रदेश १ तथा सोमबारै दिउसो २ बजे हुने दोश्रो सेमीफाइनलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन्।

रोमान्चक खेलमा एपीएफद्वारा आर्मी पराजित 

समुह ‘ए’ को विजेता तय गर्ने खेलमा शशस्त्र प्रहरी बलले ( एपीएफ ) नेपाल पुलिस क्लबलाई रोमान्चक खेलमा २ रनले पराजित गर्यो।

टस जितेर ब्याटिंग गरेको एपीएफले १९.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर ११५ रनको योगफल तयार गरेको थियो। एपीएफको लागि प्रदिप ऐरीले सर्वाधिक ४० रन बनाए। ४२ बलमा उनले ३ चौका र १ छक्का प्रहार गरे।

Pradeep Airee ( Photo – Tara Pathak )

ओपनर अनिल साह १६ र शरद भेसावकर १ रन बनाएर आउट भएपछि ब्याटिंग गर्न आएका प्रदिपले अर्को किनारमा विकेट गुमे पनि विकेट जोगाएर ब्याटिंग गरे।

प्रदिपले तेश्रो विकेटको लागि पृथु बास्कोटासंग २१ रन, चौथो विकेटको लागि सुमित महर्जनसंग १५ रन, पाँचौ विकेटको लागि सन्दिप जोरा १० रन, छैठौं विकेटको लागि अमर सिंह रौटेलासंग ३१ रनको साझेदारी गरे।

शंकरले २० रन ( २२ बलमा २ चौका ) , पृथुले ५ रन, सन्दिपले ६ रन, अमर सिंह रौटेलाले ६ रन बनाए। भुवन कार्कीले ६ रन बनाए।

पुलिसको लागि बलिंगमा दिपेन्द्र ऐरीले ४ विकेट लिए। ३.५ ओभरमा उनले १४ रन मात्र खर्चिए। यस्तै रामनरेश गिरि ( ४-०-२६-२ ) र ललित राजबंशी ( ४-०-१५-२ ) ले २/२ विकेट लिए। आरिफ शेख ( ४-०-२७-१ ) र सागर ढकाल ( ४-०-२६-१ ) ले १/१ विकेट लिए।

११६ रनको लक्ष्य पछ्याउने क्रममा पुलिसले २० ओभरमा ८ विकेट गुमाएर ११३ रन मात्रै बनाउन सक्यो।

पुलिसलाई अन्तिम ओभरमा जितको लागि ५ रन आवस्यक थियो। कमल सिंह ऐरीले अन्तिम ओभरमा मात्र २ रन दिएपछि एपीएफले रोमान्चक नतिजा निकाल्यो।

अन्तिम ओभरको पहिलो बलमै २४ रन बनाएर ब्याटिंग गरि रहेका आरिफ शेखलाई कमलले आफ्नै बलमा आफैले क्याच आउट गरे भने अन्तिम बलमा रामनरेश गिरि रन आउट भए। कमलले गरेको अन्तिम ओभरमा आरिफ शेखले २ वटा छक्का प्रहार गरेका थिए ।

Kamal Airee ( Photo – Tara Pathak )

पुलिसको लागि दिलिप नाथले १८, सुनिल धमलाले १३, कुशल भुर्तेलले १२ र बनाए।

एपीएफको रोमान्चक जितमा भुवान कार्कीले किफायती बलिंग गर्दै २ विकेट ( ४-०-१३-२ )। कमल सिंह ऐरीले २ विकेट ( ४-०-३०-२ ) लिए। बसन्त रेग्मीले ४ ओभरमा विकेट नलिएपनि १५ रन मात्र खर्चिए। शरद भेसावकरले १ विकेट ( ४-०-२५-१ ) लिए।

खेलको प्लेयर अफ द म्याच कमल सिंह ऐरी चुनिए।

बिक्रम भुसालको ५ विकेटमा प्रदेश-५ को जित 

समुह ‘ए’ अन्तर्गत आजै सम्पन्न अर्को खेलमा प्रदेश-५ ले गण्डकी प्रदेशलाई पराजित गर्यो।

टस जितेर पहिले ब्याटिंग गरेको प्रदेश-५ ले १८.३ ओभरमा १०३ रनमा सबै विकेट गुमाउन पुग्यो।
५.२ ओभरमा १८ रनको योगफलमै ५ विकेट गुमाएको प्रदेश-५ लाई त्यसपछि सातौँ नम्बरमा ब्याटिंग गरेका सुरज दराई र तेश्रो नम्बरमा ब्याटिंग गरेका निश्चल चौधरीले उकासे।

छैठौं विकेटको लागि सुरज र निश्चल बीच ६० रनको साझेदारी भयो। निश्चल र सुरज दुवैले समान ३४ रन बनाए। निश्चलले ४५ बलमा २ चौका र १ छक्का तथा सुरजले ३२ बलमा ३ चौका र १ छक्का प्रहार गरे। दुवैले विकेट गुमाए पछि प्रदेश-५ १०३ रनमा समेटिन पुग्यो।

गण्डकी प्रदेशको लागि कप्तान करन केसीले सर्वाधिक ३ विकेट ( ३.३-०-१६-३ ) लिए। यस्तै किशोर महतो ( ४-०-२१-२ ) , बिपिन खत्री ( ४-०-२३-२ ) र बिशाल पौडेल ( ४-०-२२-२ ) ले २/२ विकेट लिए। मेख बहादुर सेनले १ विकेट ( १-०-६-१ ) लिए।

१०४ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकी प्रदेशले २० ओभरमा ९ विकेट गुमाएर ८८ रन मात्रै बनाउन सक्यो।

Bikram Bhusal ( Photo – Tara Pathak )

आकास थापाले सर्वाधिक २६ रन, गोभिन्द प्रदानले १८ तथा सन्तोष न्यौपानेले १० रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

प्रदेश-५ बलर बिक्रम भुसालले ५ विकेट लिंदै जितमा प्रमुख योगदान दिए। यु-१९ राष्ट्रिय क्रिकेटर रहीसकेका भुसालले ४ ओभरमा १२ रन मात्र खर्चिए। सन्दिप सुनार ( ४-०-१७-१ ) र कृष्ण कार्की ( ४-०-२१-१ ) ले १/१ विकेट लिए।

प्रदेश-१ को सहज जित 

कोहलपुर मैदानमा सम्पन्न खेलमा प्रदेश-१ ले कर्णाली प्रदेशलाई ५० रनले पराजित गर्यो।

टस हारेर ब्याटिंग गरेको प्रदेश-१ ले २० ओभरमा ८ विकेट गुमाएर १२३ रनको योगफल तयार गरेको थियो।

मुकुन्द यादबले ३२, राजन मगरले २३, कप्तान पुष्प थापाले १७ रन योगदान दिए। कर्णाली प्रदेशका बलर युनिष बिक्रम सिंहले ३ विकेट ( ३-१-१२-३ ) लिए । दिनेश अधिकारी ( ४-०-२०-२ ) र प्रकाश जैसी ( ३-०-१०-२ ) ले २/२ विकेट लिए।

Puspa Thapa

लक्ष्य पछ्याउने क्रममा कर्णाली प्रदेशले १८.३ ओभरमा ७३ रनमै सम्पूर्ण विकेट गुमायो । कप्तान तथा ओपनर रबिन्द्र जंग शाहीले सर्वाधिक १६ , दिनेश पुनले १५ तथा प्रकाश जैसीले १० रन बनाए।

प्रदेश-१ को लागि बलिंगमा फिर्दोश अन्सारी ( ४-०-११-२ ) , दिपेश कंडेल ( ४-१-८-२ ) , पुष्प थापा ( ४-०-१२-२ ) र अभ्याश तिम्सिना ( ३-०-१७-२ ) ले २/२ विकेट लिए।

शाहब आलम एक्लैले ६ विकेट लिंदा आर्मीसंग प्रदेश-३ निरिह 

कोहलपुर मैदानमा सम्पन्न खेलमा टस हारेर ब्याटिंग गरेको प्रदेश-३ ले १५.१ ओभरमा ४० रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो।

प्रदेश-३ ओपनर इशान पाण्डे र आदील खानले समान १२ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

पहिलो विकेट २८ रनको योगफलमा गुमाएको प्रदेश-३ ले बाँकी १२ रन जोड्दा सम्पूर्ण विकेट गुमाउन पुग्यो। उसका ७ जना ब्याट्सम्यानले खाता खोल्न सकेनन्।

आर्मीको बलिंगमा देब्रे हाते स्पिनर शाहब आलम एक्लैले ६ विकेट लिए जन क्रममा ४ ओभरमा ३ मेडन ओभर गरे मात्र २ रन खर्चिए। यस्तै अर्का देब्रे हाते स्पिनर कुशल मल्लले ( २.१-०-३-३ ) ३ विकेट लिए।

Shahab Alam

आर्मीले १०.१ ओभरमा २ विकेट गुमाएर आर्मीले लक्ष्य पुरा गर्यो। हरि बहादुर चौहानले अविजित १७ र भिम शार्कीले अविजित १५ रन बनाए।

१० रनमा २ विकेट गुमाएपछि भिम र हरिले ३५ रनको साझेदारी गर्दै जितसम्म पुर्याए।





थप समाचार

पूर्व कप्तान मल्लको उपस्थितिमा द वन्डल्याण्ड दशैं फेस्टिवल भव्य रूपमा सम्पन्न

ललितपुर बुंगमतिमा स्थित ‘द वन्डरल्याण्ड’ The Wonderland मनोरञ्जन पार्कमा दुई दिने दशैं फेस्टिवल भव्य रुपमा सम्पन्न भएको छ। असोज १८ […]

NPL : शक्ति गौचन लुम्बिनी लायन्सको कन्सल्टेन्ट प्रशिक्षक

राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य शक्ति गौचनलाई नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली लुम्बिनी लायन्सले कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको […]

अस्ट्रेलिया र इंग्ल्यान्ड विजयी सुरुवात

युएईमा जारी महिला टि ट्वान्टी विश्वकपको साबिक विजेता अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । अस्ट्रेलियाले शनिवारको पहिलो खेलमा श्रीलंकालाई पराजित […]

दोश्रो अभ्यास खेलमा नेपाल विजयी

क्यानाडामा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले दोश्रो एकदिवसीय अभ्यास खेलमा क्यानडा हाई परफरमेन्स टिमलाई २० रनले पराजित गरेको छ। पहिलो […]

भारतमाथि न्युजिल्यान्डको फराकिलो जित

युएईमा जारी रहेको महिला टि२० विश्वकपमा न्युजिल्यान्डले भारतलाई फराकिलो अन्तरले पराजित गरेको छ । दुबईमा शुक्रवार भएको दिनको दोस्रो खेलमा […]

ब्याटिङ कोल्याप्स हुदा नेपाल पराजित

ब्याटिङमा फेरी चुक्दा नेपाल क्यानडामा फेरी पनि पराजित भएको छ । नेपाल क्यानडामा भएको ५० ओभरको अभ्यास खेलमा क्यानडा हाईप्रफमेन्ससँग […]