एपीएफले जित्यो स्वर्ण : फाइनलमा पुलिस पराजित , आर्मीलाई कास्य

नेपाल पुलिस क्लबलाई पराजित गर्दै शशस्त्र प्रहरी बल एपीएफले आठौँ राष्ट्रिय क्रिकेट अन्तर्गत पुरुष क्रिकेटको स्वर्ण पदक जितेको छ। पुलिसले रजत पदकमा चित्त बुझायो। महिला क्रिकेट तर्फको पनि स्वर्ण पदक एपीएफले हात पारिसकेको छ।

यस्तै पुरुष क्रिकेटतर्फको कास्य पदक भने त्रिभुवन आर्मी क्लबले हात पारेको छ। आर्मीले प्रदेश-१ लाई पराजित गर्यो।

प्रतियोगिताको उत्कृस्ट खेलाडी आर्मीका सुशन भारि घोषित भए । यस्तै उत्कृस्ट ब्याट्सम्यान प्रदेश-७ का खडक बोहरा तथा उत्कृस्ट बलर आर्मीकै शाहब आलम घोषित भए।

कोहलपुर क्रिकेट मैदानमा बुधबार सम्पन्न फाइनल खेलमा टस जितेर एपीएफले पहिले ब्याटिंग गर्यो। २० ओभरमा एपीएफले ८ विकेट गुमाएर ११० रनकको योगफल तयार गर्यो।

एपीएफको लागि ओपनर अनिल साहले सर्वाधिक ३१ रन  ( ३० बलमा ३ चौका )बनाए। शंकर रानाले २३ ( ४० बलमा ३ चौका र १ छक्का ), भुवन कार्कीले ११ तथा शरद भेसावकर र सुमित महर्जनले समान ९ रन बनाए।

पहिलो विकेटको लागि अनिल साह र शरद भेसावकरले ३० रनको साझेदारी गरे भने दोश्रो विकेटको लागि अनिलले शंकर रानासंग ३५ रनको साझेदारी गरे। ६५/२ रहेको एपीएफले त्यसपछि भने लगातार विकेट गुमाएको थियो।

पुलिसको लागि बलिंगमा ललित नारायण राजबंशीले ३ विकेट ( ४-०-३३-३ ) लिए। यस्तै सागर ढकालले २ ( ३-०-१७-२ ) तथा दिपेन्द्र ऐरी ( ४-०-२०-१ ) र मन्जित श्रेष्ठ ( ३-०-१२-१ ) ले १/१ विकेट लिए।

१११ रनको लक्ष्य पछ्याउने क्रममा पुलिसले २० ओभरमा ७८ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो।

Kamal Airee ( Photo – Tara Pathak ) File Photo

पुलिसको लागि कप्तान मन्जित श्रेष्ठले अविजित सर्वाधिक २९ रन ( ३६ बलमा २ चौका र १ छक्का ) बनाए। यस्तै सुनिल धमलाले १५ र आरिफ शेखले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहरो अंकमा रन बनाउन सकेनन्।

पुलिसलाई पराजित गर्न प्लेयर अफ द म्याच समेत चुनिएका एपीएफ बलर कमल सिंह ऐरीले सर्वाधिक ३ विकेट ( ४-२-४-३ ) लिए। यस्तै बसन्त रेग्मी ( ४-१-१६-२ ) र शरद भेसावकर ( २-०-६-२ ) ले २/२ विकेट लिए। भुवन कार्की ( ४-०-१८-१ ) र अमर सिंह रौटेलाले ( २-०-९-१ ) १/१ विकेट लिए।

आर्मीलाई कास्य पदक 

कास्य पदकको लागि भएको खेलमा त्रिभुवन आर्मी क्लबले प्रदेश-१ लाई ६९ रनले पराजित गर्यो।

पहिले ब्याटिंग गर्दै आर्मीले दिएको ११२ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश-१ ले ४२ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो।

आर्मीको लागि बलिंगमा सुशन भारिले ५ विकेट लिए जुन क्रममा ३ ओभरमा १ मेडन ओभर गर्दै ६ रन मात्र खर्चिए। यस्तै हरे कृष्ण झाले २ ( ३-०-१०-२ ) विकेट लिए भने हरि बहादुर चौहान ( २-०-८-१ ) , शाहब आलम ( १-०-२-१ ) र राजेश पुलामी ( ०.५-०-५-१ ) ले १/१ विकेट लिए।

आर्मीको ब्याटिंगतर्फ रोहित पौडेलले सर्वाधिक ३४ रन ( २० बलमा २ छक्का र २ चौका ) तथा भिम शार्कीले १९ रन बनाए।

प्रतियोगिताको सेमीफाइनलमा एपीएफले प्रदेश-१ लाई तथा पुलिसले आर्मीलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो।





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]