सुदुरपश्चिम बिरुद्ध एपीएफको संघर्षपूर्ण जित

डिफेन्डिङ च्याम्पियन शशस्त्र प्रहरी बल एपीएफले प्रधानमन्त्री कप अन्तर्गत दोश्रो जित दर्ता गरेको छ। सुदुरपश्चिमले ३ विकेटको हात बेहोरे पनि एपीएफको जित सहज भने हुन दिएन।

युवा खेलाडीहरुले भरिएको सुदुरपश्चीमले टस जितेर ब्याटिंग गर्दै मात्र १२५ रन बनाएपछि १२६ रनको सानो लक्ष्य पछ्याएको एपीएफले लक्ष्य पुरा गर्न ७ विकेट गुमाउन पुग्यो।

लक्ष्य पछ्याउने क्रममा एपीएफले पहिलो ५ विकेट ६९ रनमै गुमाउन पुगेको थियो। शरद भेसावकर २६, आरिफ शेख ३ , प्रदिप ऐरी १०, शंकर राना १ र सुमित महर्जन १५ रन बनाएर आउट हुँदा एपीएफलाई हारको खतरा रहेको थियो।

Pradeep Airee

छैठौं विकेटको लागि कप्तान पृथु बास्कोटा र सन्दिप जोराले ४० रनको साझेदारी गर्दै एपीएफको योगफल १०० पार गराएका थिए। जोरा २२ रन बनाएर आउट भए भने लगत्तै भुवन कार्की २ रन बनाएर आउट भए।

त्यसपछि पनि पृथुले एक किनार सम्हालीरहे र अविजित ३२ रन बनाउदै जितमा कप्तानी इनिंग खेले। ४७ बलमा पृथले ५ चौका प्रहार गरे। अघिल्लो खेलमा पनि पृथुले प्रदेश-३ बिरुद्ध अर्धशतक बनाएका थिए।

एपीएफको जित मुस्किल बनाउन सुदुरपश्चिमका देब्रे हाते स्पिनर बिनोद लामाले ३ विकेट ( १०-१-३५-३ ) लिए। यस्तै कप्तान शेर मल्लले २ विकेट ( ९-१-३३-२ ) लिए। विकास आग्रीले कसिलो बल्गिंग गर्दै १ विकेट लिने क्रममा ४ ओभरमा २ मेडन गर्दै मात्र ८ रन खर्चे। नरेन्द्र साउदले १ विकेट ( ६-१-१८-१ ) लिए।

सुदुरपश्चिममले कमजोर फिल्डिंग गर्दा एपीएफ ब्याट्सम्यानहरुलाई खेल जित्न सहज बनाएको थियो।

Binod Lama
बिनोद लामाले ३ विकेट हात पारे ( फाइल फोटो )

खेलको दौरान कमेन्ट्रि गरेका सुदुरपश्चिम प्रदेशका पुर्व कप्तान सुरेन्द्र चन्दले कप्तान शेर मल्लले ब्याटिंग लाइन अप र बलिंग परिवर्तन राम्रो नगर्नुलाई हारको कारण बताए।

टियु मैदानमा यस अघि टस जितेर ब्याटिंग गर्ने क्रममा सुदुरपचिमले ३७.१ ओभरमा १२५ रनमा सबै विकेट गुमाएको थियो।

पहिलो विकेट ३१ रनमा गुमाएपनि त्यसपछि लगातार विकेट गुम्न पुगेको थियो। ५ जना ब्याट्सम्यानहरु रन आउट हुनु टिमको लागि दुर्भाग्य सावित हुन पुग्यो।

लोकेस बमले सर्वाधिक ३०, बिपिन रावलले २१, खडक बोहराले १९, रोशन अधिकारीले १६ तथा कप्तान शेर मल्लले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

एपीएफको लागि बलिंगमा अविनाश बोहराले २ विकेट ( ९-१-२९-२ ) तथा पृथु बास्कोटा ( ६.१-०-२०-१ ) , शरद भेसावकर ( ८-१-३३-१ ) र भुवन कार्की ( ७-०-१९-१ ) ले १/१ विकेट लिए।

एपीएफले यस अघि पहिलो खेलमा पारस खड्काले कप्तानी गरेको प्रदेश-३ लाई ४१ रनले पारित गरेको थियो। दोश्रो जित पछि एपीएफको सेमीफाइनल पुग्ने सम्भावना बलियो भएको छ। अंकतालिका 

प्रधानमन्त्री कप अन्तर्गत आजै सम्पन्न दोश्रो खेलमा प्रदेश-३ ले प्रदेश-५ लाई ६ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गर्यो ।





थप समाचार

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]

केसीएलाई मनकामना बेभरेजको प्रायोजन

पाकिस्तान-नेपाल फ्रेन्डशिप टि-२० क्रिकेट प्रतियोगितामा सहभागी हुने काठमाडौँ क्रिकेट एकेडेमी ( केसीए) लाई मनकामना बेभरेजले मुख्य प्रायोजन गरेको छ। काठमाडौं […]

अत्तरियाले जित्यो अर्जुन ट्रफीको उपाधि

काठमाडौं। फ्रेन्ड्स युथ क्लब डडेलधुरालाई पराजित गर्दै सिवाइसी अत्तरियाले अर्जुन ट्रफीको उपाधि जितेकाे छ। सोमबार सम्पन्न फाइनलमा अत्तरियाले ३४ रनको […]

झलारीका ललीत ऐरले जिते नगद एक लाख

काठमाडाैँ । क्रिकेटको शहर धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कञ्चनपुरको झलारीका ललीत ऐरले नगद एक लाख पुरस्कार जितेका […]

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]