एपीएफद्वारा लुम्बिनीलाई १२३ रनको लक्ष्य

२०७७ पुष १३, सोमबार १४:५२

दाङको लमहीमा जारि प्रधानमन्त्री महिला राष्ट्रिय टि-२० प्रतियोगिता अन्तर्गत तेश्रो दिनको दोश्रो खेलमा शशस्त्र प्रहरी बल ( एपीएफ ) र लुम्बिनी प्रदेश प्रतिस्पर्धा गरिरहेका छन्। समुह ‘ए’ अन्तर्गत दुवै टिम सेमीफाइनल प्रवेश गरेता पनि आजको जित हात पार्ने टिम विजेता र पराजित हुने टिम उपविजेताको रुपमा सेमीफाइनल प्रवेश गर्नेछ।

लमही क्रिकेट मैदानमा टस जितेर ब्याटिंग रोजेको एपीएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १२२ रन बनाउदै लुम्बिनीलाई १२३ रनको लक्ष्य प्रस्तुत गरेको छ। स्कोरकार्ड 

एपीएफको लागि ओपनर ज्योति पाण्डेले सर्वाधिक ४९ रन प्रहार गरिन् जसले ५४ बलमा १ चौका हिर्काइन्। यस्तै इन्दु बर्माले ३० बलमा ४ चौका मद्दतले २८ रन, राजमती ऐरीले ११ रन तथा सरिता मगरले अविजित १० रन बनाइन्।

ज्योति पाण्डे

पहिलो विकेटको लागि ज्योतिले राजमती ऐरीसंग ४४ रनको साझेदारी गरेकी थिईन्। नवौं ओभरमा राजमतीलाई नेरी थापाले बोल्ड गरेपछि ज्योतिले इन्दुसंग दोश्रो विकेटको लागि ६० रन जोडिन्। १८ औं ओभरमा इन्दुलाई कृतिका मरासिनीले बोल्ड गरिन्। लगत्तै ओभरमा ज्योतिलाई नेरीले बोल्ड गरिन्।

लुम्बिनी प्रदेशको बलिंगमा कप्तान नेरी थापाले सर्वाधिक २ विकेट ( ४-०-२६-२ ) हात पारिन्। सरस्वति पुन ( ४-०-२२-१ ) र कृतिका मरासिनी ( ४-०-२३-१ ) ले समान १ विकेट हात पारिन्।

प्रतियोगिता अन्तर्गत समुह ‘ए’ को आज सम्पन्न पहिलो खेलमा प्रदेश-२ ले कर्णाली प्रदेशलाई १४३ रनले पराजित गर्यो।  

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy