केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको फाइनलमा पुगेको छ। आजै सम्पन्न पहिलो सेमीफाइनलमा अर्को विभागीय टोलि त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गर्यो। उपाधिको लागि भोलि आर्मी र मधेश बीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो १२ बजे सुरु हुने बताईएको छ।

मधेशसंग एपीएफ स्तब्ध 

विभागीय टोलि एपीएफलाई ११ रनले पराजित गर्ने क्रममा पहिलो ब्याटिंग गर्दै १९८ रनको लक्ष्य प्रस्तुत गरेको मधेश प्रदेशले एपीएफलाई १८६ रनमा समेट्न सक्यो। स्कोरकार्ड 

पुरै २० ओभर ब्याटिंग गरेता पनि एपीएफले ९ विकेट गुमाएर १८६ रन बनायो।

आसिफ शेख ४ तथा सुमित महर्जन १३ रनमा आउट भएपछि २२/२ को अवस्थामा पुगेको एपीएफलाई ओपनर प्रदिप ऐरी र चौंथो नम्बरमा आएका सन्दिप जोराले शतकीय साझेदारी गर्दै उकासे। १०६ रनको साझेदारी गरेपछि चौधौं ओभरमा जोरालाई प्रदिप पास्वानले क्याच आउट पारे। जोराले ३१ बलमा ३ चौका र ५ छक्का मद्दतले ५४ रन बनाए।

त्यसपछि एपीएफले लगातार विकेट गुमायो। मध्यक्रमका अरुण ऐरी रन आउट हुँदा पुरन बिकले ४ रन मात्र बनाउन सके। पन्ध्रौँ ओभरमा प्रदिप ऐरीलाई हरिशंकर शाहले बोल्ड गरे। ऐरीले ४२ बलमा ३ चौका र ४ छक्का मद्दतले ५५ रन बनाए।

सातौँ नम्बरमा ब्याटिंग गरेका लोकेश बमले आक्रामक ब्याटिंग गर्दै टिमलाई जित दिलाउने प्रयास गरे। ७ बल बाँकी रहंदा एपीएफलाई जित्न १६ रन आवस्यक थियो। उन्नाईसौं ओभरको अन्तिम बलमा बमलाई बिशाल पटेलले क्याच आउट पारे। बमले १५ बलमा ३ चौका र २ छक्का मद्दतले ३२ रन बनाए। अन्तिम ओभरमा हरिशंकर शाहले मात्र ४ रन खर्चिंदै मधेशको जित सुनिस्चित पारे। भुवन कार्कीले १२ बलमा २ चौका मद्दतले अविजित १४ रन बनाएता पनि जित दिलाउन सकेनन्।

मधेशको बलिंगमा बिशाल पटेलले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ३५ रन खर्चिए। हरिशंकर शाह र प्रदिप पासवानले २/२ विकेट लिए।

Player of the match Anil Sah of Madhesh Province

यस अघि टस जितेर ब्याटिंग गरको मधेशले २० ओभरमा ६ विकेट गुमाएर १९७ रन बनायो। उसको लागि ओपनर अनिल शाह र तेश्रो नम्बरका इमरान शेखले अर्धशतकीय योगदान दिए। शाहले ३६ बलमा २ चौका र ६ छक्का मद्दतले ५७ तथा शेखले ३२ बलमा ३ चौका र ४ छक्का मद्दतले ५० रन बनाए। दोश्रो विकेटको लागि अनिल शाह र इमरान शेख बीच ९२ रनको साझेदारी भएको थियो।

यस्तै पवन सर्राफले १९ बलमा ४ चौका र २ छक्का मद्दतले ३३ तथा रुपेश सिंहले ८ बलमा ३ चौका र १ छक्का मद्दतले २१ रन बनाए। हिमांशु दत्ताले ७ बलमा २ चौका र १ छक्का मद्दतले १५ रन बनाए।

एपीएफको बलिंगमा श्याम ढकालले सर्वाधिक ३ विकेट लिंदा  ४ ओभरमा ४७ रन खर्चिए। अमर सिंह रौटेलाले २ तथा पुरन बिकले १ विकेट लिए।

आर्मीद्वारा बागमती पराजित 

आजै सम्पन्न अर्को सेमिफाइनलमा बागमती प्रदेशलाई ४ विकेटले पराजित गर्दै उपाधि आर्मी उपाधि नजिक पुगेको हो। स्कोरकार्ड 

बागमतीले दिएको १२८ रनको लक्ष्य आर्मीले ६ विकेटको क्षतिमा १५ ओभरमै पूरा गर्‍यो।

आर्मीको जितमा भीम सार्कीले ३९ रन र सोमपाल कामीले नटआउट १४ रन जोडे। भीमले ३५ बलमा ५ चौका तथा सोमपालले १२ बलमा १ छक्का प्रहार गरे।

कुशल मल्लले ८ बलमा ४ छक्का प्रहार गर्दै २७ रन बनाए। कप्तान विनोद भण्डारीले १२ बलमा ३ चौका र २ छक्काको मद्दतमा २५ रन जोड्दा अरू ब्याटर दोहोरो अङ्कमा रन नजोड्दै आउट भए।

बलिङमा बागमतीमा कप्तान सन्दीप लामिछानेले २ विकेट हात पारे।

Shahab Alam

त्यसअघि पोखरा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले ७ विकेटको क्षतिमा १२७ रन मात्र जोड्न सक्यो।

खराब ब्याटिङ गरेको बागमतीका लागि प्रतीक श्रेष्ठको नटआउट ५० रन महत्त्वपूर्ण साबित भयो। उनले ३५ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका थिए।

त्यसअघि ओपनर शुभ कंसाकार ३ रन, रित गौतम १४, इशान पाण्डे १२ रन, रोशन विक १ र गौरव खड्का ८ रनमा आउट हुँदा बागमतीले १०.१ ओभरमा ४४ रन जोड्दा महत्त्वपूर्ण ५ विकेट गुमाएको थियो।

प्रतिश जिसी पनि शून्यमा आउट हुँदा कप्तान सन्दीप लामिछानेले २२ बलमा १९ रनको योगदान गरेका थिए।

बलिङमा आर्मीका साहब आलमले ४ विकेट लिए। सोमपाल कामी २ विकेट लिए भने विवेक यादवले १ विकेट हात पारे।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]