PM CUP : सनसनीपूर्ण खेलमा एपीएफद्वारा गण्डकी २ रनले पराजित

सनसनीपूर्ण खेलमा गण्डकी प्रदेशलाई २ रनले पराजित गर्दै नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप टि-ट्वान्टी राष्ट्रिय प्रतियोगितामा लगातार तेश्रो जित दर्ता गरेको छ। एपीएफले यस अघि प्रदेश-२ र बागमती प्रदेशलाई पराजित गरेको थियो। स्कोरकार्ड 

मुलपानी मैदानमा सम्पन्न खेलमा एपीएफले दिएको ९३ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकी प्रदेशले २० ओभर ब्याटिंग गर्दै ७ विकेट क्षेतीमा ९० रन बनायो।

जितको लागि गण्डकीलाई अन्तिम ४ ओभरमा २१ रन आवस्यक थियो र साथमा ७ विकेट सुरक्षित। सत्रौं ओभरमा अविनाश बोहराले ५ रन खर्चेर ३६ रन बनाएका बिपिन खत्रीलाई क्याच आउट पारे। त्यसपछि अठारौं ओभरमा किशोर महतोले मात्र ३ रन खर्चेर एक विकेट लिए। अन्तिम दुई ओभरमा १३ रन आवस्यक हुँदा अविनाश बोहराले उन्नाईसौं ओभरमा ७ रन खर्चिए।

अन्तिम ओभरमा जित्न ६ रन आवस्यक हुँदा किशोर महतोले ओभरको पहिलो बल डट गरे भने दोश्रो बलमा २९ रन बनाएका बिधान श्रेष्ठलाई क्याच आउट पारे। त्यसपछि तेश्रो बलमा पनि उनले रन दिएनन्। चौंथो बलमा कृष्ण पौडेलले १ रन लिए। २ बलमा जित्न ५ रन आवस्यक हुँदा बिशाल पौडेल रन आउट हुन पुगे। त्यसपछि अन्तिम बलमा कृष्ण पौडेलले १ रन मात्र बनाउन सके। अन्तिम ओभरमा किशोरले मात्र ३ रन खर्चिए।

१९ रनमा २ विकेट गुमेपछि बिधान श्रेष्ठ र बिपीन खत्रीले तेश्रो विकेटको लागि ५८ रनको साझेदारी गरेता पनि जित्न पर्याप्त रहेन।

एपीएफको बलिंगमा कमल सिंह ऐरीले ३ ( ४-०-१०-३ ) , किशोर महतोले २ ( ४-०-१७-२ ) तथा अविनाश बोहराले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको एपीएफले १८.४ ओभरमा सबै विकेट गुमाएर ९२ रन बनाएको थियो। एपीएफको लागि प्रदिप ऐरीले सर्वाधिक १७, दिपक बोहराले १५, आसिफ शेखले १६, सुमित महर्जनले १२ तथा सन्दिप जोराले १० रन बनाए।

गण्डकीका बलर कमल परियारले ३, बिशाल पौडेलले २ तथा चन्द्र पौडेल, कृष्ण पौडेल र सुबाश भण्डारीले समान १ विकेट लिए।





थप समाचार

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]