इनरुवा टि-२० : इनरुवालाई पराजित गर्दै एपीएफ फाइनलमा

इनरुवामा जारी रात्रीकालिन टि-२० क्रिकेट प्रतियोगितामा आयोजक इनरुवालाई ४१ रनले पराजित गर्दै शशस्त्र प्रहरी बल – एपीएफ फाइनल प्रवेश गरेको छ।

सेमीफाइनल पुगेको अर्को टिम जनकपुरले प्रतियोगिता छाडेपछि एपीएफ सोझै फाइनल प्रवेश गरेको हो।

खेलमा पहिले ब्याटिंग गर्दै एपीएफले दिएको १७४ रनको लक्ष्य पछ्याउने क्रममा इनरुवाले १९ ओभरमा सबै विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो।

एपीएफको बलिंगमा इरसाद एहमदले सर्वाधिक ३ तथा अमर सिंह रौटेलेले २ तथा शरद भेसावकर, विकास आग्री र कृष्ण कार्कीले समान १/१ विकेट लिए। इनरुवाका २ जना ब्याट्सम्यान रन आउट भए। इनरुवाको लागि पुष्प थापाले सर्वाधिक २५ , राकेस सोनीले २१, दिपेश कंडेलले १६ तथा सोनु मण्डलले १४ रन बनाए।

जारि प्रतियोगिताको एक दृश्य

यस अघि टस जितेर ब्याटिंग गरेको एपीएफले २० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनाएको थियो।

एपीएफ ओपनर आसिफ शेखले सर्वाधिक ४४ रन बनाए जुन क्रममा ३२ बलमा ४ चौका र २ छक्का प्रहार गरे। पृथु बास्कोटाले १९ बलमा ४ चौका र ३ छक्का मदतले ३७ रन बनाए। यस्तै प्रदिप ऐरीले २५, कृष्ण कार्कीले २४ रन बनाए। कार्कीले अन्तिममा विस्फोटक ब्यतींग गर्दै ११ बलमा १ चौका र ३ छक्का प्रहार गरे। शरद भेसावकरले ९ रन मात्र बनाउन सके।

इनरुवाको बलिंगमा सरोज बस्नेतले ३ , दिपेश कंडेलले २ तथा फिर्दोश अन्सारी र सोनु मण्डलले १/१ विकेट लिए।

कृष्ण कार्की खेलको प्लेयर अफ द म्याच चुनिए।





थप समाचार

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]

सायम प्रिमियर लिगमा ४ टिम

काठमाडौं । सायम कलेजको आयोजनामा हुने सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करणमा ४ टिमको सहभागिता रहने भएको छ । लिग […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : एपिएफकाे लगातार दोस्रो जित

काठमाडौँ । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित […]