काठमाडौं । विभागीय टोली एपीएफले काठमाडौं मेयर्स कप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । टियु क्रिकेट मैदानमा भएको खेलमा एपीएफले पुलिसलाई १ विकेटले पराजित गरेको हो ।
एपीएफको जितका लागि सुवास खकुरेल र सन्दीप जोराले अर्धशतकीय पारी खेले । पुलिसले दिएको २५९ रनको लक्ष्य पछ्याएको एपीएफले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो ।
सन्दी जोराले ६१ रनको अर्धशतकीय पारी खेले । उनले ६५ बलमा २ चौका र ३ छक्काको मद्दतमा ६१ रन जोडे ।
त्यस्तै खकुरेलले ७९ बलमा ६ चौका सहित ५० रनको अर्धशतकीय पारी खेले ।उनले आसिफ सेखसँग ६७ रनको साझेदारी गरेका थिए । आसिफले ४२ रन जोडे । उनले ४८ बलमा ५ चौका र १ छक्का सहित ४२ रन जोडे ।
सुमित महर्जन ३३ र कप्तान शरद भेषवाकर २० रनमा अविजित रहे । सुमितले ३२ बलमा ३ चौका र १ छक्का प्रहार गरे । शरदले २६ बलमा एक छक्का सहित २० रन जोडे । कमल सिहं ऐरीले १४ र अभिनास बोहराले १२ रन जोडे ।
बलिङतर्फ पवन सराफले सर्वाधिक पाँच विकेट लिएपनी टोलीको जितका लागि प्रयाप्त हुन सकेन् । उनले ९ ओभरमा ४५ रन खर्चँदै ५ विकेट लिएका थिए । योगेन्द्र सिंह कार्कीले दुई तथा दिपेन्द्र सिंह ऐरी र ललित राजवंशीले एक–एक विकेट लिए ।
यसअघि दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट शतकीय पारीमा विभागीय टिम नेपाल पुलिस क्लबले २ सय ५८ रन जोडेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५८ रन बनायो ।
पुलिसको उच्च योगफलमा दिपेन्द्र सिंह ऐरीले १ सय ४० रनको शतकीय इनिङ्स खेले । दिपेन्द्रले १ सय ३१ बलमा ११ चौका र ६ छक्का प्रहार गरे । यो दिपेन्द्रको करियरकै पहिलो शतक हो ।
यस्तै पवन सर्राफले ३५ रन जोडे । उनेल ३० बलमा ४ छक्का सहित ३५ रन जोडेका हुन् । सुनिल धमलाले ३३ रनको योगदान दिए । उनले ७२ बलमा दुई चौका सहित ३३ रन बनाए ।
अनिल साहले २२ बल खेल्दा १८ रन जोड्दा कुशल भुर्तेलले २४ बलमा १० रन जोडे । पुलिसका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन छुन सकेनन् ।
बलिङतर्फ एपीएफक शरद भेषवाकरले ३ विकेट लिए । उनले १० ओभरमा ४२ रन खर्चँदै ३ विकेट लिएका हुँन् । त्यस्तै अविनास बोहराले २ र अमर रौटेलाले १ विकेट लिए ।
https://wicketnepal.com/%e0%a4%b8%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%aa%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%b2%e0%a4%b0%e0%a4%be%e0%a4%89%e0%a4%a3%e0%a5%8d%e0%a4%a1-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a4%b0%e0%a5%8d/