नवौं राष्ट्रिय महिला क्रिकेट : एपीएफ र मधेश प्रदेश विजयी

नवौँ राष्ट्रिय खेलकुदको महिला क्रिकेट अन्तर्गत बिहीबार एपीएफ क्लबले गण्डकी प्रदेशलाई ९ विकेटले तथा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १५ रनले हराएको छ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा एपीएफले २७ रनको सामान्य लक्ष्य १४ बलमै पूरा गरेको हो । एपीएफको तर्फबाट सीताराना मगरले ५ बलमा २ चौका प्रहारसहित १२ रन र इन्दु बर्माले ३ बलमा २ चौकासहित ९ रन जोडेका थिए ।

गण्डकीका सृष्टि जैसीले ओपनर ज्योति पाण्डेको विकेट लिएकी थिइन् । ज्योतिले ६ बलमा २ रन बनाइन् । खराब लयबाट गुज्रिइरहेको गण्डकीले पहिलो व्याटिङ गर्दै १८.२ ओभरमा सबै विकेट गुमाएर २६ रन बनाएको थियो । गण्डकीका कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । सृष्टि जैसीको ५ रन गण्डकीको ठूलो स्कोर थियो ।

एपीएफकी प्लेयर अफ द म्याच इन्दु बर्माले ३ ओभरमा ४ रन खर्चिएर २ विकेट लिएकी थिइन् । सुमन विष्ट, नेरि थापा, निशा भट्ट र सीता रानामगरले समान एक विकेट लिए । चार खेलाडी रन आउट भएका थिए ।

दोश्रो जितपछि समुह ‘ए’ को शिर्ष थानमा रहेको एपीएफले सेमीफाइनल सम्भावना बलियो बनाएको छ। लगातार तेश्रो हार पछि गण्डकीको भने अघिल्लो चरण पुग्ने सम्भावना समाप्त भएको छ।

दिनको दोश्रो खेलमा मधेश प्रदेश ले सुदुरपश्चिम प्रदेश लाई १५ रनले पराजित गर्यो। मधेश प्रदेशले दिएको ९२ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले २० ओभरमा ८ विकेट गुमाएर ७६ रन मात्र बनाउन सक्यो।

मधेश प्रदेशको जितमा प्लेयर अफ द म्याच साना प्रभिनले सर्वाधिक ३५ रन योगदान दिईन् भने बलिंगतर्फ सन्तोषी चौधरी, शान्ति चौधरी र अनुराधा चौधरीले २/२ विकेट हात पारिन्। सुदूरपश्चिममकको लागि ऋतु कनौजियाले २७ रन तथा सावित्री धामीले ४ विकेट लिएता पनि जित्न पर्याप्त भएन।

जित पछि मदेश परदेश २ खेलमा ४ अंक सहित समुह ‘ए’ को दशर स्थानमा छ भने सुदूरपश्चिम ३ खेलमा १ जित र २ हार पछि २ अंक सहित तेश्रो स्थानमा छ। बागमती प्रदेश २ खेलमा २ अंक सहित चौंथो तथा तथा गण्डकी प्रदेश तिन वटै खेलमा हार पछि पाँचौ स्थानमा छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy