एपिएफ ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं, फागनु १५ (विकेटनेपाल)–

सुदूरपश्चिम प्रदेशको चुनौती सहजै पन्छाउँदै विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब सोमबार ललितपुर मेयर कप महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको च्याम्पियन भएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदानमा १ सय १४ रनको लक्ष्य पछ्याएको एपिएफ दुई विकेटको क्षतिमा २५ बलअगावै जित निकालेर लगातार दोस्रो वर्ष फाइनलमा सुदूरपश्चिमलाई स्तब्ध बनाउँदै च्याम्पियन बन्यो । च्याम्पियन एपिएफले दुई लाख पाउँदा सुदूरपश्चिमले एक लाख रुपैयाँमा चित्त बुझायो । गत वर्ष पनि सुदूरलाई हराउँदै च्याम्पियन बनेको एपिएफले लगातार तेस्रो प्रतियोगिताको फाइनलमा सुदूरपश्चिमलाई पराजित गर्यो । प्रधानमन्त्री कपको फाइनलमा पनि सुदूरपश्चिम राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको एपिएफसँग पराजित भएको थियो ।

लगातार तेस्रो उपाधि जितेको एपिएफका लागि ओपनर ज्योति पाण्डेले सर्वाधिक ४३ रनको योगदान गरिन् । अर्की ओपनर तथा कप्तान सीता रानामगर १९ रनमा पवेलियन फर्किंदा बिन्दु बर्माले २९ रनको अविजित इनिङ खेलिन् । ज्योतिले सीतासँग ५८ रनको साझेदारी गरिन् । सम्झना खड्काले सीतालाई ७.५ ओभरमा ईश्वरी विष्टबाट क्याच गराउँदै सुदूरलाई ब्रेक थ्रु दिलाइन् । २२ बल खेलेकी सीताको इनिङमा तीन चौका रह्यो । त्यसपछि ज्योतिले इन्दुसँग दोस्रो विकेटका लागि ३९ रनको साझेदारी गर्दै एपिएफलाई जितनजिक पुर्याईन् । लक्ष्मी साउदले १३.५ ओभरमा ज्योतिलाई पवेलियन बाटो देखाए पनि सुदूरको जित टाढिसकेको थियो । ४४ बलको सामना गरेकी ज्योतिले पाँच चौका हिर्काइन् । रोमा थापा ५ रनमा अविजित रहँदै इन्दुलाई साथ दिइन् । २४ बल सामना गरेकी इन्दुको इनिङमा दुई चौका र एक छक्का रह्यो । ब्याटिङतर्पm आशालाग्दो प्रदर्शन गरेको सुदूरले बलिङमा भने खासै राम्रो गर्न सकेन । सम्झना र लक्ष्मीले विकेट लिँदा अन्य बलर भने विकेटविहीन रहे ।

एक ओभर बलिङ गरेकी डली भट्ट १९ रन खर्चंदै सबैभन्दा महँगी साबित भइन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको सुदूरपश्चिमले सुस्त गतिमा रन बटुले पनि मध्यम योगफल तयार पा¥यो । निर्धारित ओभर खेल्दै सुदूरले चार विकेटको क्षतिमा १ सय १३ रन बटुल्यो । ओपनरद्वय विन्दु रावल र रेवती धामीले सुस्त गतिमा रन बटुले पनि पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरे ।

रेवती १० रनमा करुणा भण्डारीद्वारा रनआउटको सिकार हुँदा एपिएफले पहिलो सफलता पायो । खातामा थप चार जोडेपछि बिन्दु पनि आउट भइन् । एपिएफकी सुष्मा श्रेष्ठले विन्दुलाई ३७ रनमा पवेलियनको बाटो देखाइन् । ३६ बलमा विन्दुले पाँच चौका प्रहार गरिन् । त्यसपछि कविता कँुवर र डोलीले तेस्रो विकेटका लागि ५६ रनको साझेदारी गर्दै सुदूरको इनिङ उकासे । तर, डली ३६ रनमा रनआउट हुन पुगिन् । आक्रामक ब्याटिङ गरेकी डलीले चार चौका र एक छक्का हिर्काइन् ।

त्यसपछि कविता जोशी खाता नखोल्दै पवेलियन फर्किंदा कविता कँुवर २४ रनमा नटआउट रहिन् । तर, बलिङतर्पm यादगार प्रदर्शन गर्न नसक्दा सुदूरले त्यो लक्ष्य जोगाउन सकेन । सुष्मा श्रेष्ठले दुई विकेट लिँदा अन्य बलर भने विकेटविहीन रहे । प्रतियोगितामा विधागतअन्तर्गत ब्याटरमा एपिएफकी ज्योति पाण्डे र बलरमा सुदूरकी ईश्वरी विष्ट उत्कृष्ट भए । दूवैले १५ हजार रुपैयाँ पाए । प्लेयर अफ दी म्याच घोषित ज्योति प्लेयर अफ दी सिरिज पनि भइन् । उत्कृष्ट खेलाडीबापत ज्योतिले २५ हजार नगद पुरस्कार पाइन् ।

गत वर्ष पनि सुदूरलाई हराउँदै च्याम्पियन बनेको एपिएफले लगातार तेस्रो प्रतियोगिताको फाइनलमा सुदूरपश्चिमलाई पराजित ग¥यो । प्रधानमन्त्री कपको फाइनलमा पनि सुदूरपश्चिम राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको एपिएफसँग पराजित भएको थियो ।





थप समाचार

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]

लखनऊमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौँ । आशुतोष शर्माको अर्धशतकको मद्दतमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्समाथि रोमाञ्चक जित हासिल गरेको छ। विशाखापट्टनममा सम्पन्न खेलमा २१० […]

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]