प्रधानमन्त्री कप : आसिफको शतक, एपीएफ सेमीफाइनलमा

Aasif Sheikh Century

विभागीय टोली एपीएफ क्लब पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

टियु क्रिकेट मैदानमा शनिबार कर्णाली प्रदेशलाई ४४ रनले हराउँदै एपीएफले अन्तिम चारको यात्रा तय गरेको हो ।

एपीएफले दिएको २ सय ३५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णालीले ४८ ओभर १ बलमा अलआउट हुँदै १९० रन मात्र बनाउन सक्यो । कर्णालीका लागि रविन्द्र शाहीले ८० रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

यस्तै विपिन शाहीले ३४ रन जोड्दा अर्जुन घर्तिले २४ तथा दिनेश अधिकारीले २० रन बनाए । एपीएफका मौसम ढकालले ४ विकेट लिए । कमल ऐरी र भुवन कार्कीले २र२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ४७ ओभर २ बलमा अलआउट हुँदै २ सय ३४ रन बनाएको थियो।

एपीएफका लागि आसिफ शेखले १ सय ३० रनको शतकीय इनिङ खेले । उनले १३६ बलमा १५ चौका र १ छक्का प्रहार गरे। १४० रनमा ७ विकेट गुमाएको अवस्थामा आसिफले भुवन कार्कीसंग ६३ रनको साझेदारी गरे। भुवनले २३ रन जोड्दा प्रदिप ऐरीले २० रन बनाए । लोकेश बम र दीपक बोहराले १०/१० रन बनाए । कर्णालीका दीपेन्द्र रावत र प्रकाश जैसीले ३/३ विकेट लिए । दिवन पुनले २ विकेट लिए ।

यस जितसँगै एपीएफले समूह ‘ए’बाट सेमिफाइनलमा स्थान पक्का गरेको हो । एपीएफले ४ खेलमा ७ अंक जोडेको छ । एपीएफ शीर्ष स्थानमा रहेको छ । कर्णालीको यो लगातार दोस्रो हार हो ।

प्रतियोगिता अन्तर्गत शनिबार मुलपानी मैदानमा सम्पन्न खेलमा मधेस प्रदेशले लुम्बिनी प्रदेशलाई ९२ रनले पराजित गरेको छ । मधेसले दिएको २ सय ६० रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित ५० ओभर सकिन एक ओभर बाँकी रहँदा सबै विकेट गुमाएर मात्र १ सय ६७ रन बनाउन सक्यो ।

जवाफी ब्याटिङ गरेको लुम्बिनीका लागि विशाल विक्रम केसीले सर्वाधिक ३४ रनको पारी खेल्दा कृष्ण कार्कीले ३१, सन्दीप रिजालले २३ र बसिर अहम्मद तथा मोहम्मद हुसेनले समान १५ रनको पारी खेले ।

लुम्बिनीको इनिङलाई सस्तैमा रोक्ने क्रममा मधेसका राजेश यादव र प्रदीप पासवानले समान ३/३ विकेट लिए । यस्तै हरिशंकर साहले दुई विकेट निकाल्दा रुपेश सिंहको नाममा एक विकेट रह्यो।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मधेसले ४८ ओभर ४ बलमा सबै विकेट गुमाएर २ सय ५९ रन बनाएको थियो । ओपनर सन्तोष कार्की र हरिशंकर शाहले अर्धशतकीय पारी खेले । सन्तोषले ५० रन बनाउँदा हरिशंकर शाहले ७६ रनको व्यक्तिगत स्कोर बनाए ।

यस्तै अनिल साहले पनि अर्धशतकीय पारी खेल्दा विवेक यादवले २१, मोहम्मद आदिल अलामले १२ रन जोड्नुबाहेक अन्यले राम्रो स्कोर बटुल्न सकेन । मधेसको सबै विकेट निकाल्ने क्रममा कृष्ण कार्कीले सर्वाधिक तीन, अनिल खरेलले २ विकेट निकाल्दा बसिर अहम्मद, देव खनाल, मोहम्मद हुसेनको नाममा एक/एक विकेट रह्यो ।

प्रतियोगितामा आइतबार दुई खेल हुनेछन् । मुलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लब तथा कीर्तिपुर मैदानमा प्रदेश १ र लुम्बिनी प्रदेशबीच खेल हुनेछ।





थप समाचार

नेपाल ए र आयरल्यान्ड वल्भ्सबीचको पहिलो खेल आज

काठमाडौं । नेपाल ए र आयरल्यान्ड वल्भ्सबीचको टी-ट्वान्टी सिरिजको पहिलो खेल आज (शुक्रबार) हुदैछ। यसअघि विहिबार हुने तालिका भएपनि बर्षाका […]

दिल्लीलाई हराउँदै राजस्थानको लगातार दोस्रो जित

काठमाडौं । १७ औं संस्करणको ईन्डियन प्रिमियर लिग(आइपीएल) को नवौं खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापियल्सलाई पराजित गरेको छ । घरेलु […]

परागको अर्धशतकमा दिल्लीले पायो १८६ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको ईन्डियन प्रिमियर लिग(आइपीएल) को नवौं खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापियल्सलाई १ सय ८६ रनको लक्ष्य […]

आयरल्यान्ड ‘ए’ र नेपाल ‘ए’ बीचको टी-ट्वान्टी सिरिजको खेलतालिका परिवर्तन

काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ए को नेपाल ‘ए’ सँगको टी-ट्वान्टी सिरिजको खेलतालिका परिवर्तन भएको छ। नेपाल क्रिकेट संघ […]

आइपीएल : राजस्थान र दिल्ली भिड्दै

काठमाडौं । १७ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत नवौं खेलमा आज (बिहिबार) राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच भिडन्त […]

नेपाल ए र आयरल्यान्ड ए भिड्दै

काठमाडौं । नेपाल ए क्रिकेट टिमले आज आयरल्याण्ड ए विरुद्ध तीन खेलको टी-ट्वान्टी सिरिजको पहिलो खेल आज (बिहिबार) खेल्दैछ । […]