सुमित महर्जनको उत्कृस्ट इनिंग, एपीएफद्वारा पारस कप्तानीको प्रदेश-३ लाई २८९ रनको लक्ष्य

काठमाडौँमा जारि प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिनको  समुह ‘बि’ अन्तर्गतको एकमात्र खेलमा शशस्त्र प्रहरी बल एपीएफ र प्रदेश-३ ले प्रतिस्पर्धा गरिरहेका छन्।

पुर्व एपीएफ कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल दुवै एपीएफ छोडेर प्रदेश-३ को लागि खेलीरहेका छन्।

खेलमा टस जितेर ब्याटिंग गरेको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८८ रनको योगफल तयार गर्दै प्रदेश-३ लाई २८९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर ब्याटिंग गरेको एपीएफको सुरुवात राम्रो हुन सकेको थिएन। ओपनर शरद भेसावकर १२, आसिफ शेख ७ रन तथा शंकर राना १ रन बनाएर आउट भए। शरदलाई पारस खड्काले आसिफलाई नन्दन यादबले आउट गरे।

Paras Khadka bowling

तेश्रो विकेटको लागि प्रदिप ऐरी र सुमित महर्जनले ७५ रनको साझेदारी गर्दै एपीएफको योगफल १०० पार गराए। ऐरी ४० र ( ६३ बलमा ४ चौका र १ छक्का ) बनाएर आउट भए। त्यसपछि पनि सुमितले एक किनार सम्हालीरहे र पाँचौ विकेटकको लागि कप्तान पृथु बास्कोटासंग ९८ रनको साझेदारी गरे।

प्रतियोगिताको र घरेलु क्रिकेटमा आफ्नो पहिलो शतक नजिक पुगेका सुमित २ रन लिने चक्करमा पृथु बास्कोटासंग असमझदारी हुँदै रन आउट हुन पुगे। महर्जनले ९४ रन बनाए जुन क्रममा १०३ बलमा ५ चौका र ६ छक्का प्रहार गरे। महर्जन यु-१९ राष्ट्रिय क्रिकेटर तथा यु-१६ राष्ट्रिय टिमको कप्तान रहीसकेका छन्।

Sumit Maharjan

सुमितको विकेटपछि सन्दिप जोरा ६ रन बनाएर लगत्तै आउट भए।  अर्धशतक पुरा गरेका कप्तान पृथु ५९ रन बनाएर आउट भए जसले ५८ बलमा ३ चौका र १ छक्का प्रहार गरे। दुवैलाई अफ स्पिनर जितेन्द्र ठकुरीले आउट गरे।

त्यसपछि तल्लो क्रममा अमर सिंह रौटेलाले आक्रामक इनिंग खेल्दै एपीएफलाई ठुलो योगफलतर्फ डोर्याए । त्यस क्रममा उनले ४९ औं ओभरमा जितेन्द्र सिंह ठकुरीलाई लगातार २ छक्का प्रहार गरे।

रौटेला २७ रनमा अविजित रहे जुन क्रममा १८ बलमा २ चौका र २ छक्का हिर्काए।

Amar Singh Rautela

प्रदेश-३ को बलिंगमा जितेन्द्र सिंह ठकुरी ( ५-०-३८-३ ) र नन्दन यादबले (  ) ३/३ विकेट लिए। यस्तै पारस खड्का ( १०-०-५०-० ) , सुर्य तामांग ( १०-२-५१-१ ) ले १/१ विकेट लिए । स्कोरकार्ड 

प्रधानमन्त्री कपमा ७ प्रदेश र ३ विभागीय टिमहरु १० टिम सहभागी छन्। १० टिमलाई २ समुहमा बिभाजन गरिएको छ। समुह चरणमा दुवै समुहमा रहेका टिमहरुले एक-अर्कासंग १-१ खेल खेलेपछि दुवै समुहबाट उत्कृस्ट हुने २ टिम सेमीफाइनल प्रवेश गर्नेछन्।

समुह ‘ए’ अन्तर्गत रहेको छ जुन समुहमा प्रदेश-३, प्रदेश-५ , सुदुरपश्चिम प्रदेश, गण्डकी प्रदेश र शशस्त्र प्रहरी बल रहेका छन्। समुह ‘बि’ मा प्रदेश-१ , प्रदेश-२ , कर्णाली प्रदेश, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन्।

प्रतियोगिताको विजेताले नगद २० लाख, उपविजेताले १० लाख हात पार्नेछन् भने सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही नगद ५० हजार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा खेल हेर्न पुग्ने दर्शकले छक्का हानेको बल १ हातले समाते ५० हजार रुपैयाँ पुरस्कार दिने समेत आयोजकले घोषणा गरिसकेको छ।

 

 





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट :हिमालय र बिएमसीए विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा हिमालय स्पोर्ट्स म्यानेजमेन्ट र बिएमसीए विजयी भएका छन्। मुलपानी मैदानमा जारि […]

एनकासा इन्टर फर्म क्रिकेट : सुब्र , केबिएसआर, अनिश र एपीए विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न चारवटा खेलहरु सम्पन्न भएका छन्। ललितपुर स्थित पुल्चोक […]

डीएभीलाई अन्तर-स्कुल टि-२० क्रिकेटको उपाधि

काठमाडौँ, डिएभि सुशील केडिया विश्व भारतीय स्कुलले १६ औं सीओएएस अन्तर-स्कुल रनिंग टि-२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ। […]

इन्टर-फर्म क्रिकेट : एसएचए र केएएसए युपीबि युथ्स विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म टी २० क्रिकेट प्रतियोगिता आइतबार सुरु भएको छ। ललितपुर स्थित पुल्चोक इन्जिनियरिङ मैदानमा आइतबार […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : जनप्रेमी र हिमालयन विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा जनप्रेमी स्पोर्टस् क्लब र हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट विजयी भएका छन्। मुलपानी […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]