ललितपुर मेयर महिला टि-२० : एपीएफको लगातार जित

पहिलो संस्करणको ललितपुर मेयर महिला च्याम्पियनसिप टि-२० अन्तर्गत दोश्रो दिन सम्पन्न पहिलो खेलमा विभागीय टोलि एपीएफले सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै दोश्रो जित दर्ता गरेको छ।

आफ्नो पहिलो खेलमा एपीएफले प्रदेश नम्बर-१ लाई ८ विकेटले परजित गरेको थियो।

टियु मैदान कीर्तिपुरमा सम्पन्न खेलमा एपीएफले दिएको १२८ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले १९ ओभरमा सम्पूर्ण विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो। स्कोरकार्ड, अंकतालिका 

सुदूरपश्चिमकको लागि सुनिता लोहारले सर्वाधिक २३ रन, डली भट्टले १६ रन तथा रेवती धामीले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सउमनले दोहोरो अंकमा रन बनाउन सकेनन्।

एपीएफको बलिंगमा बिनु बुढा मगरले सर्वाधिक ३ विकेट तथा सुमन बिस्ट र सिता राना मगरले समान २ विकेट हात पारिन्। रेखा रावलको नाममा १ विकेट रह्यो।

Jyoti Pandey

यस अघि टस जितेर ब्याटिंग रोजेको एपीएफले २० ओभरमा २ विकेट क्षेतीमा १२७ रन बनाएको थियो।

एपीएफको लागि ओपनर ज्योति पाण्डेले सर्वाधिक ५९ रन योगदान दिईन् जुन क्रममा ५० बलमा ७ चौका प्रहार गरिन्। सरिता मगरले अविजित ३५ रन, सिता राना मगरले १६ रन तथा इन्दु बर्माले अविजित ४ रन बनाईन्।

ज्योतिले कप्तान सितासंग ५६ रनको ओपनिंग साझेदारी तथा दोश्रो विकेटको लागि सरिता मगरसंग ५२ रनको साझेदारी गरेकी थिईन्।

प्रतियोगिता अन्तर्गत आज दोश्रो खेलमा लुम्बिनी प्रदेश र ललितपुर मेयर्स-११ टिमले प्रतिस्पर्धा गर्नेछन्।

धेरैले पढेको 

IPL : बैंगलोर ओपनर पडीक्कललाई कोरोना, सुरुवाती खेल गुमाउन सक्ने

ललितपुर मेयर महिला टि-२० : एपीएफको जितमा सिताको अर्धशतक

बाबर प्रेरित पाकिस्तानको रोमान्चक जित





थप समाचार

रोहितआबद्ध नेसनल्सको दोस्रो खेल आईतबार

काठमाडौं । क्यानडामा जारी ग्लोबल टी-२० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलआबद्ध टोरोन्टो नेसनल्सको दोस्रो खेल आईतबार रहेको […]

सन्दीप र दीपेन्द्रआबद्ध टोलीको दोस्रो खेल आज

काठमाडौं । क्यानडामा ग्लोबल टी-२० लिगमा नेपाली खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीआबद्ध भेनकुवर नाईट्सको दोस्रो खेल आज (शनिबार) हुदैछ […]

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]