ललितपुर मेयर महिला टि-२० : एपीएफको लगातार जित

२०७७ चैत्र २२, आईतवार १२:४९

पहिलो संस्करणको ललितपुर मेयर महिला च्याम्पियनसिप टि-२० अन्तर्गत दोश्रो दिन सम्पन्न पहिलो खेलमा विभागीय टोलि एपीएफले सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै दोश्रो जित दर्ता गरेको छ।

आफ्नो पहिलो खेलमा एपीएफले प्रदेश नम्बर-१ लाई ८ विकेटले परजित गरेको थियो।

टियु मैदान कीर्तिपुरमा सम्पन्न खेलमा एपीएफले दिएको १२८ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले १९ ओभरमा सम्पूर्ण विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो। स्कोरकार्ड, अंकतालिका 

सुदूरपश्चिमकको लागि सुनिता लोहारले सर्वाधिक २३ रन, डली भट्टले १६ रन तथा रेवती धामीले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सउमनले दोहोरो अंकमा रन बनाउन सकेनन्।

एपीएफको बलिंगमा बिनु बुढा मगरले सर्वाधिक ३ विकेट तथा सुमन बिस्ट र सिता राना मगरले समान २ विकेट हात पारिन्। रेखा रावलको नाममा १ विकेट रह्यो।

Jyoti Pandey

यस अघि टस जितेर ब्याटिंग रोजेको एपीएफले २० ओभरमा २ विकेट क्षेतीमा १२७ रन बनाएको थियो।

एपीएफको लागि ओपनर ज्योति पाण्डेले सर्वाधिक ५९ रन योगदान दिईन् जुन क्रममा ५० बलमा ७ चौका प्रहार गरिन्। सरिता मगरले अविजित ३५ रन, सिता राना मगरले १६ रन तथा इन्दु बर्माले अविजित ४ रन बनाईन्।

ज्योतिले कप्तान सितासंग ५६ रनको ओपनिंग साझेदारी तथा दोश्रो विकेटको लागि सरिता मगरसंग ५२ रनको साझेदारी गरेकी थिईन्।

प्रतियोगिता अन्तर्गत आज दोश्रो खेलमा लुम्बिनी प्रदेश र ललितपुर मेयर्स-११ टिमले प्रतिस्पर्धा गर्नेछन्।

धेरैले पढेको 

https://wicketnepal.com/ipl-dev-padikkal-covid-wn21/

https://wicketnepal.com/lmc-day-1-m1-apf-win/

https://wicketnepal.com/pak-vs-sa-1st-odi-wn21-babar/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy