एपीएफलाई प्रधानमन्त्री कपको उपाधि, रुबिना उत्कृस्ट

APF Womens Cricket Team
  • विकेटनेपाल – धनगढी, फागुन १३

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफले जितेको छ। आज धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको फाईनल खेलमा पुर्वाञ्चलमाथि ७ विकेटको जित निकाल्दै एपिएफ राष्ट्रिय महिला क्रिकेट प्रतियोगीताको च्याम्पीयन भएको हो।

चिर प्रतिद्धन्दी विभागीय टोली एपीएफ र पुर्वाञ्चल विच भएको फाईनलमा जित दर्ता गर्दै एपीएफले ५ लाख नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो। उप-विजेता बनेको पुर्वाञ्चलले भने २ लाख नगद सहित ट्रफी र मेडरमा चित्त बुझाएको छ।

APF Womens Cricket Team

टस हारेर व्याटिङको निम्तो पाएको पुर्वाञ्चलले २० ओभरमा ५ विकेट गुमाउदै ६० रन मात्रै बनाउन सक्यो। पुर्वाञ्चलका लागी काजोल श्रेष्ठले १८ र रोमा थापाले १२ रन बनाउन बाहेक अन्यले दोहोरो अंक पनि छुन सकेनन्। एपीएफका लागी रेखा रावल, करुणा भण्डारी, रितु कनौजीया, अञ्जली चन्द र सिता रानामगरले समान १/१ विकेट लिईन्।

६१ रनको झिनो लक्ष्यका साथ मैदान उत्रिएको एपीएफले १६ दशमलव ३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य भेटाएको हो। एपीएफका लागी ज्योती पाण्डेयले २२ र सरिता मगरले अविजीत रहदै १५ रन बनाईन्। पुर्वाञ्चलकी शान्ती चौधरी र संगिता राईले समान १÷१ विकेट लिए। प्लेयर अफ द फाईनल एपीएफकी ज्योती पाण्डे भईन्।

रुबिना क्षेत्री उत्कृस्ट खेलाडी

यस्तै प्रतियोगीताको वुमन अफ द सिरिज हुदै पुर्वाञ्चलकी कप्तान रुवीना क्षेत्रीले १० हजार नगद सहित ट्रफी प्राप्त गरेकी छिन्। उत्कृष्ट बलर पनि क्षेत्री नै भएकी छिन् भने उत्कृष्ट व्याट्सम्यान पनि प्रतियोगीता भरी १ सय ६ रन बनाउदै पुर्वाञ्चलकै काजोल श्रेष्ठ भईन्। उदयमान खेलाडी सुदुरपश्चिमकी लक्ष्मी साउद भईन् भने फेयर प्लेटको पुरुष्कार पनि सुदुरपश्चिमको टिमले जितेको छ। उनीहरु सवैलाई नगद ५ हजार दिईएको छ।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई प्रदेश नम्वर ७ का सामाजीक विकास मन्त्री दिर्घ सोडारी कैलाली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष दिपक सिंहले सिल्ड तथा प्रमाण पत्र वितरण गरे।

 

उपबिजेता पुर्वान्चल
उत्कृस्ट ब्याट्सउमन काजल श्रेष्ठ




थप समाचार

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]