अपीको दोहोरो जित

अपीले क्यानभास इन्डोर अन्तरविद्यालय क्रिकेट प्रतियोगितामा आइतबार दोहोरो जित हात पारेको छ । अपीले आयोजक क्यानभासलाई ६ विकेट तथा नाइटिङगेललाई सुपर ओभरमा पराजित गर्यो।

नेपाल क्रिकेट स्कुल (एनसीएस) द्वारा आयोजित प्रतियोगितामा विराटले पनि दोहोरो जित निकाल्यो । विराटले पुष्प सदनलाई २७ रन तथा ओम नेसनललाई ११ रनले हरायो । मिश्रित नतिजा निकाल्ने क्रममा ओमले पुष्पसदनलाई ६ विकेट तथा नाइटिङगेलले क्यानभासलाई १ सय २ रनले पन्छाए ।

प्रतियोगिताको क्यानभासका प्रिन्सिपल रमेशकुमार लिङदेनले एक कार्यक्रमबीच उद्घाटन गरे । दस ओभरको प्रतियोगितामा १६ छात्र टिम सहभागी छन् । फाइनलमा साउन १६ गते हुनेछ।

 





थप समाचार

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]

सायम प्रिमियर लिगमा ४ टिम

काठमाडौं । सायम कलेजको आयोजनामा हुने सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करणमा ४ टिमको सहभागिता रहने भएको छ । लिग […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : एपिएफकाे लगातार दोस्रो जित

काठमाडौँ । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित […]