एकेडेमी क्रिकेट लिग सुरु : आयोजक नेक्सस र ग्रेट हिमालय बिजयी

संबिधान दिबसको अबसरमा नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा सनिबारबाट देशभरका निजी क्षेत्रबाट संचालित १६ एकेडेमीहरुको सहभागितामा अन्डर नाईन्टिन टि-२० एकेडेमी क्रिकेट लिग शुरु भएको छ ।

प्रतियोगिताको पहिलो दिन आयोजक नेक्ससले हिमालय क्रिकेट एकेडेमी लाई १० रनले र ग्रेट हिमालयन क्रिकेट एकेडेमीले काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर लाई ५ रनले हराउदै विजयी सुरुवात गरेका छन्।

आयोजक नेक्सस क्रिकेट एकेडेमी र हिमालयन क्रिकेट एकेडेमी बीच भएको खेलमा हिमालयले टस जितेर फिल्डिङ रोज्दै नेकससलाई ब्याटिङ निम्तो दिएको थियो । निर्धारित १५ ओभरमा नेक्ससले ५ विकेट गुमाउदै १४५ रन बनाएको थियो। नेक्ससका लोकेश बलमे ३६ बल खेल्दै ४ छक्का र ६ चौका को मद्दतले ६७ रन, कप्तान हिमान्शु शाहीले २० बलमा ३ छक्का र ४ चौका प्रहार गर्दै ४६ रन बनाए।

बलिङतर्फ हिमालयनका सन्दिप खड्काले ३ ओभरमा १५ रन खर्चिदै ३ विकेट, खडक बोहोराले २ र गजेन्द्र बोहोराले १ विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रेको हिमालयनले ६ विकेट गुमाउदै १३५ रन बनाउदा १० रनले खेल गुमाएको थियो । हिमालयका ब्याट्सम्यान दिपक बोहोराले २२ बलमा ७ छक्का प्रहार गर्दै ५४ रनको विस्फोटक पारी खोल्दा अर्का ब्याट्सम्यान दिपेन्द्र बोहोराले ४० बलमा ४ छक्का २ चौका प्रहार गर्दै ५२ बनाए पनि अन्य ब्याट्सम्यानहरुले दोहोरो अंक बनाउन सकेनन्।

बलिङतर्फ नेक्ससका आकास चन्दले ३ ओभरमा २२ रन दिदै २ विकेट लिएका थिए भने क्रिस कार्की र सुबास बिकले समान १/१ विकेट लिएका थिए । खेलमा म्यान अफ दि म्याच नेक्ससका आकास चन्द भएका थिए। उनलाई ओसिस क्रिकेट एकेडेमीका डाईरेक्टर बालकृष्ण शर्माले नगद रु १ हजार तथा ट्रफी प्रदान गर्नु भएको थियो ।

दोस्रो खेल : ग्रेट हिमालय बिजयी

शनिबारै सम्पन्न काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर र ग्रटर हिमालयन क्रिकेट एकेडेमी बीचको दोस्रो खेलमा टस जितेर ब्याटिङमा उत्रेको ग्रेट हिमालयनले १९.५ ओभर खेल्दै सम्पुर्ण विकेट गुमाएर १०५ रन बनाएको थियो। ग्रेटर हिमालयनका ब्याट्सम्यान प्रबेश खड्काले ३२रन, बिबेक यादबले २५ रन र बिशाल खत्रीले १७ रन बनाएका थिए ।

बलिङतर्फ काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टरका हेमन्त धामी, सुर्या तामाङ र तिलक भण्डारीले समान २/२ विकेट लिए।

१०६ रनको बिजयी लक्ष्यका साथ ब्याटिङमा उत्रेको काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टरका अर्जुन गिरीले २९ रन, र बिपीन आचार्यले १९ रन बनाएका थिए ।
म्यान अफ दि म्याच घोषित ग्रेट हिमालयनका बिबेक यादवले ४ ओभरमा २२ रन खर्चिदै ३ बिकेट लिएका थिए । बिज्ञान राज गौतमले ३, सोनु देबकोटा २, र अभिषेक बस्नेतले १ बिकेट लिएका थिए ।

म्यान अफ द म्याच लाई काठमाण्डौ किङस ११-का म्यानेजर बिजय धितालले नगद रु १ हजार तथा ट्रफी प्रदान गर्नु भएको थियो ।

Nishan Kharel

A proud dreamer "Future belongs to those who believe in the beauty of their dreams" MA Eco and CA Final student.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy