अफगानिस्तान प्रिमियर लिग ड्राफ्टमा ३ नेपाली खेलाडी

Paras Khadka
  • विकेटनेपाल, २४ भदौ 

अफगानिस्तान क्रिकेट बोर्ड ( एसीबि ) ले पहिलो पटक आयोजना गर्न लागेको अफगानिस्तान प्रिमियर लिगको ( एपीएल ) ड्राफ्टमा ३ जना नेपाली खेलाडीहरु पनि समाबेस गरिएका छन्।

पहिलो संस्करणको एपीएल युनाइटेड अरब इमिरेट्सकको शारजाहं क्रिकेट मैदानमा ५ देखि २३ अक्टोबर ( असोज १९ – कार्तिक ६ ) सम्म आयोजना हुनेछ। एपीएलको ड्राफ्ट कार्यक्रम सोमबार युएईमा हुँदैछ जसमा ३५० भन्दा बढी खेलाडीहरु सहभागी हुनेछन्।

नेपालबाट सन्दिप लामिछाने सहित, पारस खड्का र सोमपाल कामि ड्राफ्टमा रहेका छन्। सन्दिपले आईपीएल, क्यानडा ग्लोबल टि-२० र सीपीएल खेलीसके पनि पारस खड्का र सोमपाल कामि लगायत अन्य कुनै नेपाली खेलाडीहरु हालसम्म बिश्वस्तरीय लिगमा खेलेका छैनन्। सन्दिप पछि ठुलो बिदेशी लिगमा अन्य खेलाडीहरु परेको यो पहिलो पटक हो।

पारस खड्का लगातार कप्तान र खेलाडीको रुपमा निरन्तर एसोसीएट क्रिकेटमा उत्कृस्ट खेलाडीको रुपमा आफुलाई प्रमाणित गरिरहेका छन् भने सोमपाल कामिले पनि आफुलाई बारम्बार एसोसिएट क्रिकेटको उत्कृस्ट अल-राउण्डरको रुपमा प्रमाणित गरेका छन्। सन्दिप पछि ठुलो स्तरमा पारस र सोमपालले मौका पाउनेछन् या पाउने छैनन् सोमबार हुने ड्राफ्टले निर्धारण गर्नेछ।

Paras Khadka & Sompal Kami
Paras Khadka & Sompal Kami

एपीएल ड्राफ्टमा अफगानिस्तान सहित, पाकिस्तान,  बंगलादेश, श्रीलंका,वेस्ट  इन्डिज, साउथ  अफ्रीका, अस्ट्रेलिया,इंग्ल्याण्ड, आयर ल्याण्ड, जिम्बाबे, युएई, स्कटल्याण्ड,  हंगकंग, ओमान,नेपाल र क्यानडाका खेलाडीहरुले नाम दर्ता गराएका छन्।

ड्राफ्टमा रहेका खेलाडीहरुलाई आइकन, डायमण्ड, गोल्ड, सिल्भर, आईसीसी एसोसीएट र इमर्जिङ्ग गरि बिभिन्न ६ श्रेणीमा बिभाजन गरिएको छ। खेलाडीहरुको श्रेणी , नामहरु र मूल्य लगायत जानकारी अफगानिस्तान प्रिमियर लिगले खुलाएको छैन।

एपीएलमा कुल ५ वटा टिम सहभागी हुने छन् जसको घोषणा यसैसाता अफगानिस्तान क्रिकेट बोर्डले गरेको हो। काबुल, बल्ख, कन्दहर, नगरहर र पक्तिया गरि ५ वटा अफगानिस्तानको सहरको नाममा टिमको नाम राखिएको छ। अंतर्रास्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले गत महिनानै अफगानिस्तान प्रिमियर लिगलाई अनुमति दिईसकेको छ।

 





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]