एसियन प्रिमियर लिग टि-२० नेपालमा ( भिडियो सहित )

  • विकेटनेपाल- २९ जेठ

युएईको अल्टिमेट स्पोर्ट्स म्यानेजमेन्टले यही जुन १९ देखि जुलाई ४ सम्म नेपालमा एसियन प्रिमियर लिग टि-२० प्रतियोगिता आयोजना गर्ने भएको छ l

प्रतियोगितामा इन्डीयन स्टार्स, श्रीलंकन लायन्स, बंगलादेश टाइगर्स, दुबई वारियर्स, नेपाल स्टर्म, अफगानिस्तान बुल्स गरी ६ टोलि सहभागी हुनेछन् l इन्डियन स्टार्स टिमको कप्तानी श्रीलंकन खेलाडी तिलकरत्ने दिलशानले , श्रीलंकन लायन्सको कप्तानी अर्का श्रीलंकन खेलाडी फर्भेज महरुफले,  बंगलादेश टाइगर टिमको कप्तानी बंगलादेशी खेलाडी अल अमिन हुसेनले , दुबई वारियार्सको कप्तानी अब्दुल शाकुरले , नेपाल स्टर्मको कप्तानी स्वप्निल पाटिलले तथा अफगानिस्तान बुल्सको कप्तानी पाकिस्तानी खेलाडी राना नाभेद उल हसनले गर्ने बताईएको छ l

रास्ट्रिय खेलकुद परिषदले अनुमति दिएको र सहकार्य समेत गर्ने प्रतियोगिताको सम्पूर्ण खेलहरु त्रिभुवन

asian premier league t20
Asian Premier League T20 , Winner Trophy

विश्व बिद्यालय किर्तिपुर मैदानमा संचालन हुनेछ l

प्रतियोगिताको लागि खेल्ने खेलाडीहरु छनौट गर्न सोमबार अक्सन गरिनेछ l अक्सन मार्फत १५० जना दर्ता भएका खेलाडीबाट १०८ जना खेलाडी छनौट हुने आयोजकले बताएका छन् l खेलाडीहरुलाई ए , बि, सी गरि तिन श्रेणीमा बर्गिकरण गरिनेछ l

पहिले दुबईमा हुने भनिएको प्रतियोगिता बिबिध समस्याहरुको कारण नेपालमा गर्ने निर्णय गरिएको आयोजक अल्टिमेट स्पोर्ट्स म्यानेजमेन्टका प्रमुख आरएस डांडीवालले बताएका छन् l

प्रतियोगिताको बिजेताले ४० लाख रुपैयाँ तथा उपविजेताले १६ लाख रुपैया प्राप्त गर्नेछन् l प्रतियोगिताको उत्कृस्ट खेलाडीले कार तथा म्यान अफ द म्याचले २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् l

 

https://www.youtube.com/watch?v=BxDdzB2y1HI

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy