पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं संस्करणको प्रतियोगितामा रोयल सन्धिखर्कलाई ५९ रनले पराजित गर्दै किमडाँडाले उपाधी जित्न सफल भएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको किमडाँडाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२६ रन बनाएको थियो । किमडाँडाका लागी निखिल केसीले सर्वाधिक २९ रन बनाए । सरोज खत्री र विशाल बिकले समान १९ रन जोडेका थिए । बलिङमा सन्धिखर्कका नवजिवन केसी, नविन भण्डारी र रञ्जित भुसालले समान २–२ विकेट तथा सुदिप बस्नेतले १ विकेट लिए ।

१२७ रनको लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको रोयल सन्धिखर्कले १६.१ ओभरमा सबै विकेट गुमाउँदै ६७ रन मात्र बनाउन सक्यो । नविन भण्डारीले १५ तथा सुदिप बस्नेतले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा किमडाँडाका कप्तान बाबुराम थापाले ४, शुभम खनाल तथा महिन्द्र शाहीले समान २–२ र सरोज खत्रीले १ विकेट लिए । कप्तान बाबुराम प्लेयर अफ द म्याच समेत बने ।

उपाधी उचालेसंगै सौजन्य समाज किमडाँडाले नगद १ लाख रुपैंयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उपविजेता टिम रोयल सन्धिखर्कले नगद ५० हजार रुपैंयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै ईमर्जिङ प्लेयर अफ द टुर्नामेन्टको अवार्ड किमडाँडाका शुभम खनालले पाएका छन् । उनले बलिङ तर्फ १२ विकेट लिएका थिए भने ब्याटबाट ४७ रन जोडेका थिए । उनले नगद ५ हजार रुपैंया सहित अवार्ड पाएका थिए ।

बेस्ट अलराउन्डर अफ द टुर्नामेन्टको अवार्ड नविन भण्डारीले पाएका छन् । रोयल सन्धिखर्कका खेलाडी नविनले प्रतियोगिता अवधिभर बलिङतर्फ १० विकेट लिनुका साथै ब्याटिङ गर्दै ९४ रन बनाएका थिए । उनले नगद ५ हजार रुपैंया सहित अवार्ड पाएका थिए ।

बेस्ट बलर अफ द टुर्नामेन्टको अवार्ड किमडाँडाका बाबुराम थापाले पाए । कुल ९ खेल खेल्दै उनले १४ विकेट लिन सफल भएका थिए । उनले नगद ५ हजार रुपैंया सहित अवार्ड पाएका थिए ।

यस्तै बेस्ट ब्याट्सम्यान अफ द टुर्नामेन्टको अवार्ड सुपर सुपा ईलाभेनका सागर चौहानले पाए । उनले प्रतियोगितामा १३४ रन बनाएका थिए । सागरले नगद ५ हजार रुपैंया सहित अवार्ड पाए ।

यस्तै प्लेयर अफ द टुर्नामेन्ट रोयल सन्धिखर्कका नविन भण्डारी रहन सफल भए । बलिङ तर्फ १० विकेट लिएका नविनले ब्याटिङमा समेत ९४ रन बनाएका थिए ।

प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको अर्घाखाँची क्रिकेट संघका अध्यक्ष ऋषिकेश भट्टराईले बताए ।





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट :हिमालय र बिएमसीए विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा हिमालय स्पोर्ट्स म्यानेजमेन्ट र बिएमसीए विजयी भएका छन्। मुलपानी मैदानमा जारि […]

एनकासा इन्टर फर्म क्रिकेट : सुब्र , केबिएसआर, अनिश र एपीए विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न चारवटा खेलहरु सम्पन्न भएका छन्। ललितपुर स्थित पुल्चोक […]

डीएभीलाई अन्तर-स्कुल टि-२० क्रिकेटको उपाधि

काठमाडौँ, डिएभि सुशील केडिया विश्व भारतीय स्कुलले १६ औं सीओएएस अन्तर-स्कुल रनिंग टि-२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ। […]

इन्टर-फर्म क्रिकेट : एसएचए र केएएसए युपीबि युथ्स विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म टी २० क्रिकेट प्रतियोगिता आइतबार सुरु भएको छ। ललितपुर स्थित पुल्चोक इन्जिनियरिङ मैदानमा आइतबार […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : जनप्रेमी र हिमालयन विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा जनप्रेमी स्पोर्टस् क्लब र हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट विजयी भएका छन्। मुलपानी […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]