नेपाल, मलेसिया र नेदरल्याण्ड बीच त्रिकोणात्मक सिरीज अप्रिल १७ देखि

कोरोना महामारी पछि पहिलो पटक नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट फर्कने निश्चित भएको छ। नेपाल क्रिकेट संघको आयोजनामा आगामी महिना अप्रिल १७ देखि २४ तारिखसम्म त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल सहित नेदरल्याण्ड र मलेसिया बीच त्रिकोणात्मक सिरिजको आयोजना हुने भएको छ। सिरिजको सम्पूर्ण खेलहरु टियु अन्तर्राष्ट्रिय मैदान किर्तिपुरमा खेलिनेछ।

नेपाल क्रिकेट संघले शुक्रबार बिज्ञप्ति जारि गर्दै प्रतियोगिता बारे अधिकारिक जानकारी गराएको छ।

त्रिकोणात्मक सिरिजलाई बजाज पल्सरले मुख्य प्रायोजना गर्ने पनि क्यानले बताएको छ।

सिरिज टि-२० फर्म्याटमा खेलिनेछ भने डबल राउण्ड रोबिनको आधारमा सहभागी तिनवटा टोलिले एकअर्का बिरुद्ध २-२ खेल खेलीसकेपछि अंकतालिकामा उत्कृस्ट हुने दुईवटा टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।

क्यानले बिज्ञप्तिमा कोरोना महामारी पछि नेपालमा क्रिकेट खेल्नको लागि समेत मौसम उपयोगी रहेको र सिरिजको दौरान कोरोनालाई मध्यनजरमा राखेर विशेष सुरक्षा घेराको पालना गर्ने समेत बताएको छ। यस्तै प्रतियोगिता अघि सम्पूर्ण खेलाडी र अफिसियलहरुको कोरोना पीसीआर परिक्षण समेत गरिनेछ।

नेपालमा अन्तिम पटक अन्तर्राष्ट्रिय क्रिकेट गत वर्ष फेब्रुअरीमा आईसीसी विश्वकप लिग-२ अन्तर्गत ओमान, अमेरिका र नेपाल सम्मिलित त्रिकोणात्मक सिरिज खेलिएको थियो। नेपाली राष्ट्रिय क्रिकेट टिमले पछिल्लो पटक थाइल्याण्डमा गत वर्ष मार्चमा एसीसी इस्टर्न रिजन टि-२० प्रतियोगिता खेलेको थियो। त्यसपछि क्यानले प्रधानमन्त्री कप र काठमाडौँ मेयर्स कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको आयोजना गरेको थियो।

नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्दले त्रिकोणात्मक सिरिज आयोजना हुन लागेकोमा उत्साह व्यक्त गरेका छन्-

“म नेदरल्याण्ड क्रिकेट र मलेसिया क्रिकेटलाई छोटो अवधिमा नजिक रहेर साथ दिएकोमा धन्यवाद दिन चाहन्छु। हामि नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट फर्किएको हेर्न उत्साहित छौँ।”

यस्तै नेदरल्याण्ड क्रिकेट टिमका मुख्य प्रशिक्षक रायन क्यापवेल लामो समयपछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कन पाउदा खुसि व्यक्त गरेका छन् –

“नोभेम्बर २०१९ पछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कन पाउदा र नेपालमा त्रिकोणात्मक सिरिज खेल्न पाउदा अत्यन्त हर्षित छौँ। हाम्रो केटाहरुले अनिश्चितताको वर्षको वावजुद कठिन मेहनत गरेका छन्। नेपाल र मलेसियासंग खेलेर हाम्रो विश्व क्रिकेटमा पुनरागमन हुनेछ जसको लागि हामि उत्साहित छौँ”

यस्तै मलेसिया क्रिकेट एसोसिएसनका अध्यक्ष महिन्दा भल्लीपुरमले पनि नेपालमा त्रिकोणात्मक सिरिज खेल्न उत्साह व्यक्त गरेका छ-

“अन्तिम पटक हामीले अन्तर्राष्ट्रिय खेल मार्च २०२० मा खेलेका थियौं। यो सिरिजले हाम्रो टिमको मनोबल उच्च बनाउनेछ। नेपाल र मलेसिया सधै मित्र रहेको छ। नेपाल एउटा महान देश हो र मलेसिया आफ्नो अन्तर्राष्ट्रिय क्रिकेटको पुनरागमन यहाँ गर्न पाउदा खुसि छौँ र क्यानलाई धन्यवाद व्यक्त गर्न चाहन्छु।”

नेदरल्याण्डको कुनै पनि राष्ट्रिय क्रिकेट टिमले नेपाल भ्रमण गर्न लागेको यो नै पहिलो अवसर हो। मलेसिया राष्ट्रिय क्रिकेट टिम भने बिभिन्न प्रतियोगिता खेल्न नेपाल आईसकेको छ। पछिल्लो वर्ष मलेसियाले नेपालसंग पोखरामा टि-२० सिरिज खेलेको थियो भने नेपालकै अर्को घरेलु एकदिवसीय प्रतियोगिता एमएम कपमा समेत सहभागिता जनाएको थियो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषदको टि-२० वरियता अनुसार नेपाल १५ औं स्थानमा रहेको छ भने नेदरल्याण्ड १७ औं र मलेसिया ३२ औं स्थानमा रहेको छ।

प्रतियोगिताको लागि नेपाल क्रिकेट संघले हालसम्म टिमको घोषणा गरेको छैन भने कहिले देखि तयारी सुरु गर्ने पनि बताएको छैन। पछिल्लो पटक नेपालले विश्वकप लिग-२ र कतारमा खेल्ने भनिएको टि-२० सिरिज स्थगित भएपछि नेपाली क्रिकेट टिम अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कने अब भने तय भएको छ।

धेरैले पढेको 

https://wicketnepal.com/sandeep-to-play-england-vitality-blast-wn21/

https://wicketnepal.com/bajaj-rupani-final-wn21/





थप समाचार

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]

अध्यक्ष गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित

काठमाडौं । लुम्बिनी क्रिकेट प्रदेश संघका अध्यक्ष सञ्जय गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। कपिलबस्तुकाे ताैलिहवामा शनिबार सम्पन्न प्रदेश […]