नेपाली यु-१९ टिमका ब्याटिंग कन्सल्टेन्ट देसाईलाई पितृ शोक

Apurva Desai

अन्डर-१९ एसिया कप प्रतियोगिताको लागि नेपाली अन्डर-१९ राष्ट्रिय क्रिकेट टिमको ब्याटिंग कन्सल्टेन्ट नियुक्त भएका भारतीय प्रशिक्षक अपुर्भ देसाईलाई पितृ शोक परेको छ।

नेपाली अन्डर-१९ टिमलाई एसिया कप अघि सघाउन देसाई श्रीलंका जाने कार्यक्रम थियो। पिताको निधन पछि देसाईले श्रीलंका जान पाएनन्।

यस अघि नेपाली रास्ट्रिय टिम र नेपाली यु-१९ टिमको ब्याटिंग कन्सल्टेन्टको भूमिका निभाईसकेका देसाईलाई सोहि अनुभवको कारण यु-१९ एसिया कपमा नेपाली टिमले बोलाएको थियो।

देसाई श्रीलंका नपुग्दा नेपालले ब्याटिंग कन्सल्टेन्ट बिना अभ्यास गर्नुपर्नेछ। नेपाली टिमको प्रशिक्षण बिनोद दासले गरिरहेका छन्। टिम व्यवस्थापकको रुपमा राष्ट्रिय टिमका पुर्व कप्तान राजु खड्का पनि टिमसंग छन्। अन्तिम समयमा देसाई नजाने भएको हुँदा नेपाली टिमले अर्को ब्याटिंग कन्सल्टेन्ट पनि पाउनेछैन।

अपुर्भ देसाई ( फाइल फोटो )

नेपाली यु-१९ टिम यु-१९ एसिया कप सुरु हुनु १० दिन अघि श्रीलंकामा रहेको छ जुन क्रममा देसाईले दिने प्रशिक्षण नेपालको लागि महत्वपूर्ण मानिएको थियो।

सेप्टेम्बर ५ मा सुरु हुने प्रतियोगिता अघि नेपालले ३ वटा अभ्यास खेल खेल्दैछ। मंगलबार सिन्हालिज स्पोर्ट्स क्लबसंग अभ्यास खेल पछि बिहिबार ( अगस्ट  २९ ) नेपालले बदुरालिया क्रिकेट क्लबसंग दोश्रो अभ्यास खेल खेल्ने तालिका रहेको छ। यस्तै शुक्रबार ( अगस्ट ३० ) टिमले चीला मरियन्स क्लबसंग तेश्रो अभ्यास खेल खेल्नेछ। ३ वटा अभ्यास खेल खेलेपछि टिमले सेप्टेम्बर १ र २ मा नेट र फिल्डिंग अभ्यास गर्ने तालिका रहेको छ।

यु-१९ एसिया कपमा नेपालको खेल तालिका

प्रतियोगितामा नेपाल समुह ‘बि’ मा रहेको छ जुन समुहमा आयोजक श्रीलंका सहित बंगलादेस र युएई रहेका छन्। यस्तै समुह ‘ए’ मा भारत, अफगानिस्तान, पाकिस्तान र कुवेत रहेका छन्। दुवै समुहमा एक-अर्का बिरुद्ध एक-एक खेल खेलीसकेपछि उत्कृस्ट २ हुने टिम सेमीफाइनल प्रवेश गर्नेछन्।

नेपालले सेप्टेम्बर ६ तारिखमा आयोजक श्रीलंकासंग खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ। यस्तै सेप्टेम्बर ८ मा बंगलादेशसंग दोश्रो खेल तथा सेप्टेम्बर १० मा युएईसंग तेश्रो खेल खेल्नेछ। सेप्टेम्बर १२ मा सेमीफाइनल र सेप्टेम्बर १४ मा फाइनल खेलिनेछ।

सबै खेल खेल श्रीलंकाको स्थानीय समय ९:३० बजे बिहान अर्थात नेपालको समय ९:४५ बजे सुरु हुनेछ।





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]