आर्चर र वोक्सको घातक बलिंग, दोश्रो वानडे जित्दै इंग्ल्यान्डद्वारा सिरिज बराबरी

दोश्रो वानडेमा अस्ट्रेलियालाई २४ रनले पराजित गर्दै इंग्ल्यान्डले तिन वानडेको सिरिज १-१ को बराबरीमा ल्याएको छ। पहिलो वानडेमा इंग्ल्यान्ड १९ रनले पराजित भएको थियो। ओल्ड ट्र्याफोर्ड म्यानचेस्टरमा सम्पन्न खेलमा इंग्ल्यान्डले दिएको २३२ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले ४८.४ ओभरमा २०७ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

लक्ष्य पछ्याउने क्रममा नवौं विकेट १७६ रनमा गुमाएको अवस्थामा विकेटकिपर ब्याट्सम्यान एलेक्स केरिले दशौँ विकेटको लागि जोश हेजलवुडसंग ३१ रनको साझेदारी गरेर जित दिलाउने प्रयास गरेता पनि ४९ औं ओभरमा आदील रशिदले केरीलाई स्टम्प आउट गर्दै इंग्ल्यान्डलाई जित दिलाए। केरीले ३६ रन बनाए भने हेजलवुड ७ रनमा अविजित रहे।

अस्ट्रेलियाको लागि कप्तान आरोन फिन्चले सर्वाधिक ७३ तथा मार्नस लाबुसेनले ४८ रन बनाए। ओपनर डेभिड वार्नर ६ तथा मार्कस स्टोइनिस ९ रन बनाएर जोफ्रा आर्चरबाट आउट भएपछि तेश्रो विकेटको लागि फिन्च र लाबुसेनले १०७ रनको साझेदारी गरेका थिए।

३१ औं ओभरमा क्रिस वोक्सले लाबुसेनको विकेट लिएपछि अस्ट्रेलियाले लगातार विकेट गुमाउन पुग्यो।मिचेल मार्श  र ग्लेन म्याक्सवेल समान १ रन बनाएर आउट भए। १४४/२ को अवस्थाबाट अस्ट्रेलिया १४७/६ को अवस्थामा पुग्यो। तल्लो क्रममा प्याट कमिन्स ११, मिचेल स्टार्क ० तथा एडम जम्पा २ रन बनाएर स्याम करनको शिकार बने।

अस्ट्रेलियाका कप्तान आरोन फिन्चले सर्वाधिक ७३ रन बनाए

इंग्ल्यान्डको बलिंगमा जोफ्रा आर्चर ( १०-२-३४-३) , क्रिस वोक्स ( १०-१-३२-३ ) र स्याम करनले ( ९-०-३५-३ ) समान ३/३ विकेट लिए। आदील रशिदले १ विकेट लिन ९.४ ओभरमा ६७ रन खर्चिए। किफायती बलिंग गरेका करन ( १०-२-२८-० ) विकेटविहिन रहे।

इंग्ल्यान्डको ब्याटिंग 

यस अघि टस जितेर ब्याटिंग गरेको इंग्ल्यान्डले ५० ओभरमा ९ विकेट गुमाएर २३१ रन बनाएको थियो।

प्तान ओएन मोर्गनले सर्वाधिक ४२, जो रेटले ३९, टम करनले ३७, आदील रशिदले अविजित ३५ रन तथा जेसन रोयए २१ रन बनाए। जोस बटलरले ३ रन बनाउदा अघिल्लो खेलमा शतक बनाएका स्याम बिलिंग्स ८ रन बनाएर आउट भए। जोनी बेयरस्टोले खाता खोल्न सकेनन्। तेश्रो विकेटको लागि कप्तान मोर्गन र रुटले ६१ रनको तथा नवौं विकेटको लागि टम करन र आदील रशिदले ७६ रनको साझेदारी गर्दै टिमलाई सम्मानजनक योगफल तिर डोर्याएका थिए।

लेग स्पिनर जम्पाले ३ विकेट लिए

अस्ट्रेलियाको बलिंगमा लेग स्पिनर एडम जाम्पाले सर्वाधिक ३ विकेट लिए जुन क्रममा १० ओभरमा ३६ रन खर्चिए। मिचेल स्टार्कले २ ( १०-१-३८-२ ) विकेट लिए भने जोश हेजलवुड, प्याट कमिन्स र मिचेल मार्शले समान १ विकेट लिए।

सिरिज अन्तर्गत तेश्रो तथा निर्णायक खेल सेप्टेम्बर १६ तारिख बुधबार म्यानचेस्टरमा खेलिनेछ।

थप समाचार :-

क्रिकेटर ललितको अवस्था खतरामुक्त

श्रीसांतको ७ वर्षे प्रतिबन्ध सकियो, क्रिकेटमा फर्कने घोषणा

फिक्सिंग आरोपमा दुइ युएई क्रिकेटर आईसीसीद्वारा निलम्बित

आईपीएल खेल्न युएई पुग्दै सन्दिप, पहिलो खेल खेल्ने सम्भावना कम

IPL : एक सिजनमा सर्वाधिक रन बनाउने ५ खेलाडी





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]