७ बर्षीय आर्ची भारत बिरुद्ध अस्ट्रेलियाको कप्तानी गर्दै, कोहलीको विकेट लिने चाहना

Archie Schiller
  • विकेटनेपाल – पौष,८ आइतवार

भ्रमणकारी टोलि भारत बिरुद्धको तेस्रो तथा बक्सिंग डे टेस्ट क्रिकेटका लागि अष्ट्रेलियाले आफ्नो टोलि सार्वजनिक गरेको छ। टिम पेनको कप्तानीमा रहेको टोलीमा ७ बर्षिय बालक आर्ची सिलरको नाम अटाए पछि यतिबेला सिलर चर्चामा आएका हुन्।

टोलीका प्रशिक्षक जस्टिन ल्यांगर र कप्तान टिम पेनले आइतबार सिलर अष्ट्रेलिया टेस्टको स्क्वाडको सह-कप्तान समेत बनेको घोषणा गरेका हुन्। शनिवार आफ्नो सातौँ जन्मदिन मनाएका सिलरलाई कप्तान टिम पेनले जन्मोत्सवककै समयमा उनी अष्ट्रेलियाको टेस्ट स्क्वाडमा परेको खबर दिएका थिए।

एडिलेड घर भएका सिलर लेग स्पिन बलिंग गर्ने गर्छन भने भविष्यमा अष्ट्रेलिया क्रिकेट टोलीको कप्तान बन्ने उनको सपना उनको रहेको थियो। एडिलेडमा सम्पन्न भारत बिरुद्धको पहिलो टेस्टका समयमानै सिलर अष्ट्रेलियायी क्याम्पमा रहेका थिए।

Archie Schiller
Archie Schiller

अष्ट्रेलियाको टोलीमा परेपछि सिलरलाई ड्रेसिंग रुममा लैजाँदै कप्तान टिम पेनले उनको परिचय अन्य खेलाडीहरुसंग गराएका थिए। टोलीले आर्चीका लागि ड्रेसिंग रुममा छुट्टै लकरको समेत व्यवस्था मिलाएको छ। अष्ट्रेलियन टोलीका अन्य खेलाडीहरुसंग परिचय गरेपछि आर्ची समेत ब्याटिंग, बलिंग र फिल्डिंग अभ्यास गर्न उत्रिएका थिए।

केहि समयको फिल्डिंग सेशन पश्चात आर्चीले अष्ट्रेलियन टोलीका ब्याट्सम्यानहरुलाई नजिकबाट लेग स्पिन बलिंग गर्न समेत भ्याए। अर्चीलाई उनका आइडल नेथन लायनले अष्ट्रेलियन टोलीको लोगो अंकित सेतो जर्सी समेत प्रदान गरेका थिए।

किन लियो त अष्ट्रेलियाले आर्चीलाई टेस्ट स्क्वाडमा ?

७ बर्षीय आर्ची सिलर पछिल्लो केहि समय यता अष्ट्रेलियामा चर्चामा रहेका छन्। एक कुराकानीका क्रममा उनले आफ्नो लेग स्पिनले भारतीय कप्तान बिराट कोहलीको विकेट लिन सक्ने बताएपछि उनको चर्चा थप चुलिएको थियो।

Archie Schiller
Archie Schiller

३ महिनाको उमेरमा मुटुको रोगबाट ग्रसित बनेपछि आर्चिलाई उनको परिवारले मेलबर्न ल्याएर ७ घण्टा लामो शल्यक्रिया गराएको थियो। मुटुको धड्कन समयमा नधड्किने र भल्बले काम नगर्ने भएपछि आर्चीले अत्याधिक समय अस्पतालको शैयामा बिताउनु पर्यो। लगातारको शल्यक्रिया पश्चात आर्चीको स्वास्थ्यमा क्रमिक सुधार आएको हो।

पछिल्लो डिसेम्बरमा आर्चीको परिवार उनको मुटुको तेस्रो पटक शल्यक्रिया गराउन मेलबर्न आएको थियो। यसपटक भने चिकित्सकले सो शल्यक्रियाको परिणाम जस्तोपनि हुन सक्ने बताएका थिए। लामो समयसम्म अस्पतालमा बसेकै कारण आर्ची आफ्नो विद्यालय र साथीहरुबाट टाढा हुनपुगेका हुन्।

Archie Schiller
Archie Schiller

त्यसकै केहि दिन पश्चात आर्चिका बुबाले उनलाई आफ्नो इच्छा सोधपुछ गर्दा आर्चिले अष्ट्रेलियन टोलीको कप्तानी गर्न चाहेको बताएका थिए। आर्चीको सो प्रतिक्रिया र उनले भोगेको शारीरिक अस्वस्थतालाई मध्यनजर गर्दै अष्ट्रेलियन टोलिले आर्चीको चाहना पुरा गर्ने मौका दिएको हो।

टोलीमा आर्चिको उपस्थितिका बिषयमा बोल्दै कप्तान टिम पेनले भने, “आर्च र उनको परिवारले धेरै अफ्ट्यारो समय भोग्नु परेको छ। उनकै चाहना पुरा गर्न हामीले टोलीमा बोलाएका हौँ र उनी जस्तो कोहि हामीसंगै रहंदा हामीलाई समेत खुसि लाग्छ।”

पेनले थपे, “हामी प्राय आफ्नो जीवनको मात्र ख्याल राख्छौं तर आर्ची जस्तो कोहि हाम्रो समुहमा जोडिन्छ भने त्यसले सिंगो टोलीलाई नै थप उर्जा दिन्छ। उनी टोलीमा रहेकोमा म खुसि छु र बक्सिंग डे टेस्टमा उनको डेब्यु देख्न इच्छुक रहेको छु।”

भारत बिरुद्धको तेस्रो टेस्ट डिसेम्बर २६ बाट मेलबर्नमा सुरु हुँदैछ। ४ टेस्टको शृंखला १-१ को बराबरीमा रहेको छ। एडिलेडमा सम्पन्न पहिलो टेस्टमा भ्रमणकारी टोलि भारतले ३१ रनको जित हात पार्दा दोस्रो टेस्टमा भने अष्ट्रेलिया १४६ रनले बिजयी भएको थियो।

तेश्रो टेस्टको लागि घोषित टिम : 

Australia squad: Tim Paine (c, wk), Josh Hazlewood (vc), Mitch Marsh (vc), Pat Cummins, Aaron Finch, Peter Handscomb, Marcus Harris, Travis Head, Usman Khawaja, Nathan Lyon, Shaun Marsh, Peter Siddle, Mitchell Starc, Archie Schiller

India squad: Virat Kohli (c), Murali Vijay, KL Rahul, Mayank Agarwal, Cheteshwar Pujara, Ajinkya Rahane, Hardik Pandya, Hanuma Vihari, Rohit Sharma, Rishabh Pant (wk), Parthiv Patel (wk), Ravi Ashwin, Ravi Jadeja, Kuldeep Yadav, Mohammed Shami, Ishant Sharma, Umesh Yadav, Jasprit Bumrah, Bhuvneshwar Kumar

समाचार श्रोत तथा तस्बिर : ( क्रिकेट अष्ट्रेलिया )

 





थप समाचार

प्रधानमन्त्री कप : सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : एपिएफकाे लगातार दोस्रो जित

काठमाडौँ । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई 

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

दोस्रो अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित

काठमाडौँ । यू–१९ महिला विश्‍वकपको दोस्रो अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ। मलेसियाको क्‍वालालाम्पुरस्थित रोयल सेलङ्गर मैदानमा बुधबार भएको […]

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]

प्रधानमन्त्री कप : एपिएएफको सुखद सुरुआत

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]