ऋषिकेष भट्टराईको अध्यक्षतामा अर्घाखाँची जिल्ला क्रिकेट संघ गठन

  • विकेटनेपाल, मङ्सिर १८ – मंगलबार

धेरै समय देखि जिल्लामा क्रिकेट सम्बन्धित गतिबिधिहरु सन्चालनमा मुख्य भूमिका निर्वाह गर्दै आएका ऋषिकेष भट्टराईको अध्यक्षतामा अर्घाखाँची जिल्ला क्रिकेट संघ गठन भएको छ। संघ जिल्ला खेलकुद बिकास समिति अर्घाखाँचीमा मङ्सिर ११ गते दर्ता भएको हो।

खेलकुद बिकास ऐन २०४८ तथा खेलकुद बिकास नियम २०४९ बमोजिम जिल्ला क्रिकेट संघ अर्घाखाँची २०७५ साल ८ महिना ११ गते जिल्ला खेलकुद परिषद अर्घाखाँचीमा दर्ता भएसँगै अर्घाखाँची क्रिकेट संघले बैधानिकता पाएको छ।

भट्टराईको अध्यक्षतामा गठित संघको उपाध्यक्ष अशोक भुसाल, सचिब सागर ओली, सह सचिब सुरज अधिकारी तथा कोषाध्यक्ष कमल भुसाल रहेका छन्। यस्तै प्रकाश टन्डन, पर्बत सुनार, सुनिल श्रेष्ठ, प्रकाश पिसी, बबुरान बेल्बासे र ऋषिराम बेल्बासे सदस्य रहेका छन्।

संघ गठन भएपछि अध्यक्ष ऋषिकेश भट्टराईले विकेटनेपालसंग कुरा गर्दै यसले क्रिकेट विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् –

“अर्घाखाँची जिल्लालाई र यहाँ रहेका क्रिकेट प्रेमीहरुलाई जिल्ला, क्षेत्र हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन र जिल्लामा क्रिकेट खेलको विकास गर्नका लागिनै जिल्लामा क्रीकेट संघकाे आवस्यकता महसुुस गरेका हाै।”

उनले थपे, “जिल्लामा क्रिकेट खेल प्रति बढ्दाे क्रेज, सबैको साथ र हौसलाले गर्दा एउटा क्रिकेट खेल प्रति समर्पित खेलाडीलाई थप हौसला प्रदान गर्नका लागी स्थापना गरेका हौँ। ”

 

“हाम्रो मुख्य उदेश्य भनेकाे जिल्लामा छरिएर रहेका क्रिकेट खेलको माध्यमबाट केहि गर्न चाहन्छु भन्ने युवाहरूलाई एकै ठाउँमा भेला गराई उहाँहरूलाई क्रिकेट ट्रेनिंगकाे साथै उहाँहरूमा याे खेल प्रति थप हाैसला प्रदान गर्नु हो। यसकाे लागि हामीलाई सबैकाे साथ र हाैसलाकाे आवस्यकता छ।”

अध्यक्ष भट्टराईले जिल्लामा रहेको अर्घाखाँची क्रिकेट एकेडेमी संचालन गरेका छन् भने अर्घाखाँची प्रिमियर लिग (एपिएल) आयोजनामा प्रमुखको भूमिका निर्वाह गरिरहेका छन्। यु-१९ रास्ट्रीय टिममा समेत स्थान बनाएका तथा पछिल्लो समय घरेलु क्रिकेटमा उदयमान लेग स्पिनर बिक्रम भुसाल पनि अर्घाखाँची क्रिकेट एकेडेमीका उत्पादन हुन्।

 

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy