अरीयो र पारस प्रेरित बागमतीद्वारा आर्मी पराजित, बिनोदको शतक खेर

काठमाडौंमा जारि काठमाडौं मेयर्स कप अन्तर्गत बिहिबार सम्पन्न छैटौं दिनको खेलमा ज्ञानेन्द्र मल्ल कप्तानीको बागमती प्रदेशले बिनोद भण्डारी कप्तानीको त्रिभुवन आर्मी क्लबमाथि १० रनको रोमान्चक जित दर्ता गरेको छ।

कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा बागमतीले दिएको २६७ रनको लक्ष्य पछ्याउने क्रममा आर्मीले ४७.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर २५६ रन मात्र बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा ओपनर सोमपाल कामि तेश्रो ओभरमा ७ रन बयेर रामनरेश गिरिबाट आउट भए।  त्यसपछि लोकेश बमले दोश्रो विकेटको लागि हरि चौहानसंग ४५ रनको साझेदारी गरे। नवौं ओभरमा ९ रन बनाएर हरिलाई गिरिले दोश्रो शिकार बनाए। आक्रामक ब्याटिंग गरेका लोकेश ३८ बलमा ७ चौका र १ छक्का मद्दतले ४६ रन बनाएर १२ औं ओभरमा सोनु देवकोटाबाट आउट भए। लगत्तै ओभरमा कुशल मल्ललाई खाता नखोली पारस खड्काले बोल्ड गरे।

छैठौं नम्बरमा क्रिजमा आएका बिनोद भण्डारीले त्यसपछि एक किनार सम्हालेर ब्याटिंग गरे। उनले रोहित पौडेलस्नाग ५१ रनको साझेदारी गरे। २१ औं ओभरमा रोहितलाई नन्दन यादवले एलबिडब्लु आउट गरे। त्यसपछि ९ रन बनाएका राजेश पुलामीलाई अरियो पौडेलले एलबिडब्लु आउट गरे। लगत्तै बलमा बिक्रम सोबलाई पनि पौडेलले एलबिडब्लु आउट गरे।

बिनोद भण्डारीले शतक बनाए

१५२/७ को नाजुक अवस्थाबाट बिनोदले करन केसीसंग आठौँ विकेटको लागि ८४ रनको साझेदारी गरे। ४ औं ओभरमा करन २४ रन बनाएर अरियोबाट आउट भए। त्यसपछि ४६ औं ओभरमा शतक पुरा गरिसकेका बिनोद भण्डारी पनि आउट भए। ११४ बलमा ८ चौका र ७ छक्का मद्दतले ११९ रन बनाएका भण्डारीलाई अरियोले स्टम्प आउट गरे। बिनोदको विकेट पछि जितेन्द्र मुखियालाई एलबिडब्लु आउट गर्दै अरियोले टिमलाई जित दिलाए र पाँचौ विकेट पनि लिए।

बागमतीको बलिंगमा प्लेयर अफ द म्याच चुनिएका देब्रे हाते स्पिनर अरियो पौडेलले ५ विकेट लिए जुन क्रममा ८.१ ओभरमा ४६ रन खर्चिए। रामनरेश गिरिले २ विकेट लिए भने नन्दन यादव, सोनु देवकोटा र पारस खड्काले समान १ विकेट लिए।

यसअघि खेलमा राष्ट्रिय टोलीका पुर्वकप्तान पारस खड्काले शतकीय पारि खेल्दा टस जितेर पहिले ब्याटिंग रोजेको बागमती प्रदेशले ४९.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर २६६ रन बनाउंदै आर्मीलाई २६७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। पारस खड्काले १३३ बलमा ११ चौका र २ छक्काको मद्धतमा ११९ रन तथा नन्दन यादवले अन्तिममा २५ बलमा ५ चौका र १ छक्काको मद्धतमा विस्फोटक ४२ रन बनाउंदै बागमतीलाई विशाल योगफलतर्फ डोर्याएका थिए।

पारस खड्काले शतक प्रहार गरे

सोमपाल कामिले ओपनरद्वय आकाश थापालाई खाता नखोली तथा ज्ञानेन्द्र मल्ललाई ६ रनमा विकेटकिपर बिनोद भण्डारीबाट क्याच आउट गराउदै आर्मीलाई सानदार सुरुवात दिलाए। त्यसपछि पारस खड्का र इशान पाण्डेले तेस्रो विकेटका लागि ७३ रनको अर्धशतकीय साझेदारी गर्दै बागमतीको इनिंग्स सम्हाले। २६ रन बनाएका इशान पाण्डेलाई जितेन्द्र मुखियाले एलबीडब्ल्यु धरापमा पार्दै साझेदारी तोडे। त्यसपछि क्रिजमा आएका पृथु बास्कोटालाई १२ रनमा सोमपाल कामीले आउट पार्दै बागमतीलाई दबाबमा ल्याए।

एक किनारबाट विकेट गुमाएता पनि अर्को किनार सम्हालेका पारसले आदील खानसंग पाचौं विकेटका लागि ७६ रनको साझेदारी गर्दै बागमतीको इनिंग्स अघि बढाए। ४० बलमा २१ रन बनाएर पारसलाई साथ दिएका आदीललाई सोमपालले शाहब आलमबाट क्याच आउट गराए। सोमपालले गरेको बाउन्सर बललाई पुल शट खेल्ने क्रममा शाहब आलमले सानदार क्याच गर्दै आदीललाई पेभेलियन फर्काएका थिए। सोमपालले चौथौं विकेट लिने क्रममा शतकीय पारि खेलेका पारसलाई मुखियाबाट क्याच आउट गराए। त्यसपछि २०८/६ को स्थितिबाट नन्दन यादवले विस्फोटक ब्याटिंग गर्दै बागमतीलाई विशाल योगफलतर्फ डोर्याए।

आर्मीको बलिंगमा सोमपाल कामीले १० ओभरमा ६५ रन खर्चिएर ५ महत्वपूर्ण विकेट लिए। यस्तै बिक्रम शोब (१०-०-३८-१), जितेन्द्र मुखिया (८-२-४९-१), शाहब आलम (१०-१-४६-१) र कारण केशीले (२.४-०-१७-१) समान १ विकेट हात पारे।

जितको बाबजुद बागमती प्रतियोगिताको फाइनल पुग्न असफल रहयो। प्रतियोगिताको लिग चरणको खेल सकिंदा पहिलो र दोश्रो स्थानमा रहँदै नेपाल पुलिस क्लब र एपीएफ क्लब फाइनल परवेश गर्यो। ४ खेलमा २ जित र २ हार पछि बागमती तेश्रो स्थानमा रह्यो। ४ खेलमा समान १ जित र ३ हार बेहोरेको आर्मी र काठमाडौँ मेयर्स-११ चौथो र पाँचौ स्थानमा रहे।

स्कोरकार्ड, अंकतालिका 

यो पनि पढ्नुस 

काठमाडौं मेयर-११ लाई हाराउदै एपीएफ काठमाडौं मेयर्स कपको फाइनलमा

रुपन्देही सुपरलिग : शक्ति गौचनले अलराउण्ड प्रदर्शन गर्दा न्यू होराइजन फाइनलमा

आईपीएल २०२१ : उद्घाटन खेलमा मुम्बई र बैंगलोर बीच प्रतिस्पर्धा ( खेलतालिका सहित )





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]