अर्जुन ट्रफीको टिकट खल्तीमा पाइने

धनगढी । यही माघ १९ गतेदेखि २८ गते हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको टिकट खल्ती एपबाट किन्न सकिनेभएको छ ।

प्रतियोगिताको टिकेटिङ पार्टनरको रुपमा खल्ती जोडिएको हो । डिजिटल वालेट खल्तीबाट टिकट काटेर खेल हेर्ने दर्शकहरुलाई टिकट बराबरको आकर्षक उपहार पनि दिइने आयोजकले जानकारी दिएको छ ।

फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगिताका लागि टिकट दर भिआइपीतर्फ २०० र साधारणतर्फ १०० रुपैयाँ तोकिएको छ ।

दर्शकलाई बस्नका लागि कृतिम प्याराफिट बनाइएको छ । हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) मा त्रिभुवन अन्तराष्ट्रिय क्रिकेट मैदानमा निर्माण गरिएको कृतिम प्याराफिटलाई धनगढी ल्याएर जडान गरिएको हो ।

नेपाल क्रिकेट संघको वार्षिक क्यालेन्डरमा समावेश प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समुहमा विभाजन गरिएको छ । समुह ‘ए’ मा डिसिए धनगढी, फेन्ड्स युवा क्लब डडेल्धुरा, घोडाघोडीऔ११ सुख्खड कैलाली र बोस्टन क्रिकेट झापा तथा समुह ‘बी’ मा सिवाईसी अत्तरिया, दशरथ चन्द एकेडेमी बैतडी, क्रिकेट एक्सिलेन्स सेन्टर काठमान्डौं न्यु होराईजन बुटबल छन् ।

गो ड्रिमर्सको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेलमा उद्घाटन खेलमा डिसिए धनगढी र फेन्ड्स युवा क्लब डडेल्धुरा भिड्ने छन् ।





थप समाचार

नेपाल र हङकङबीचको रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]