ACC U19 : अर्जुनको कीर्तिमानी शतकमा साउदी अरबलाई हराउँदै नेपाल सेमिफाइनलमा

arjun kumal century 1

साउदी अरबलाई ३०१ रनले हराउँदै नेपाल एसीसी पुरुष यू-१९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

मलेसियामा बिहीबार भएको खेलमा नेपालले साउदी अरबलाई फराकिलो अन्तरले हराएको हो। यो जितसँगै नेपाल समूह ‘ए’ को शीर्षस्थानमा रहेर सेमिफाइनलमा प्रवेश गरेको छ।

नेपालले दिएको ३४८ रनको लक्ष्य पछ्याउने क्रममा साउदी अरब १९.१ ओभरमा ४६ रनमै समेटियो। साउदी अरबका लागि वरुण सरावननले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन्।

नेपालका लागि दीपेश कँडेलले ६ विकेट लिए। त्यस्तै, आकाश चन्दले दुई र सुवास भण्डारीले एक विकेट लिए।

यसअघि ब्याटिङ गर्दै नेपालले आठ विकेटको क्षतिमा ३४७ रन बनाएको हो। नेपालका लागि अर्जुन कुमालले १११ बलमा १४२ रन बनाए। उनले १७ चौका र दुई छक्का प्रहार गरे।

त्यस्तै, नेपालका लागि आकाश त्रिपाठीले ८९, दीपक बोहराले २९, विशालविक्रम केसीले २४, दीपकप्रसाद डुम्रे र दीपक कँडेलले १४-१४ रन बनाए।

साउदी अरबका लागि मोहम्मद अहम्द राजा, मोहम्मद घायुर अहम्द र अब्दुल्लाह सिरजले दुई-दुई तथा जुहैर मुहम्मद र मुजीबुर रहमानले एक-एक विकेट लिए।

नेपालले समूह चरणका तीन खेल जितेको छ। यसअघि समूह चरणमा बहराइन र इरानलाई पराजित गरेको थियो।

अर्जुनको कीर्तिमान

अन्तर्राष्ट्रिय क्रिकेटको कुनै पनि संरचनामा नेपाली ब्याटरको यो व्यक्तिगत उच्च स्कोर हो । यु-१९ को अन्तर्राष्ट्रिय क्रिकेटमा अर्जुनको यो दोस्रो शतक हो । फागुनमा उनले कुवेतविरुद्ध आईसीसी यु-१९ विश्वकप छनोटको एसिया क्षेत्रमा १ सय ८ रन बनाएका थिए ।

कनिष्क चौंगाईले सन् २००३ मा पाकिस्तानको कँराचीमा मालदिभ्सविरुद्ध र देव खनालले फागुनमा कुवेतविरुद्ध आईसीसी यु १९ विश्वकप छनोट एसिया क्षेत्रमा यूएईमा बनाएको समान १ सय २५ रन यसअघि यु-१९ अन्तर्राष्ट्रियमा नेपाली खेलाडीको उच्च स्कोर हो । अर्जुनले त्यो दुवै नेपाली कीर्तिमानलाई भङ्ग गरेका हुन् ।

रोहित पौडेलले सन् २०२२ को मार्चमा पपुवा न्यु गिनीविरुद्ध एक दिवसीय अन्तर्राष्ट्रियमा बनाएको १ सय २६ रन कुनै पनि संरचनामा नेपाली खेलाडीको यसअघिको उच्च स्कोर थियो । अर्जुनले बांगीस्थित वाईएसडी युकेएम ओभलमा रोहितको स्कोरलाई पनि उछिनेका हुन् । देवपछि यु १९ अन्तर्राष्ट्रियमा दुई शतक बनाउने कीर्तिमान पनि अर्जुनले बराबरी गरेका हुन् ।





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]