१३ औं सिजनको आईपीएल सेप्टेम्बर १९ बाट सुरु हुँदैछ यस क्रममा महान भारतीय क्रिकेटर सचिन तेन्दुलकरका छोरा अर्जुन तेन्दुलकर आईपीएल टिम मुम्बई टिमको हिस्सा हुँदैछन् भन्ने चर्चा चल्न थालेको छ। जुनियर सचिन सानै उमेर देखि वान्खड़े स्टेडियममा मुम्बईको समर्थनमा देखिदै आएका थिए जतिबेला सचिन टिमको नेतृत्व गर्थे। अर्जुन अहिले ठूलो भैसकेका छन् र बायाँ हाते फास्ट बलरले बलिंग मात्रै हैन घरेलु क्रिकेटमा यु-१९ स्तरमा ब्याटिंगबाट पनि आफ्नो क्षमता देखाइसकेका छन्।
भर्खरै सामाजिक संजालमा फैलिएको एउटा फोटोमा अर्जुनलाई मुम्बई इन्डीएन्सका खेलाडीहरुसंगै स्विमिंग पुलमा देखिएको थियो। ट्रेन्ट बोल्ट, राहुल चाहर, जेम्स प्याटीन्सनसंग अर्जुन पनि देखिएपछि उक्त फोटो सामाजिक संजालमा छाएको थियो। कतिपएले अर्जुन मुम्बई टिममा सामेल भएको समेत अनुमान पनि गरेका थिए।
Our #Master Blaster SACHIN TENDULKAR’s SON –
ARJUN TENDULKAR 💙 in #MI Camp.Left Arm Seamer🎯
All-rounder🔥#MumbaiIndians #OneFamily pic.twitter.com/eiBDDLpVCw
— பேட்டைக்காரன்🔰 (@Bigil99) September 14, 2020
अर्जुनले मुम्बई इन्डीएन्ससंग नेट बलरको रुपमा युएई यात्रा गरेका हुन्। अर्थात् उनले अभ्यासको दौरान मुम्बईका ब्याट्सम्यानहरुलाई बलिंग गर्ने गर्छन्। अर्जुनले पहिलो पटक मुम्बईको लागि नेट बलरको भूमिका निभाएका हैनन् भने मुम्बईले उनलाई टिममा लिएको कुरा पनि सत्य हैन। युएईमा नेटमा बलिंग गर्ने बाहेक अर्जुनको टिममा भूमिका छैन।
यस अघि मुम्बई मात्रै हैन अर्जुन भारतको इंग्ल्यान्ड भ्रमणको क्रममा पनि नेटमा बलिंग गर्दै गरेको देखिएका थिए। २१ वर्षीय अर्जुनले मुम्बई यु-१९ टिमको प्रतिनिधित्व गरिसकेका छन्।

आईपीएल २०२० सेप्टेम्बर १९ देखि १० नोभेम्बरसम्म युएईमा खेलिनेछ। डिफेन्डिङ च्याम्पियन मुम्बई पाँचौ पटक उपाधि जित्ने लक्ष्यका साथ अन्तिम अभ्यासमा जुटीरहेको छ। अर्जुनका पिता सचिन तेन्दुलकर टिमको मेन्टरको रुपमा लामो समय देखि देखिदै आएका छन्। रहित कप्तानीको टिमले लिगको उद्घाटन खेलमा धनी कप्तानीको चेन्नाई सुपर किंग्ससंग प्रतिस्पर्धा गर्नेछ।
यो पनि पढ्नुस :-
IPL 2020 : कस्तो छ डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीएन्स टिम
CPL 2020 : लिगमा उत्कृस्ट ११ खेलाडीको टिम
IPL : स्टोक्स खेल्छन् कि खेल्दैनन् ? यसो भन्छन् राजस्थानका प्रशिक्षक
एसोसिएट राष्ट्रबाट आईपीएलमा छनौट भएका ५ क्रिकेटर
आईपीएलका ८ रेकर्ड जुन टुट्न निकै मुस्किल छ