धनगढीमा ‘अर्जुन ट्रफी’ आयोजना हुने, ७ प्रदेशका टिम सहभागी हुने

नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो क्यालेन्डरमा ‘अर्जुन ट्रफी’ समावेश गरेको छ।

बिहीवार गो ड्रिमर्स ले प्रस्ताव गरेको ‘अर्जुन ट्रफी’ टी २० राष्ट्रिय क्रिकेट प्रतियोगितालाई नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो क्यालेन्डरमा समावेश गरेको हो। क्यानले बिहीवार सार्वजनिक गरेको क्यालेन्डरमा आगामी नोभेम्बर र डिसेम्बरमा आयोजना हुने गरि अर्जुन ट्रफीलाई समावेश गरेको छ।

धनगढी क्रिकेट एकेडेमीका पूर्व प्रशिक्षक नेपाली क्रिकेटका धरोहर दिवंगत प्रशिक्षक अर्जुन खड्काको स्मृतिमा उक्त प्रतियोगिता आयोजनाको प्रस्ताव गरिएको गो ड्रिमर्सका अध्यक्ष सुवाश शाहीले बताए। यसअघि धनगढी प्रिमियर लिग (डीपीएल) जस्ता व्यवसायिक ठूला प्रतियोगिताहरु आयोजनाको अनुभव सम्हालिसकेका शाहीले अर्जुन ट्रफीले नेपाली क्रिकेटमा बेन्चमार्क सेट गर्ने बताए। प्रतियोगितामा सात प्रदेशका ७ क्लबहरुले राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गर्नेछन्।

क्यानले अर्जुन ट्रफी क्यालेन्डरमा समावेश गरेकोमा अध्ययक्ष शाहीले धन्यवाद समेत दिएका छन्। आफ्नो सम्पूर्ण जीवन नै क्रिकेटमा समर्पण गरेका खड्का सुदूर पश्चिमाञ्चल क्षेत्रकै क्रिकेटका अभिभावक हुन्। खड्काको प्रशिक्षकत्वमा हुर्किएका थुप्रै खेलाडीहरुले नेपालको प्रतिनिधित्व गरिसकेका छन्।

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy