धनगढीमा ‘अर्जुन ट्रफी’ आयोजना हुने, ७ प्रदेशका टिम सहभागी हुने

नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो क्यालेन्डरमा ‘अर्जुन ट्रफी’ समावेश गरेको छ।

बिहीवार गो ड्रिमर्स ले प्रस्ताव गरेको ‘अर्जुन ट्रफी’ टी २० राष्ट्रिय क्रिकेट प्रतियोगितालाई नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो क्यालेन्डरमा समावेश गरेको हो। क्यानले बिहीवार सार्वजनिक गरेको क्यालेन्डरमा आगामी नोभेम्बर र डिसेम्बरमा आयोजना हुने गरि अर्जुन ट्रफीलाई समावेश गरेको छ।

धनगढी क्रिकेट एकेडेमीका पूर्व प्रशिक्षक नेपाली क्रिकेटका धरोहर दिवंगत प्रशिक्षक अर्जुन खड्काको स्मृतिमा उक्त प्रतियोगिता आयोजनाको प्रस्ताव गरिएको गो ड्रिमर्सका अध्यक्ष सुवाश शाहीले बताए। यसअघि धनगढी प्रिमियर लिग (डीपीएल) जस्ता व्यवसायिक ठूला प्रतियोगिताहरु आयोजनाको अनुभव सम्हालिसकेका शाहीले अर्जुन ट्रफीले नेपाली क्रिकेटमा बेन्चमार्क सेट गर्ने बताए। प्रतियोगितामा सात प्रदेशका ७ क्लबहरुले राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गर्नेछन्।

क्यानले अर्जुन ट्रफी क्यालेन्डरमा समावेश गरेकोमा अध्ययक्ष शाहीले धन्यवाद समेत दिएका छन्। आफ्नो सम्पूर्ण जीवन नै क्रिकेटमा समर्पण गरेका खड्का सुदूर पश्चिमाञ्चल क्षेत्रकै क्रिकेटका अभिभावक हुन्। खड्काको प्रशिक्षकत्वमा हुर्किएका थुप्रै खेलाडीहरुले नेपालको प्रतिनिधित्व गरिसकेका छन्।

 





थप समाचार

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]

सातौँ सस्करणको सप्तरी प्रिमियर लिग सुरु, राजदेवी रोयल र खडक वारियर्स विजयी

सातौँ संस्करणको मेयर कप सप्तरी प्रिमियर लिग सप्तरीको राजविराजमा बिहिबार सुरु भएको छ। सप्तरी प्रिमियर लिगद्वारा आयोजित प्रतियोगिता अन्तर्गत पहिलो […]

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]