अत्तरियाले जित्यो अर्जुन ट्रफीको उपाधि

२०८१ माघ २८, सोमबार १८:३३

काठमाडौं। फ्रेन्ड्स युथ क्लब डडेलधुरालाई पराजित गर्दै सिवाइसी अत्तरियाले अर्जुन ट्रफीको उपाधि जितेकाे छ।

सोमबार सम्पन्न फाइनलमा अत्तरियाले ३४ रनको सानदार जित हात पारेको हो।

अत्तरियाले दिएको ११९ रनको लक्ष्य पछ्याएको डडेलधुराले १२ बल बाँकी रहँदा सबै विकेट गुमाएर ८४ रन मात्रै बनाउन सक्यो।

डडेलधुराका गजेन्द्र बोहराले सर्वाधिक २४ रन बनाइन्। २८ बल खेली उनले तीन चौका प्रहार गरे।

कुशल भुर्तेल २० र अशोक धामी ११ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

अत्तरियाका दीपेश कँडेल र शहब आलमले समान तीन विकेट लिए। कमल गुप्ता र विवेककुमार यादवले समान दुई विकेट आफ्नो नाममा लेखाए।

त्यसअघि कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको अत्तरियाले नौ विकेट गुमाउँदै ११८ रन बनायो।

अत्तरियाका विवेकले सर्वाधिक ३१ रन बनाए। २१ खेली उनले एक चौका र तीन छक्का प्रहार गरे।

कप्तान सन्तोष कार्की र शंकर राणाले समान २० अंक जोडे। सन्दीप क्षेत्री १२ र विवेक ११ रनमा आउट भए।

डडेलधुराका अविशेक गौतमले सर्वाधिक चार विकेट लिए। अजय चौहान र कुशल भुर्तेलले समान एक विकेट लिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy