अत्तरियाले जित्यो अर्जुन ट्रफीको उपाधि

काठमाडौं। फ्रेन्ड्स युथ क्लब डडेलधुरालाई पराजित गर्दै सिवाइसी अत्तरियाले अर्जुन ट्रफीको उपाधि जितेकाे छ।

सोमबार सम्पन्न फाइनलमा अत्तरियाले ३४ रनको सानदार जित हात पारेको हो।

अत्तरियाले दिएको ११९ रनको लक्ष्य पछ्याएको डडेलधुराले १२ बल बाँकी रहँदा सबै विकेट गुमाएर ८४ रन मात्रै बनाउन सक्यो।

डडेलधुराका गजेन्द्र बोहराले सर्वाधिक २४ रन बनाइन्। २८ बल खेली उनले तीन चौका प्रहार गरे।

कुशल भुर्तेल २० र अशोक धामी ११ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

अत्तरियाका दीपेश कँडेल र शहब आलमले समान तीन विकेट लिए। कमल गुप्ता र विवेककुमार यादवले समान दुई विकेट आफ्नो नाममा लेखाए।

त्यसअघि कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको अत्तरियाले नौ विकेट गुमाउँदै ११८ रन बनायो।

अत्तरियाका विवेकले सर्वाधिक ३१ रन बनाए। २१ खेली उनले एक चौका र तीन छक्का प्रहार गरे।

कप्तान सन्तोष कार्की र शंकर राणाले समान २० अंक जोडे। सन्दीप क्षेत्री १२ र विवेक ११ रनमा आउट भए।

डडेलधुराका अविशेक गौतमले सर्वाधिक चार विकेट लिए। अजय चौहान र कुशल भुर्तेलले समान एक विकेट लिए।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]